मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मानसिक स्वास्थ्यबारे बहस गर्न र सबैले खुलेर कुरा गर्न अपिल गर्नुभएको छ । सरकारले सञ्चालन गरिरहेको ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ को सन्दर्भमा आज एक भिडियो सन्देश जारी गर्दै उहाँले मानसिक स्वास्थ्यबारे नजिकका मान्छेसँग खुलेर कुरा गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “मानसिक स्वास्थ्यबारे खुलेर कुरा गरौँ, सबैभन्दा ठूलो … Read more

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि उम्मेदवारहरुको नामावली सार्वजनिक गरिएको छ । आगामी माघमा हुने सङ्घको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएकाहरुको प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो । सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै कूल १९ पदमा निर्वाचन हुने जनाएको छ । निर्वाचनका लागि अध्यक्ष पदमा १ जना, वरिष्ठ उपाध्यक्षमा १ जना, उपाध्यक्षमा … Read more

जेनजी आन्दोलनका अतिगम्भीर घाइतेलाई मासिक १८ हजार भत्ता

सरकारले गत भदौ २३ र २४ गतेको जेनजीद्वारा गरिएको प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरणलाई अघि बढाएको छ । जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिको अपांगताको अवस्था तथा गम्भीरताको आधारमा आर्थिक सहायतासहित जीवन निर्वाहका लागि सहयोग उपलब्ध गराउन मन्त्रिपरिषद्ले मंसिर २२ गते स्वीकृत गरेको कार्यविधिका आधारमा वर्गीकरणलाई तीव्रता दिइएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयका … Read more

योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयोः उद्योगमन्त्री सिन्हा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता र नतिजा विश्लेषणबिनै सार्वजनिक खर्च गर्ने प्रवृत्तिका कारण नागरिकमा राज्यप्रतिको विश्वास कमजोर बन्दै गएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको ‘सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधारका लागि नीति संवाद कार्यक्रम’ मा उहाँले जनताबाट सङ्कलित करको उचित र जिम्मेवार प्रयोग … Read more

बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै

बर्दिबास नगरपालिका-६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य ऊर्जा जडान गर्न सुरु भएको छ । टेरा सोल इनर्जी कम्पनीले नेपाल विद्युत् प्राधिकरणको स्वीकृत परियोजनाअनुसार उक्त आयोजनाको काम सुरु गरेको हो । छ महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको उक्त आयोजनाको लागत रु एक अर्ब २० करोड लाग्ने जनाइएको छ । बर्दिबास-६ र ७ का … Read more

निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न सरकारले आफ्ना तर्फबाट तयारी गरिरहेको बताउनुभएको छ । गोरखापत्र संस्थानद्वारा आज यहाँ आयोजित ‘गोरखापत्र डिस्कोर्स’ को उद्घाटन समारोहमा उहाँले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई महोत्सव बनाउनुपर्नेमा जोड दिनुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले भन्नुभयो, “निर्वाचन सफल बनाउने वातावरणका लागि सरकारले काम गरिरहेको … Read more

मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य र समन्वय हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यसहित गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा भएको ‘गोरखापत्र डिस्कोर्स’ कार्यक्रममा उपराष्ट्रपति यादवले गोरखापत्र बहसमार्फत नेपालको आर्थिक पुरुत्थान, लगानीसम्बन्धी बहस, भविष्यका विकास रणनीति, स्मार्ट पूर्वाधार विकास र व्यवस्थापन, … Read more

तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो तीन महिनामा मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको बताउनुभएको छ । अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यसहित गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा आज आयोजित ‘गोरखापत्र डिस्कोर्स’ को उद्घाटन समारोहमा मन्त्री खनालले बितेको तीन महिनाको तथ्याङ्कले नेपालको अर्थतन्त्र चलायमान भएको पुष्टि गर्ने धारणा राख्नुभयो । युवापुस्ता जेनजीको आन्दोलनको … Read more

वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग

नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयन, सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरण तथा तीनवटै तहका सरकारमा बजेट प्रणाली सुधारका लागि एसियाली विकास बैंक (एडिबी) ले १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहयोग प्रदान गर्ने भएको छ । सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरण तथा सेवा प्रवाह सुधार कार्यक्रमअन्तर्गतको उपकार्यक्रम–२ का लागि यो ऋण उपलब्ध गराउन लागिएको हो । अर्थ मन्त्रालयमा … Read more

भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा

पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा पर्यटन परिषद्, गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोडको आयोजना भोलि यहाँ हुने ‘टुरिजम मिट’ मा सहभागी हुन पोखरामा रहेको १२ सदस्यीय भारतीय ‘टुर अपरेटर र सोसल मिडया’कर्मीको टोलीले पर्यटकीय गन्तव्य बेगनास ताल क्षेत्रको अवलोकन गरेको छ । टोलीलाई सोमबार पोखरा पर्यटन परिषद्का महासचिव … Read more