एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन

नेपाल कम्युनिष्ट पार्टी एमालेले जारी ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयन हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः३० देखि १ः३० बजेसम्म उम्मेदवारको दर्ता मनोनयन हुने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिनुभयो । आयोगले आज बिहान १०ः१५ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवारको दर्ता प्रक्रिया … Read more

एमाले महाधिवेशनको बन्दसत्र सुरु

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु भएको छ । बन्दसत्रको आरम्भ गर्दै अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिहरुलाई स्वागत गर्दा महाधिवेशन निर्वाध सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले बन्दसत्रमा सचिवालयका पदाधिकारी रहेको अध्यक्षमण्डल घोषणा गर्नुभयो । बन्दसत्रको विधान संशोधन प्रस्ताव, निर्वाचन कार्यतालिका, आचारसंहिता, समसामयिकलगायत विषय प्रस्तुत हुनेछ । रासस

तोकिएकै मितिमा चुनाव हुनुपर्नेमा जोड

नेपाली कम्युनिष्ट पार्टीका नेताहरूले तोकिएकै मितिमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । शनिबार बागलुङ सदरमुकाममा आयोजित एकता सन्देश सभामा बोल्दै नेताहरूले आगामी फागुन २१ गतेलाई निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन हुन नसके वर्तमान सरकारप्रति जनविश्वास घट्ने बताएका हुन् । नेकपा नेतृ एवं पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकारको एउटै मात्र ‘म्याण्डेट’ चुनाव … Read more

हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपुरो हुने बताउनुभयो । “अबको समय मात्रै होइन, हिजो र भोलिको समय पनि युवाकै हो । युवाले केही गर्न सक्दैनन् भन्ने भ्रम जेनजी आन्दोलनले तोडिदिएको छ । उनीहरुले परिवर्तनका लागि … Read more

निर्वाचन आउन ८३ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन

निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, २०७४ ले गरेको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न लागिएको हो । जनसङ्ख्याका आधारमा समावेशी समूहको प्रतिनिधित्व गराउने सन्दर्भमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव सुभाषकुमार भट्टराईको संयोजकत्वमा निर्वाचन आयोग, … Read more

सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहमति भएमा वा प्रतिनिधिले चुनेमा आफू पार्टीको अध्यक्षमा पुनः रहनसक्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालद्वारा आज आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा अध्यक्ष ओलीले महाधिवेशनले यथास्थितिमा केही परिवर्तन दिने र नेतृत्वमा क्रमशः पुस्तान्तरण तथा हस्तान्तरण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कुनै … Read more

एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल बाक्लिएको छ । बिहानैदेखि पार्टी कार्यालयमा नेता तथा प्रतिनिधिले चहलपहल बढेको हो । नेता तथा कार्यकर्ता एकापसमा महाधिवेशनको नेतृत्वबारे छलफलमासमेत जुटेका छन् । पार्टी कार्यालयमा धेरैजसो युवा नेता दिनभरि नै भरिभराउ देखिन्छन् । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म … Read more

सहमति नभए स्वच्छ प्रतिस्पार्धाबाट नेतृत्व चयन हुन्छः सचिव अर्याल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव पद्मा अर्यालले पार्टीको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा सहमति नभए स्वच्छ प्रतिस्पर्धाबाट आगामी नेतृत्व चयन हुने बताउनुभएको छ । प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित अन्तरसंवाद कार्यक्रममा उहाँले महाधिवेशनमा अध्यक्षलगायत पदमा आकाङ्क्षीहरू हुनु सुखद पक्ष भएको उल्लेख गर्दै ती आकाङ्क्षीलाई महाधिवेशनका प्रतिनिधिले विधिसम्मत प्रक्रियाबाट हल गर्ने बताउनुभयो । सचिव … Read more

रुपन्देही–३ः कांग्रेसबाट खाणसहित छ जना सिफारिस

नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय कार्य समितिको मङ्गलबारको बैठकले प्रत्यक्षतर्फ खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्रीको नाम सिफारिस गरेको क्षेत्रीय सचिव लेखनाथ भट्टराईले राससलाई जानकारी दिनुभयो । यसैगरी, समानुपातिकतर्फ … Read more

२०४६ यता उच्चपदस्थ सबैको सम्पत्ति दोहोर्‍याएर छानबिन गर्न प्रचण्डको माग

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालसम्मका सबै चर्चामा रहेका काण्ड तथा २०४६ यता उच्चपदस्थ सबैको सम्पत्ति दोहोर्‍याए छानबिन गर्न माग गरेका छन् । भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा संयोजक प्रचण्डले सोमबार शुभकामना व्यक्त गर्दै उनले यस्तो माग राखेका हुन् । उनले भने ,“मैले संसद्को रोष्टमबाटै माग गरेको थिएँ । आज यो दिवसका अवसरमा … Read more