इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट भरतपुरमा भोलिदेखि हुँदै, सोल्टी होटेलमा गरियो ट्रफी अनावरण

चितवन । चितवनमा भोलि (बिहीबार)देखि इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिता सुरु हुनुअघि आज (बुधबार) प्रतियोगिताको विजेताले पाउने ट्रफी अनावरण गरिएको छ । पटिहानीस्थित सोल्टी वेस्टेन्ड रिसोर्टमा एक कार्यक्रमकाबीच आयोजक चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पिया र प्रतियोगिताको मुख्य माउण्टेन ड्युको नेपालका लागि वरुण वेभरेजका कन्ट्री हेड विशाल सिंह ठाकुरले ट्रफी … Read more

सेन्ट्रक कलेज भरतपुर च्याम्पियनसिपः घैरुङलाई हराउँदै २८ बिगा फाइनलमा

चितवन:  रोमाञ्चक खेलमा घैरुङ एफसीलाई हराउँदै २८ बिगा भरतपुरमा जारी सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आज (मंगलबार) सम्पन्न पहिलो सेमिफाइनलमा घैरुङ एफसीलाई सडन डेथमा हराउँदै २८ बिगा फाइनलमा प्रवेश गरेको हो । रोमाञ्चक खेलको निर्धारित समय २(२ को बराबरीमा सकिएको थियो । खेलको निर्धारित समयमा २८ बिगाले दुई पटक … Read more

सहज जित निकाल्दै आबुखैरहनी सेन्ट्रल कलेज प्रथम भरतपुर च्याम्पियनसिपको सेमिफाइनलमा

चितवन । रामपुर एफसी रड्सविरुद्ध सहज जित हात पार्दै आबुखैरहनी गाउँपालिका सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (शुक्रबार) सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा आबुखैरहनीले रामपुर रड्सलाई १ का विरुद्ध ३ गोलले हरायो । आबुखैरहनीको जितमा क्प्तान शन्त गुरुङले दुई तथा अबायमीले एक गोल गरे । रड्सका कप्तान अनिल राना मगरले … Read more

१३औँ कँडेल कन्सल्टेन्सी कपको उपाधि सेन्टजर्ज नेप्लिज क्लबले जित्यो

अष्ट्रेलिया । मेलबर्नको यती फुटबल क्लबले आयोजना गरेको १३औँ कँडेल कन्सल्टेन्सी कपको उपाधि सेन्टजर्ज नेपाली क्लबले जितेको छ। आइतबार मेलबर्नको मेलबर्नको डारेविन अन्तर्राष्ट्रिय स्पोर्टस सेन्टमा भएको फाइनल खेलमा यूनाइटेड फुटबल क्लबलाई हराउँदै उपाधि उचालेको हो। निर्धारित समयमा दुबै टिमले एक एकको बराबरी खेलेपछि पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टी सुटआउटमा सेन्टजर्ज नेपाली क्लबले यूनाइटेड फुटबल क्लबलाई … Read more

क्रिकेटर लामिछानेविरुद्ध मुद्दाः सरकारी पक्षद्वार पुनरावेदन

काठमाडौँ:  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसला बदर हुनुपर्ने मागसहित सरकारी पक्षले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते पीडित ‘गौशाला २६’ बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्तिस्वरुप रु पाँच लाख भराउने फैसला सुनाएको थियो … Read more

सेन्ट्रल कलेज प्रथम भरतपुर च्याम्पियनसिपको सेमिफाइनलमा घैरुङ एफसी प्रवेश

चितवन: टाइब्रेकरमा गोलकिपर किशोर कोइराला हिरो बनेपछि घैरुङ एफसी सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (बिहीबार) सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा पेङ्गुइन भरतपुर २४ लाई टाइब्रेकरमा ३(१ ले हराउँदै घैरुङ सेमिफाइनलमा प्रवेश गरेको हो । टाइब्रेकरमा घैरुङका गोलकिपर किशोरले भरतपुर २४ को दुई प्रहार रोकेका थिए भने एउटा बारमा लागेको … Read more

सेन्ट्रल कलेज प्रथम भरतपुर च्याम्पियनसिपको सेमिफाइनलमा २८ बिगा प्रवेश

चितवन:  २८ बिगा सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (बुधबार) सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा हेटौंडा फुटबल एकेडेमीविरुद्ध सहज जित निकाल्दै २८ बिगाले सेमिफाइनलमा स्थान पक्का गरेको हो । नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको खेलमा २८ बिगा ० का विरुद्ध ४ गोलले विजयी भयो । २८ बिगाको जितमा अजित लामा, … Read more

कुशल र सन्दिपको उत्कृष्ट प्रदर्शनले, नेपाल फाइनलमा

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा मंगलबार खेलिएको आफ्नो दोस्रो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी)लाई ८५ रनले हराएको छ । ब्याटिङ र बलिङ दुवैतर्फ कुशल भुर्तेलले सर्वोत्कृष्ट प्रदर्शन गरेपछि नेपाल पपुआ न्यू गिनीलाई हराउँदै हङकङ त्रिदेशीय टि–२० सिरिजको फाइनलमा प्रवेश गरेको छ । नेपालले पपुआ न्यू गिनीलाई ८५ रनले बराएको हो … Read more

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्छु भन्ने बाचा पुरा भयो : प्रमुख दाहाल

चितवन : भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गर्छु भन्ने बाचा पुरा भएको बताएकी छन् । विद्यालयस्तरीय मेयर्स कप क्रिकेट लिग प्रतियोगिताको समापन गर्दै दाहालले रंगशाला परिसरमा आउँदा दिने गरेको बाचा पुरा भएको प्रष्ट पारेकी हुन् । प्रमुख दाहालले २ दिन अगाडि टेन्डरको आह्वान भएकाले केही महिनाभित्र निर्माण कार्य सुरु हुने र साढे … Read more

नेपालले आज अन्तिम खेल नेदरल्याण्डससँग खेल्दै

काठमाडौं।टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा नेपालले आज नेदरल्याण्डससँग खेल्दैछ। नामिबियाविरुद्ध हिजो ३ रनले विजयी भएसँगै नेपालले फाइनलको आशा जीवितै राखेको छ। फाइनलमा दाबेदारी बलियो बनाउन आज नेदरल्याण्ड्सलाई हराउनुपर्नेछ। त्यसपछि भोलि नामिबिया र नेदरल्याण्ड्सबीच हुने खेलको नतिजा पनि कुर्नुपर्नेछ। नेपाल यसअघिका दुई खेलमा भने पराजित भएको छ। नेपाललाई पहिलो खेलमा नामिबियाले २० र दोस्रो खेलमा नेदरल्यान्ड्सले दुई … Read more