सामाजिक सञ्जालबाट आईफोन, गरगहना, घडीसहितको लगेज कुरियर गरेको भन्दै ठगी गर्ने पक्राउ

सामाजिक सञ्जालबाट आईफोन, गरगहना, घडीसहितको लगेज कुरियर गरेको भन्दै ठगी गर्ने एक युवकलाई काठमाडौं अपराध उपत्यका अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । सामाजिक संजाल फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, भाइबर लगायत एपमा सम्पर्क गरी आईफोन, घडी, लेडिज ब्याग, सुनका गरगहना, डलर सहितको लगेज कुरियर मार्फत पठाएको छु भनि विश्वास दिलाई ठगी गरेको आरोपमा दाङका २१ वर्षीय विरबल … Read more

बजेटमाथिको सामान्य छलफल बुधबार सकिने

प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफल बुधबार सकिने भएको छ । सामान्य छलफलमा उठेका विषय र प्रश्नहरूको जवाफ बुधबार नै अर्थमन्त्री वर्षमान पुनले दिनेछन् । सभामुख देवराज घिमिरेले मंगलबार बिहान ११ बजेका लागि प्रतिनिधि सभाको बैठक राखेका छन् । उक्त बैठकमा बजेटमाथिको सामान्य छलफल जारी रहने छ । प्रतिनिधि सभाको क्यालेन्डरअनुसार बुधबार बिहान … Read more

एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोख्रेल निर्वाचित

नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोख्रेल निर्वाचित भएका छन् । १२ औं जिल्ला अधिवेशअन्तर्गत सोमबार दिउसो सम्पन्न मतगणनाअनसार पोख्रेल ३१३ मत ल्याएर विजयी बनेका हुन् । उनको प्रतिद्वन्द्वीमा ईन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमाल थिए । इन्द्रमानले २६२ मत, थापाले १६६ मत र रिमालले ११ मत पाए । पोख्रेल एमालेबाट विभाजन भएको नेकपा (एकीकृत … Read more

गोदावरीका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भनी गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले मेयर महर्जन सहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो ।

शहरबाट माग बढेपछि मोरङका वनमा निगुरो टिप्नेहरूको भीड

माग बढेसँगै मोरङका वनमा निगुरो टिप्नेहरूको भीड लाग्न थालेको छ । स्थानीयवासी निगुरो टिपेर व्यापार गर्न व्यस्त रहेका जनसेवा सामुदायिक वनका अध्यक्ष मीनकुमार राईले बताउनुभयो । काठमाण्डाैलगायत शहरी क्षेत्रबाट तरकारीकाे रूपमा प्रयोग हुने निगुरोको माग बढेपछि वन क्षेत्रबाट ठूलो परिमाणमा निगुरो सङ्कलन हुन थालेको राईले बताउनुभयो । जनसेवा सामुदायिक वनबाट मात्रै वर्षमा झन्डै तीन करोड … Read more

ललितपुरको यूएन पार्क–कुपण्डोल खण्डको पिच सडकबाट पोल सार्न शुरु

बाग्मती करिडोरको यूएन पार्क–कुपण्डोल खण्डमा पोल नसारी सडक कालाेपत्र (पिच) गरेको भनेर आलोचना भएपछि पोल सार्न शुरु भएको छ । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले सडक बत्तीका पोलसमेत नसारी सडक पिच गरेको र यसबाट दुर्घटनाको जोखिम बढेको भन्दै आलोचना भएपछि ललितपुर महानगरपालिकाले आज बिहानदेखि पोल सार्न शुरु गरेको हो । पोल सार्न महानगर … Read more

अध्यागमन विभागका कर्मचारीलाई छुट्टै पोसाकको व्यवस्था

अध्यागमन विभागसहित विभागअन्तर्गतका १५ वटा कार्यालयका कर्मचारीको पहिचान खुल्ने गरी छुट्टै पोसाकको व्यवस्था गरिएको छ । यही जेठ १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति भएकासँगै विभागले छुट्टै पोसाकको व्यवस्था गरेको हो । अध्यागमनमा कार्यरत कर्मचारीको पोसाकबाट पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले छुट्टै व्यवस्था गरिएको अध्यागमन विभागले जनाएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएसँगै अध्यागमन विभाग र … Read more

हिजाे दाेहाेराे अङ्कले बढेकाे शेयर बजार आज सामान्य घट्याे

हिजो दोहोरो अङ्कले बढेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार आज तीन दशमलव ९७ अङ्कले घटेर दुई हजार ७९ दशमलव शून्य सात विन्दुमा झरेको छ । आज माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज एनआईबीएल स्टेबल फन्डको शेयर १० प्रतिशतले घटेको … Read more

डेडिकेटेड फिडर र ट्रङ्क लाइनकाे महसुल उठाउन विद्युत् प्राधिकरणलाई बाटो खुल्याे

सरकारले नेपाल विद्युत् प्राधिकरणलाई २०७२ साल माघदेखि २०७५ साल वैशाखसम्मको डेडिकेटेड फिडर र ट्रङ्क लाइनकाे महसुल उठाउन बाटो खुला गरिदिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गएको वैशाख २७ गते मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयन गर्न प्राधिकरणलाई पत्र पठाएर महसुल उठाउने बाटो खुला गरिदिएको हो । मन्त्रिपरिषद्ले २०७२ साल माघदेखि २०७५ वैशाखसम्मको महसुल उठाउन प्राधिकरणलाई … Read more

काठमाण्डौ महानगरले भत्काएको बाटो सडक डिभिजन कार्यालयले टाल्यो

काठमाण्डौ महानगरपालिकाले फुटपाथ विस्तारका लागि भन्दै न्यूराेडमा भत्काएको बाटो सडक डिभिजन कार्यालय काठमाण्डौले टालेको छ । आज बिहान सडक डिभिजन कार्यालयले काठमाण्डाै महानगरले न्यूरोडमा भत्काएको सडकको भाग टालेको हो । भत्काएको सडक टालिदिन महानगरलाई पत्र पठाएको भए पनि बेवास्ता गरेपछि आफैँले टालेको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयले कालाेपत्र गर्दै गरेको ठाउँमा नगर प्रहरी … Read more