चितवनको एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको … Read more

फरार प्रतिवादी पक्राउ गरी कानुनी दायरामा ल्याउन हरी भट्टराई सर्वोत्कृष्ट प्रहरी घोषित

चितवनमा कार्यरत प्रहरी सहायक निरीक्षक बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । बागमती प्रदेशको मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी चितवनमा कार्यरत प्रहरी निरीक्षक हरी प्रसाद भट्टराई घोषित भएका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा दरबन्दी भई हाल चितवन जिल्ला प्रहरी कार्यलयमा कार्यरत भट्टराईले विभिन्न मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरी कानुनी … Read more

सामुदायिक रेडियोलाई टिकाराइराख्न समस्या भयो: अकोराब

सूचना र जानकारी समुदायमा पु¥याउन सशक्त माध्यम बनेको सामुदायिक रेडियो पछिल्लो समय संकटमा परेका छन् । यस्ता रेडियोको तीन दशकका यात्रामा टिकाइराख्न चरम आर्थिक संकट भएपछि कतिपय त बन्द समेत भएका छन् । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का अनुसार सङ्घमा आवद्ध ३८७ रेडियोमध्ये पछिल्ला दिनमा ६० देखि ६५ रेडियोले प्रसारण बन्द गरिसकेका छन् । … Read more

इक्यान चितवनको अध्यक्षमा खड्का निर्वाचित

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवनको अध्यक्षमा भोज बहादुर खड्का निर्वाचित भएका छन् । हिजो (बुधबार) सम्पन्न ८ औँ अधिवेशनबाट अध्यक्षमा खड्का निर्वाचित भएका हुन् । समितीका निवर्तमान अध्यक्ष दीपक चन्द्र भट्टराईका अनुसार उपाध्यक्षमा मेघराज कंडेल, सचिवमा लक्ष्मण कंडेल, कोषाध्यक्षमा गोकर्ण अर्याललाई निर्वाचित गरिएको छ । यस्तै रुपेश गौतम, बसन्त पराजुली, विशाल थापा र प्रचण्ड … Read more

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत्रमा खटिएका हुन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज त्रिवेणी, अमलटारी, कसरा, हुँदै बरणडाभार क्षेत्रमा गणकहरू खटिएका छन् । उहाँले पहिलो भागअन्तर्गत यस क्षेत्रमा दुई … Read more

चितवनमा जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु

जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये छ जनाको मृत्यु छ । गत साउनयता अस्पताल आएका १७ जना सङ्क्रमितमध्ये छ जनाको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार मृत्यु हुनेमा दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एक जना कालिका नगरपालिकाका रहेका छन् । … Read more

चितवनको क्यान्सर अस्पताललाई चीनले दियो विद्युतीय सवारीसाधन

चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विद्युतीय सवारीसाधन प्रदान गरेको छ । मङ्गलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा दूतावासका प्रतिनिधिले चीनमा निर्मित एउटा विद्युतीय सवारीसाधन अस्पताललाई हस्तान्तरण गरेका हुन् । चिनियाँ दूतावासका अनुसार ‘सुखी समुदाय’ परियोजनाअन्तर्गत चीनले उक्त बहान अस्पताललाई हस्तान्तरण गरेको हो । चिनियाँ राजदूत छन सङले यो सानो सहयोगबाट अस्पतालको सेवा … Read more

चितवनको भरतपुरमा होण्डाले जेन्युन अटोसंगको सहकार्यमा सुरू गर्यो अत्याधुनिक सर्भीस सेन्टर

चितवनको भरतपुरमा होण्डाले जेन्युन अटोसंगको सहकार्यमा सुरू गर्यो अत्याधुनिक सर्भीस सेन्टर, सौरभ ज्योती दम्पत्तीद्वारा उद्वघाटन भरतपुर : चितवनमा होण्डको कारका ग्राहकवगलाई लक्षित गर्दै जेन्युन अटो वल्र्डले अत्याधुनिक सुविधा सम्पन्न सर्भीस् सेन्टर सुभारम्भ गरेको छ । होण्डा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा ली को आधिकारिक सर्भीस् सेन्टरका रुपमा रहदै सर्भीस् सेन्टर सुभारम्भ … Read more

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

नेपाल सरकारले कतार सरकारलाई उपहार स्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्ती कतार लैजाने तयारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका सात वर्षको रुद्रकली र छ वर्षको खगेन्द्रप्रसाद आज बिहान ४ः०० बजे भैरहवा पुगेका हुन् । निकुञ्जका सूचना अधिकारी … Read more

क्याची टुर्स एण्ड ट्राभल्सको ९ औँ वार्षिकोत्सवको अवसरमा ल्यायो आकर्षक छुटका भ्रमण प्याकेजहरू

क्याची टुर्स एण्ड ट्राभल्सको ९ औँ वार्षिकोत्सव, विशेष छुटका प्याकेज सार्वजनिक चितवन : क्याची टुर्स एण्ड ट्राभल्स प्रालिले आफ्नो ९ औँ वार्षिकोत्सव भव्य कार्यक्रमसहित मनाएको छ। उक्त अवसरमा आयोजित समारोहमा गलेश्वर आश्रमका १००८ अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी जी महाराजले आशीर्वाद प्रदान गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। वार्षिकोत्सवको अवसरमा क्याची टुर्स एण्ड ट्राभल्सले विभिन्न … Read more