राप्रपाद्वारा जम्मुकश्मिरको घटनाप्रति दुःख व्यक्त

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भारतको जम्मुकश्मिरको पहलगाममा मङ्गलबार आतङ्कवादी समूहले पर्यटकको समूहमाथि गरेको आक्रमण गरेको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विज्ञप्ति प्रकाशित गरी उक्त आक्रमणमा परी एकजना नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएको र आक्रमणका कारण दर्जनौँ व्यक्ति घाइते भएका जनाउँदै मानवताविरोधी घटनाप्रति गहिरो दुःख प्रकट गर्नुभएको हो । … Read more

काभ्रेमा रगतको चरम अभावः बिरामी समस्यामा

बनेपास्थित नेपाल रेडक्रस सोसाइटी काभ्रेको रक्त सञ्चार सेवा केन्द्रमा रगत मौज्दात शून्य अवस्थामा रहेको छ । विरामीका लागि स्थानीय नागरिक तथा अस्पतालद्वारा रगत लिन आज केन्द्रमा पुग्दा केन्द्रले एक यूनिट रगतसमेत दिन नसकेको जनाइएको छ । केन्द्रमै केही दिनदेखि रगत अभाव भएको बताइएको छ । “केन्द्रमा एक यूनिट रगत पनि छैन, जिल्लाका अस्पताल र व्यक्तिबाट … Read more

आवासीय चिकित्सक सडकमा, शुक्रबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी

निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु प्रदर्शनमा उत्रिएका छन् । सरकारी सरह निर्वाह भत्ता माग गर्दै सेतो पोशाक लगाएका उनीहरु माइतीघर मण्डलामा भेला भएका छन् । उनीहरुले आज स्वास्थ्य मन्त्रालयसम्मै पुगेर प्रदर्शन गर्ने चेतावनी दिएका छन् । तर प्रहरीहरुले उनीहरुलाई अघि बढ्नबाट रोक्ने प्रयास गरिरहेका छन् । चिकित्सा शिक्षा आयोगको २५ माघमा बसेको १६ औं … Read more

चितवनको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण २० प्रतिशत सम्पन्न

यहाँ निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम २० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–१५ स्थित सङ्घ र प्रदेश सरकारको सहकार्यमा महानगरपालिकाले रङ्गशाला निर्माण गरिरहेको छ । धुर्मस–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिइ काम अघि बढाएको थियो । हिमालयन कालिञ्चोक बिबिआर जेभीले बोलपत्र सकारेर काम गरिरहेको छ । महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका … Read more

सुदिपको शव अन्त्येष्टिका लागि त्रिवेणी लगियो

बुटवलका सुदिप न्यौपानेको शव अन्त्येष्टिका लागि त्रिवेणी लगिएको छ । मङ्गलवार छिमेकी मुलुक भारतको काश्मिरमा आतंकवादीको हमलामा ज्यान गुमाएका सुदिपको शव अन्त्येष्टिका लागि त्रिवेणी लगिएको हो । सुदिपको पार्थिव शरीर आज बिहान सुनौली नाका हुँदै बुटवल कालिकानगर घरमा ल्याइएको थियो । उनी आमा बहिनी र ज्वाइँसहित घुमघामका लागि शनिवार काश्मिर गएका थिए । सुदिपका आमा, … Read more

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद भएको छ । संवादमा प्रधानमन्त्री ओलीले पहलगाम भएको आतंकवादी हमलाप्रति दुःख व्यक्त गरेका हुन् । प्रधानमन्त्रीले नेपाली नागरिकको समेत ज्यान गएको सो घटनापछि भारत सरकारको तर्फबाट देखाइएको समवेदनाप्रति समेत धन्यवाद दिएका छन् । प्रधानमन्त्री ओलीले फोन वार्ताबारे जानकारी गराउँदै सामाजिक संजाल एक्समार्फत यस्ता पाशविक आतंकवादीहरूमाथिको … Read more

कश्मीर आक्रमणमा मारिएका सुदीप बुटवलकाः आमा, बहिनी र ज्वाइँपनि थिए सँगै

भारतको जम्मु कश्मीरमा मंगलबार लस्कर ए तैयबा समूहले गरेको आक्रमणमा मारिएका नेपाली युवक रुपन्देहीको बुटवलका भएको खुलेको छ ।  कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा नेपाली युवक सुदीप न्यौपानेसहित २६ जना पर्यटक मारिएका थिए । जसमा एकजना नेपाली २७ वर्षीय सुदीप न्यौपाने पनि रहेको मंगलबार नै खुलेको थियो । भारतको जम्मु कश्मीरमा मंगलबार लस्कर ए तैयबा … Read more

एकै दिन ७ हजार ५ सयले घट्यो सुन

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य सात हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साढे सात हजारले घटेपछि सुन प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यस्तै हिजो (मंगलबार) सुन हालसम्मकै उच्च मूल्य एक लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य … Read more

आज ५ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको … Read more

बागमतीमा लक्ष्यअनुरुप राजस्व उठेन

बागमती प्रदेशमा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको सम्बन्धित कार्यालयका कर्मचारीले बताएका छन् । घरजग्गा तथा नयाँ सवारीसाधन खरिदबिक्रीमा आएको गिरावटसँगै लक्ष्यअनुरूप राजस्व सङ्कलन हुन नसकेको हो । घरजग्गा रजिस्ट्रेसन ९मालपोत० र सवारी कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकबाट आर्थिक वर्ष २०८१/८२ मा रु २९ अर्ब ५५ करोड ८९ लाख राजस्व … Read more