रौनित बने निर्विरोध निर्वाचित हुन् एमालेका कान्छा केन्द्रीय सदस्य

नेकपा एमालेमा कान्छो केन्द्रीय सदस्यमा रौनित साह निर्विरोध निर्वाचित भएका छन् । मधेशबाट ४० वर्ष मुनिका युवाको तर्फबाट निर्विरोध निर्वाचित भएका साह निर्विरोध भएकामध्ये सबैभन्दा कान्छो उम्मेदवार हुन् । साहको जन्म २०५२ माघ २८ गते भएको हो । उनी सर्लाही जिल्ला कमिटी अध्यक्ष, ३ कार्यकाल जिल्ला कमिटी सदस्य हुँदै हाल भूमि आयोग सर्लाहीको पनि सदस्य … Read more

बहुविवाह मुद्दामा दोषी ठहर भएका पासाङ शेर्पाको उम्मेदवारी खारेज

नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ । पासाङ शेर्पाले आदिवासी–जनजाति खुलातर्फ उमेदवारी दर्ता गराएका थिए ।तर बहुविवाह मुद्दाका दोषी भएकाले उमेदवार बन्न नपाउने उजुरी दर्ता भएको थियो ।उजुरीपछि शेर्पाको उमेद्वारी निर्वाचन आयोगले खारेज गर्दै अन्तिम उम्मेदवार सूचीबाट नाम हटाएको हो । शेर्पालाई केपी शर्मा ओली समूहले सूचीमा राखेको थियो … Read more

सभापति देउवा र नेता कोइरालाबीच भेट

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा शेखर कोइरालाले भेट गर्नुभएको छ । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको १५औँ महाधिवेशनको बारेमा छलफल भएको कोइरालाको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिनुभयो । भेटमा कोइरालाले क्रियाशील सदस्य वितरण समितिले नम्बर विनाका फाराम जिल्ला जिल्ला पठाएकाले यसले पार्टीभित्र जटिल समस्या उत्पन्न सिर्जना गरेको देउवा सामु … Read more

एमाले महाधिवेशनः नयाँ नेतृत्वका लागि आज मतदान,अध्यक्षमा ओलीलाई पोखरेलको चुनौती

नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । एमाले महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डपमा मंगलबार दिउँसो १ बजे सुरु हुनेछ। निर्वाचनको अवधि साँझ ७ बजेसम्म तोकिएको छ। यो महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल बनाएर भिड्दैछन्। आयोगले सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार … Read more

सुनिता डंगोल ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवार

काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल नेकपा एमाले केन्द्रीय सदस्यको उम्मेदवार बनेकी छिन् । अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम छ । राजधानी विशेष प्रदेशबाट महिलातर्फको केन्द्रीय सदस्यको उम्मेदवारमा उनको नाम राखिएको छ । राजधानी विशेष प्रदेशबाट केन्द्रीय सदस्यमा विद्यासुन्दर शाक्य, सुजिता शाक्यसहितको नाम समावेश छ । ११ औं महाधिवेशनबाट नयाँ नेतृत्व … Read more

सर्वसम्मतका लागि अन्तिमसम्म लाग्यौं, प्रयास विफल भयो- महेश बस्नेत

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले अन्तिमसम्म सर्वसम्मतको प्रयास गर्दा नभएपछि एमाले महाधिवेशन निर्वाचनतर्फ उन्मुख भएको बताएका छन् । उनले अध्यक्ष ओलीले केही समयमै प्रतिस्पर्धाका लागि मनोनय गर्ने बताए । ‘ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष रिपिट भएको भए बेस हुन्थ्यो, यसले पार्टीमा आन्तरिक संघर्ष उत्पन्न हुने देखिन्छ’ बस्नेतले भने । उनले विदेशी शक्ति हाबी भएको अवस्थामा … Read more

कांग्रेसले नेता उपाध्यायको निधनमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने

नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनका योद्धा, पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गर्र्दै उहाँको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । पार्टीका उपसभापति धनराज गुरुङको सभापतित्वमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गरेको हो । बैठकले यही मङ्सिर … Read more

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार

नेकपा एमालेको ११ औं महाधिवेशनका लागि दुई वटा प्यानलबिच प्रतिस्पर्धा हुने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलको प्यानल नै बनेर निर्वाचनमा होमिन लागेका हुन्। पदाधिकारीदेखि सबै क्लस्टरका केन्द्रीय सदस्यहरूको सूची तयार गर्ने क्रम जारी रहेको छ। ओलीपक्षबाट अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलले उम्मेदवारी दिने भएका छन्। अन्य … Read more

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

सोमबार बिहान सडक दुर्घटनामा परी रूपन्देहीका दुई जनाको मृत्यु भएको छ । रूपन्देहीको भैरहवा–परासी सडक खण्डमा रोहिणी गाउँपालिका वडा नम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताउनुभयो । मृत्यु हुनेमा ओमसतिया गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय राजु हरिजन र सोही ठाँउ बस्ने २३ वर्षीय रोहित … Read more

सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छः पूर्व प्रधानमन्त्री नेपाल

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सरकारले निर्वाचनका लागि राजनीतिक दलहरूसँग घनिष्ट संवाद गर्नुपर्ने बताउनुभएको छ । आज बिहान सिन्धुलीमाढीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले आफूहरू निर्वाचनको पक्षमा भए पनि सरकार र राजनीतिक दलबीच गहन वार्ता हुन नसकेको बताउनुभयो । नेता नेपालले भन्नुभयो, “सरकारले निर्वाचनको वातावरण बनाएको छ भन्न पनि नमिल्ने … Read more