कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिए । शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले … Read more

ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगे

ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । कार्लोस दशरथ रंगशालामा जारी नेपाल सुपर लिग (एनएसएलं)को खेल हेर्न नेपाल आएका हुन् । उनी धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्न मैदानमा पुग्नेछन् । ५१ वर्षीय कार्लोसले ब्राजिलले सन् २००२ को फिफा विश्वकपको उपाधि जित्दा टिमका महत्त्वपूर्ण सदस्य थिए । उनले ब्राजिलबाट सन् … Read more

पुलचोक–गोन्द्राङ सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली भोलि चितवन आउने

छ लेनमा विस्तारित ६.०८ किमी लामो पुलचोक–गोन्द्राङ सडकको उद्घाटन गर्न प्रधानमन्त्री केपी ओली भोलि चितवन आउँदै छन् । ओलीले नै चार वर्ष अगाडि २०७७ माघ १७ गते सडक विस्तारको शिलान्यास गरेका थिए । संघीय सरकारको बजेमा सडक विस्तार गरिएको हो । यसअघि गएको चैत २५ गते उद्घाटन गर्ने भनिएकामा कार्य व्यस्तताका कारण ओली आउन पाएका … Read more

प्रचण्डले भनेजस्तो सरकार ढल्दैनः कांग्रेस

नेपाली कांग्रेसले सरकारबारे प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेकै आधारमा सरकार नढल्ने निष्कर्ष निकालेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले प्रचण्ड प्रतिपक्षमा भएकाले सरकार ढल्दैछ भन्नु स्वभाविक भएपनि त्यसै आधारमा सरकार नढल्ने बताए । ‘प्रचण्ड प्रतिपक्षमा हुनुहुन्छ, उहाँले यो सरकार ढलिहालोस् … Read more

आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण साहसिक मात्रै नभई जोखिमपूर्ण र संवेदनशील यात्रा हो । हिउँको ढिस्को पन्छाएर ढुङ्गाको पहरो छिचोल्दै चुचुरोमा पुग्नु आफैँमा साहसिक र चुनौतीपूर्ण कार्य हो । एकदुई पटक हैन ३०औँ पटक यस्तो जोखिमपूर्ण यात्रा गर्नु वा सगरमाथाको शिखर चुम्नु चानचुने कुरा होइन । विश्वविख्यात कीर्तिमानी कामीरिताका लागि भने यो काम ‘पानीको पँधेरो’ … Read more

सरकारले नगर्नुपर्ने काम धेरै गर्दैछः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा आइपुगेको बताएका छन्। बारा ३ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘अहिले कांग्रेस र एमाले मिलेर बनेको सरकार छ, यो सरकार बन्नुपर्थ्यो, पर्दैनथ्यो त्यो चरण अब सकियो। कांग्रेस र एमाले दुई ठूला प्रतिस्पर्धी … Read more

विश्वव्यापी युवा नेताहरूको मञ्चमा सुनिता डंगोल चयन

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन भएकी छिन्। स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा उपप्रमुख डंगोल चयन भएकी हुन्। दक्षिण एशियाली मुलुकबाट ११ जना प्रतिनिधि छानिएका छन्। त्यसमध्ये नेपालबाट छानिनेमा उनी मात्र हुन्। डंगोल, यसअघि विश्व आर्थिक मञ्चको ग्लोबल सेपर्स काठमाडौँ हवको सदस्य थिइन्। विभिन्न … Read more

सकियो मेड इन नेपाल एक्स्पो, चितवन रिसर्च एण्ड इनोभेसनले पायो ५० हजार

नयाँ वर्ष २०८२ सालको अवसरमा नारायणगढको क्याम्पा चौरमा आयोजित ‘मेड इन नेपाल एक्स्पो एण्ड फुडफेस्टिबल’ मंगलवार सफलतापूर्वक सम्पन्न भएको छ । आयोजक नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरले एक्स्पो एण्ड फुड फेस्टिबल सफल भएको बताएको छ । चैत २९ गतेदेखि बैशाख २ गतेसम्म भएको एक्स्पो एण्ड फुड फेस्टिबलमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म स्वदेशी … Read more

नवलपुरबाट पुनः सुरु भयो माओवादी केन्द्रको जागरण अभियान

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान’ नवलपुरको गैँडाकोटबाट सुरु भएको छ । झापाबाट सुरु भएको अभियान गत चैत ८ मा चितवन पुगेर स्थगित गरिएको थियो । अभियानका लागि सोमबार साँझ नै माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको टोली गैँडाकोट आइपुगेको थियो । नयाँ वर्षको अवसर पारेर नवलपुरबाट … Read more

एमालेसँगको सहकार्यले कांग्रेस बिग्रिदैँनः गगन थापा

नेपाली कांग्रेका महामन्त्री गगनकुमार थापाले एमालेसँगको सहकार्यले कांग्रेस नबिग्रिने दाबी गरेका छन् । काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले मगलबार आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले कांग्रेस नबिग्रिने दाबी गरेका हुन् । ‘यत्ति कुरामा विश्वास गर्नुस्, हामी फोहोर सफा गर्न पोखरीमा छिरेका छौं । त्यसैले बाहिरबाट हेर्दा फोहोरै देखिन्छ’, उनले भने, … Read more