आज रविका वकिलको जवाफी बहसपछि आदेश आउने सम्भावना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीका निवेदनमा आज पनि सुनुवाइ हुने भएको छ । बहस नसकिएपछि बिहीबार ‘हेर्दाहेर्दै’मा राखिएको निवेदनमा शुक्रबार पनि सुनुवाइ हुने भएको हो । सर्वोच्च अदालतका न्यायाधीश डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबारदेखि सुरु भएको सुनुवाइ त्यसयता ‘हेर्दाहेर्दै’मा पर्दै आएको छ । मंगलबार रविका तर्फबाट १० … Read more

सुनको मूल्य तोलामा एक हजार एक सयले घट्यो

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ बिहीबारको तुलनामा आज एक तोला सुनको मूल्य रु एक हजार १०० ले घटेको हो । चाँदी पनि तोलामा रु २० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार … Read more

परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच आज टोकियोमा द्विपक्षीय भेटवार्ता भएको छ । जापान भ्रमणमा रहनुभएकी मन्त्री डा राणा र जापानी विदेशमन्त्री ताकेसीबीच आज टोकियोस्थित विदेश मन्त्रालयमा भेटवार्ता भएको हो । त्यस अवसरमा नेपाल जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो । भेटका क्रममा मन्त्री … Read more

शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते

रामेछापबाट शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ। बिहीबार बिहान पौने ११ बजे खाँडादेवी गाउँपालिका(३ चारघरेस्थित सित्खा गोगनपानी भित्री सडकमा एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी भोला भट्टले जानकारी दिए। दोरम्बाबाट शव लिएर काठमाडौं आउँदै गरेको प्र.३- ०१-००२ झ ५८०३ नं. को एम्बुलेन्स ओरालोमा सडकबाट १०० मिटर … Read more

सगरमाथा आरोहण गरेका प्रहरीको पदोन्नति

विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सहायक निरीक्षकद्वयको पदोन्नति भएको छ । दुवैै प्रहरी सङ्गठनका प्रमुखले उनीहरूलाई नायब निरीक्षकमा पदोन्नति गर्नुभएको हो । सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता कालीदास धौवाजीले सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्याललाई सशस्त्र प्रहरी नायव निरीक्षकमा विशेष बढुवा गरिएको जानकारी दिनुभयो । यसैगरी, नेपाल प्रहरीका … Read more

आगामी बजेटमा जनतालाई करको भार पार्ने काम नहोस्ः अध्यक्ष साह

म जनता पार्टीका अध्यक्ष प्रभु साहले आगामी बजेट निर्माणमा जनतालाई अनावश्यक करको भार पर्ने कार्य नगर्न सरकारसँग आग्रह गर्नुभएको छ । विगतमा पनि सरकारले जनतालाई राज्यद्वारा उपलब्ध गराइने सेवा सुविधालाई सरल र सहज तुल्याउन ध्यान नदिएको आरोप लगाउँदै उहाँले जनतामा करको भार वृद्धि हुँदा मुलुकमा उत्पादन, व्यापार र व्यवसाय सुस्ताउने बताउनुभयो । सङ्घीय संसद्भवनस्थित आफ्नो … Read more

आज सुनको मूल्य तोलामा एक हजार सात सयले बढ्यो

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारदेखि पहेँलो धातुको मोल निरन्तर बढेको छ । आज तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ । चाँदी पनि तोलामा रु ३५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९१ … Read more

नारायणगढ-मुग्लिन सडकखण्डमा दुई ट्रक ठोक्किदा सात घाइते

नारायणगढ–मुग्लिन सडकखण्डमा दुई ट्रक एक आपसमा ठक्कर खाँदा सात जना घाइते भएका छन । भरतपुर महानगरपालिका–२९ गाइघाटमा आज (बिहिबार) बिहान ६ः५० बजेको समयमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्वरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ९८९७ नम्वरको ट्रक एक आपसमा ठक्कर खाँदा सात जना घाइते भएका हुन् । … Read more

प्रधानन्यायाधीश राउतद्वारा नवनियुक्त गभर्नरमा डा पौडेललाई शपथ

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल राष्ट्र बैंकको नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राउतले अर्थविद् डा पौडेललाई शपथ ग्रहण गराउनुभएको हो । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा पौडेललाई गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारले गभर्नर चयनका लागि उपप्रधानमन्त्री … Read more

नेपाली महिला राष्ट्रिय टोली आज स्वदेश फर्किँदै

आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्न सफल नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कँदै छ।नेपाल एसिया क्षेत्र छनोटको उपविजेताका रूपमा ग्लोबल क्वालिफायर्समा पुगेको हो। टोली आज साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। मंगलबार सम्पन्न सुपर थ्रीको अन्तिम खेलमा थायल्यान्डसँग पराजित भएपछि नेपाल उपविजेताका … Read more