सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं ।  विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर सात जनाको मृत्यु भएको छ । काठमाडौँ, जाजरकोट, सिरहा, कपिलवस्तु लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–३२ जडिबुटीस्थित सडकमा बा.२० च १६०५ नम्बरको कार र लु.४८ प ७११० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको … Read more

साउदीले दुई महिनालाई ‘हुरुब’ हटायो, अवैध रहेका नेपाली कामदारलाई वैध बन्ने अवसर

काठमाडौं । साउदी अरब सरकारले दुई महिनाका निम्ति ‘हुरुब’ हटाएको छ । योसँगै साउदीमा अवैध रूपमा रहेका नेपालीलगायत आप्रवासी कामदारलाई वैध हुने बाटो खुलेको छ । साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले एक सूचना प्रकाशित गरी दुई महिनाका निम्ति हुरुब हटाइएको जनाएको छ । साउदीले सन् २०२४ डिसेम्बर १ देखि २०२५ जनवरी २९ सम्म … Read more

थासाङको नयाँ गन्तव्य गुरुसाङ्वो गुफा

म्याग्दी, मंसिर २०- मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको गुरुसाङ्वो गुफा नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । विभिन्न आकृतिका दृश्य अवलोकन गर्न सकिने गुरुसाङ्वो गुफा वौद्ध धर्म गुरुहरूको तपस्यास्थलका रूपमा परिचित छ । थासाङ गाउँपालिकाले गुफामा पुग्ने पदमार्ग, सार्वजनिक शौचालय, आश्रयस्थललगायत पूर्वाधार निर्माण गरेपछि पर्यटक र भक्तजनको चहलपहल बढेको हो । थासाङ–२ का … Read more

महिला हिंसा सह्य हुँदैनः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताएका छन्। बिहीबार सिंहदरबारस्थित गृहमन्त्रालयमा ३३औं अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिन अभियानका सन्दर्भमा यहाँ कार्यरत २६ वटा नागरिक संस्थाले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न प्रतिवद्ध रहेको बताएका हुन्। वैदेशिक रोजगारीमा महिला सुरक्षाको विषयमा पनि आफू गम्भीर … Read more

त्रिभुवन विश्वविद्यालयले नीति अधिवेशन गर्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी मङ्सिर  २७ गते नीति अधिवेशन बोलाएको छ । त्रिवि प्रवक्ता यमनबहादुर बोहराका अनुसार त्रिविको विद्यमान नीतिबारे छलफल हुनेछ । त्यसमा नियम कानुनसँग सम्बन्धित विभिन्न एजेन्डाहरूमा समेत छलफल हुनेछ ।  त्रिविको हिउँदे अधिवेशनका नामले समेत चिनिएको नीति अधिवेशनले महत्त्वपूर्ण निर्णयहरू पारित गर्नेछ । त्रिविले यस विषयमा सरोकारवाला निकायसँग छलफल थालेको छ । सभा … Read more

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन पुन: स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन पुन: स्थगित भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज बिहान बसेको पदाधिकारी बैठक २३ र २४ का लागि तय भएको सम्मेलन अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो।यसअघि असोज १०–१५ सम्म गर्ने भन्दै सम्मेलनको मिति तय भएको थियो। तर, उमेर हद विवादले … Read more

शान्तिपूर्ण विरोध कार्यक्रम गर्न रास्वपाको निर्देशन, चितवन घटनाबारे छानबिन गरिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शान्तिपूर्ण, मर्यादित र संयमित रूपमा विरोध कार्यक्रम सञ्चालन गर्न नेता–कार्यकर्ता र समर्थकलाई निर्देशन दिएको छ । विरोध कार्यक्रमका क्रममा अवाञ्छित गतिविधिमा संलग्न भएको पाइए कारबाही गरिने पार्टीले प्रतिबद्धता जनाएको छ । बुधबार (हिजो) चितवनको भरतपुरमा विरोध प्रदर्शनका क्रममा बाह्य घुसपैठ भएको रास्वपाको आशंका छ । “…कार्यक्रमलाई बिथोल्ने र हिंसात्मक … Read more

दक्षिण चीनमा रेलमार्ग निर्माणस्थल भत्किँदा १३ जना बेपत्ता

एजेन्सी — चीनको दक्षिणी शहर शेन्जेनमा एउटा प्रमुख रेलमार्गको निर्माणस्थलमा पहिरो खस्दा १३ जना बेपत्ता भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । बाओआन जिल्ला विपत व्यवस्थापन विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शेन्जेन–जियाङमेन रेलमार्ग निर्माणस्थलकोे एक खण्डमुनिको जमिन खसेपछि त्यहाँ काम गरिरहेका एक दर्जनभन्दा बढी कामदार सम्पर्कमा आउन सकेका छैनन् ।” बेपत्ताको खोजी कार्य बिहीबार बिहानदेखि … Read more

अमेरिकी बीमा कम्पनीका सीईओको गोली हानी हत्या

न्युर्योक-  अमेरिकी कम्पनी युनाइटेड हेल्थकेयरको बीमा इकाईका प्रमुख कार्यकारी अधिकृत ब्रायन थम्पसनको गोली हानी हत्या गरिएको छ । न्यूयोर्कको हिल्टन होटल अगाडि एक आक्रमणकारीले थम्पसनलाई गोली हानेका थिए । अमेरिकन न्युज पोर्टल ब्लूमबर्गका थम्पसनको छातीमा गोली लागेको थियो । कम्पनीको लगानी दिवस सम्मेलनमा सहभागी हुन थम्पसन बुधबार होटल पुगेका थिए । कम्पनीले आफ्ना एक कर्मचारीको स्वास्थ्य … Read more

तीन श्रष्टा सम्मानित

काठमाडौँ, मंसिर २०- स्वरसम्राट नारायण गोपालको ३४औँ स्मृति दिवसका अवसरमा तीन श्रष्टालाई सम्मान गरिएको छ । नारायण गोपाल सङ्गीत कोषले बुधबार साँझ एक कार्यक्रम आयोजना गरी ‘नारायण गोपाल स्मृति सम्मान २०८१’ मार्फत सङ्गीततर्फ सङ्गीतकार बुलु मुकारुङ, गायनतर्फ कुमार बस्नेत र गीत रचनातर्फ शिवशङ्कर थापालाई सम्मान गरिएको हो । स्वरसम्राट नारायण गोपालसँग सामिप्यता रहनुभएका र सङ्गीतमा … Read more