इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन

चितवन  । कृषकले उत्पादन गरेका तरकारी तथा फलफूल खेतबारीबाटै बजारसम्म पु-याउन इच्छाकामना गाउँपालिकाले कृषक समूहलाई अनुदानमा तीन वटा कृषि एम्बुलेन्स उपलब्ध गराएको छ । गत आर्थिक वर्ष र चालु आवको बजेटबाट अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाकी कृषि अधिकृत समीक्षा पौडेलका अनुसार गाउँपालिकाको ७५ प्रतिशत अनुदान र कृषक समूहको २५ प्रतिशत … Read more

यी हुन् युरो–२०२४ को अन्तिम–१६ मा पुगेका टिम

काठमाडौं । जर्मनीमा जारी युरो–२०२४ को प्रि–क्वार्टरफाइनल समीकरण पूरा भएको छ । प्रतियोगितामा बुधबार समूह चरणअन्तर्गतका अन्तिम खेलहरू भएका थिए । जसबाट समूह ‘इ’ र ‘एफ’ का तीन टोलीको टुंगो लागेको हो । प्रतियोगिताको समूह ‘ए’ बाट घरेलु टिम जर्मनी र स्वीट्जरल्यान्ड्ले अन्तिम–१६ को यात्रा तय गरे । समूह ‘बी’ बाट स्पेन शीर्ष र साविक … Read more

यस्तो छ एसईई नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार, सबैभन्दा धेरै ७८ हजार ८७४ परीक्षार्थी जीपीए २.८० देखि ३.२० ल्याएर उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी चार लाख ६४ हजार ७८५ मध्ये जीपीए ३.६० देखि ४ सम्म … Read more

अभिनेत्रीद्वय स्वस्तिमा र साम्राज्ञी कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघले यस विषयमा आफ्नो धारणा राखेको

अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाह विवादमा फसेका छन्। कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’ मा ओसिन सिटौलाले सोधेको प्रश्नमा अनमोल केसी र जसिता गुरुङको निजी जीवनबारे अभिव्यक्ति दिएपछि उनीहरूको चर्को आलोचना भइरहेको छ। यसैबीच, कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघले यस विषयमा आफ्नो धारणा राखेको छ। संघले बुधबार एक विज्ञप्ति निकाल्दै कार्यक्रम … Read more

माछा मार्न गएका २ जना बेपत्ता, एकको शव फेला

मोरङको सुन्दरहरैचा नगरपालिका ५ स्थित बुढीखोलामा माछा मार्न गएका तीन जनालाई खोलाले बगाएको छ।ती मध्ये १ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ। मृत्यु हुनेमा सुन्दरहरैँचा ५ की २२ वर्षीया प्रेमकला चौधरी रहेकी छन्।मंगलबार दिउँसो स्थानीय ६० वर्षीया असरादेवी चौधरी, ३० वर्षीया फुला चौधरी, २२ वर्षीया स्वस्तिका चौधरी र … Read more

मिस प्लस साइज चितवन २०२४ को उपाधि विजेता बनिन् रेविका सुनार

भरतपुर, प्लस साइज नेपालको आयोजनामा भएको मिस प्लस साइज चितवन २०२४ को ग्रान्ड फिनालि हिजो असार १० गते भरतपुरको सिराईचुली होटलमा सम्पन्न भएको छ। फिनालिका लागि १० जना प्लस साइज सुन्दरीहरु बीच प्रतिष्पर्धा भएको थियो। प्रश्न उत्तर राउण्डबाट अन्तिम पाँच जना प्रतिस्पर्धीहरु छनोट भएका थिए। अन्तिम ५ का लागि छनोट भएका प्लस साइज सुन्दरीहरुका लागि … Read more

खुल्यो नारायणगढ-मुग्लिन सडक

चितवन । आज बिहानैदेखि परिरहेको पानीको कारण पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । पहिरोका कारण दुबैतर्फ अवरुद्ध भएको सडक पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार १२ बजेर ५० मिनेट जाँदा जलबीरेमा पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो । भने, अहिले … Read more

आज नारायणीसहित यी नदीमा बाढीको सम्भावना

चितवन, हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। बागमती, कोशी र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ।बाढी पूर्वानुमान महाशाखाका अनुसार आज उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, लम्जुङ, कास्की, पर्वत, तनहुँ, स्याङ्जा र आसपास जिल्ला भई बहने स-साना नदीहरूमा बहाव बढ्ने तथा केही स-सान नदीमा आकस्मिक … Read more

लागुऔषध त्यागेर समाज सुधारक बनौँ : रवि लामिछाने

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागुऔषधको अवैध ओसारपसार र सेवन अन्त्यका लागि विशेष योजना बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।‘लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का सन्दर्भमा आज गृह मन्त्रालयद्वारा आयोजित कार्यक्रममा उनले लागुऔषधको ओसारपसार र आपूर्तिकर्तालाई कडाभन्दा कडा कारबाही गर्न निर्देशन दिए। सीमित साधन स्रोतबीच सुरक्षा निकायले सम्पादन गरेका कार्य प्रसंशनीय रहेको उल्लेख … Read more

मामाकै योजनामा भान्जाको २ करोड लुटपाट

काठमाडौं ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी भएको बताउँदै भक्तपुरको दधिकोटबाट २ करोड रुपियाँ लुटपाट गर्ने गिरोहका ४ जनालाई पक्राउ गरेको छ। उक्त लुटपाटको मुख्य योजनाकार पीडितका सहोदर मामा नै रहेको प्रहरीले दाबी गरेको छ। दुई हप्ताअघि दधिकोटमा भएको लुटपाटको बारेमा अनुसन्धान शुरू गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले उक्त लुटपाटको योजनाका मुख्य योजनाकार कुलबहादुर खत्रीले … Read more