सरकारले नगर्नुपर्ने काम धेरै गर्दैछः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा आइपुगेको बताएका छन्। बारा ३ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘अहिले कांग्रेस र एमाले मिलेर बनेको सरकार छ, यो सरकार बन्नुपर्थ्यो, पर्दैनथ्यो त्यो चरण अब सकियो। कांग्रेस र एमाले दुई ठूला प्रतिस्पर्धी … Read more

विश्वव्यापी युवा नेताहरूको मञ्चमा सुनिता डंगोल चयन

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन भएकी छिन्। स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा उपप्रमुख डंगोल चयन भएकी हुन्। दक्षिण एशियाली मुलुकबाट ११ जना प्रतिनिधि छानिएका छन्। त्यसमध्ये नेपालबाट छानिनेमा उनी मात्र हुन्। डंगोल, यसअघि विश्व आर्थिक मञ्चको ग्लोबल सेपर्स काठमाडौँ हवको सदस्य थिइन्। विभिन्न … Read more

सकियो मेड इन नेपाल एक्स्पो, चितवन रिसर्च एण्ड इनोभेसनले पायो ५० हजार

नयाँ वर्ष २०८२ सालको अवसरमा नारायणगढको क्याम्पा चौरमा आयोजित ‘मेड इन नेपाल एक्स्पो एण्ड फुडफेस्टिबल’ मंगलवार सफलतापूर्वक सम्पन्न भएको छ । आयोजक नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरले एक्स्पो एण्ड फुड फेस्टिबल सफल भएको बताएको छ । चैत २९ गतेदेखि बैशाख २ गतेसम्म भएको एक्स्पो एण्ड फुड फेस्टिबलमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म स्वदेशी … Read more

नवलपुरबाट पुनः सुरु भयो माओवादी केन्द्रको जागरण अभियान

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान’ नवलपुरको गैँडाकोटबाट सुरु भएको छ । झापाबाट सुरु भएको अभियान गत चैत ८ मा चितवन पुगेर स्थगित गरिएको थियो । अभियानका लागि सोमबार साँझ नै माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको टोली गैँडाकोट आइपुगेको थियो । नयाँ वर्षको अवसर पारेर नवलपुरबाट … Read more

एमालेसँगको सहकार्यले कांग्रेस बिग्रिदैँनः गगन थापा

नेपाली कांग्रेका महामन्त्री गगनकुमार थापाले एमालेसँगको सहकार्यले कांग्रेस नबिग्रिने दाबी गरेका छन् । काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले मगलबार आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले कांग्रेस नबिग्रिने दाबी गरेका हुन् । ‘यत्ति कुरामा विश्वास गर्नुस्, हामी फोहोर सफा गर्न पोखरीमा छिरेका छौं । त्यसैले बाहिरबाट हेर्दा फोहोरै देखिन्छ’, उनले भने, … Read more

कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षक तथा कर्मचारीलाई महासंघको अपिल

नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता कुनै पनि काममा सलग्न नहुन शिक्षक तथा कर्मचारीमा … Read more

यू-१९ विश्वकप एसिया छनोटः नेपाल र यूएईबीचको खेलको टसमा ढिलाई

काठमाडौंमा आजदेखि सुरु भएको आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र यूएईबीचको खेलको टसमा ढिलाई भएको छ । तल्लो मुलपानी क्रिकेट मैदानमा ९ बजे टस भएर साढे ९ मा सुरु हुनुपर्ने खेलमा १० बजिसक्दा पनि टस भएको छैन । पछिल्लो केही दिनमा भएको वर्षाका कारण मैदानको केही भाग अझै पनि सुकिसकेको छैन । त्यसकारण आउटफिल्ड … Read more

डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत खस्दा मृत्यु हुनेको संख्या २०० नाघ्यो

डोमिनिकन रिपब्लिकको एक नाइटक्लबमा भवनको छत खस्दा मृत्यु हुनेको संख्या दुई सय नाघेको छ । सांगीतिक कार्यक्रम भइरहेको समयमा मंगलबार बिहान भवनको छत खसेको थियो । सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको सीएनएनले जनाएको छ । डोमिनिकन रिपब्लिकको राजधानी सान्तो दोमिङगोमा रहेको जेटसेट नाइटक्लबको छत झरेपछि उक्त घटना भएको थियो । ज्यान गुमाउनेमा धेरै … Read more

नयाँ वर्षको अवसरमा मेड इन नेपाल एक्स्पोः दिउँसो प्रदर्शनी, साँझ कन्सर्ट चितवन ।

नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरको आयोजनामा नारायणगढको क्याम्पा चौरमा आजदेखि ‘बाह्रसिंगे मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिभल’ हुँदै छ । फुड फेस्टिभलको तयारी लगभग सकिएको आयोजकले बताएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आज (शुक्रबार) बिहान ११ बजे एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नयाँ वर्ष २०८२ सालको अवसरमा हुन लागेको … Read more

नेपाली सेना अन्तरराष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शानः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना नेपालको मात्र नभइ अन्तरर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शान, शान्ति र मानवताको प्रतीक भएको बताउनुभएको छ । उहाँले अन्समिल मिसन लिवियामा जाने तयारीमा रहेको श्री नयाँ भैरवी दल गुल्म सातौँ डफ्फाका सकल दर्जाको प्रि–डिप्लोयमेन्ट तालिम समापन समारोहलाई आज काभ्रेको पाँचखालमा सम्बोधन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । राष्ट्रपति पौडेल … Read more