नेता-कार्यकर्तालाई ओलीको निर्देशन-आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई शुक्रबार (पुस ४) सम्बोधन गर्दै ओलीले पार्टीलाई एकताको भावनाका साथ नयाँ उचाईमा पुर्‍याउने दृढता व्यक्त गरेका हुन् । ‘हामी एकताको भावनाका साथ नयाँ उचाइका साथ अगाडि बढ्नेछौँ । केही केही समस्याहरू … Read more

भरतपुर विमानस्थल हुदैँ भैरहवाका लागि निस्किए रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बुद्ध एयरको जहाजमा चितवनको भरतपुर विमानस्थल हुदैँ रुपन्देहीको भैरहवाका लागि निस्किएका छन् । भर्खरै रवि भरतपुर विमानस्थलबाट ल्यान्ड भएर यहाँबाट रुपन्देहीको भैरहवाका लागि निस्किएका हुन् । रुपन्देहीको भैरहवा विमानस्थलमा कुहिरो लागेपछि उनी काठमाडौंको त्रिभुवन विमानस्थलबाट चितवन आएका हुन् । भैरहवामा कुहिरो लागेर भिजिबिलिटी कम भएपछि लामिछाने शुक्रबार बिहान … Read more

राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण

राष्ट्रपति रामचन्द्र पौडेलले १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण गर्नुका साथै ओलम्पिक टर्च हस्तान्तरण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले मस्कर्टको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासङ्घका अध्यक्ष विनोद श्रेष्ठलाई ओलम्पिक टर्च हस्तान्तरण गर्नुभएको हो । १३औँ किन्डर ओलम्पिक यही पुस १२ देखि १५ गतेसम्म दशरथ रङ्गशालामा हुँदैछ … Read more

भैरहवा विमानस्थलमा हुस्सु, काठमाडौँमै रोकिए रवि

रुपन्देहीको भैरहवा विमानस्थलमा हुस्सु लागेर विमान आउन नसक्दा रास्वपाका सभापति रवि लामिछाने काठमाडौँमै रोकिएका छन् । बिहान साढे ८ बजे नै त्रिभुवन विमानस्थल पुगेका लामिछाने भैरहवा विमानस्थल नखुलेका कारण काठमाडौँमै रोकिएका हुन् । फस्ट फ्लाइटमै रुपन्देही ल्याउने तयारी भए पनि विमानस्थलमा हुस्सु लागेका कारणले ढिलाइ भएको लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले बताए ।

यस्तो बन्यो एमालेको सदस्यीय पदाधिकारी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११ औँ महाधिवेशनले पार्टी पदाधिकारी निर्वाचित गरेको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङले १७३७ मत, विष्णुप्रसाद पौडेलले १६७५ मत, रामबहादुर थापाले १५१६ मत, गोकर्णराज विष्टले १३६८ मत र रघुजी पन्त १२५८ मतका साथ विजयी हुनुभएको छ । त्यसैगरी, उपमहासचिवमा लेखराज भट्टले १४५२मत, रघुवीर महासेठले १३६८ मत र … Read more

लेखराज, रघुवीर र योगेश बने एमालेका उपमहासचिव

नेकपा (एमाले)को उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित भएका छन्। एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार, उपमहासचिवमा निर्वाचित लेखराजले १ हजार ४५२, रघवीरले १ हजार ३६८ र योगेशले १ हजार ३४८ मत पाएका छन्। उपमहासचिवमा ७ जनाको उम्मेदवारी परेको थियो। ओली निकट नेता विष्णु रिमाल चौथो नम्बरमा रहे। उनले एक हजार ९१ मत … Read more

रवि र छविको मुद्दा बुटवल उच्च अदालतको एक नम्बर इजलासमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा उच्च अदालत तुलसीपुरको बुटवल इजलास अन्तर्गत एक नम्बर इजलासमा परेको छ । लामिछाने सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा छन् । यो मुद्दा एक नम्बर इजलासमा न्यायधिश बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासमा परेको उच्च अदालत बुटवलका … Read more

सकियो एमालेको मतदानः ९८.४ प्रतिशत मत मस्यो

नेकपा (एमाले)को महाधिवेशनमा मतदान सकिएको छ । बुधबार बिहान ९ः१५ बाट सुरु भएको मतदान बिहीबार बिहान सकिएको हो ।मतदानमा ९८.४ प्रतिशत मत खसेको छ ।  महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि भोटर थिए । महाधिवेशनमा इलेक्ट्रिक मतदान भएको हो । भोटिङमा समय लागे पनि इलेक्ट्रिक मतदान भएकाले मतगणनामा भने धेरै समय नलाग्ने एमाले निर्वाचन आयोगले जनाएको … Read more

एमाले महाधिवेशनः मतगणना सुरु

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतगणना सुरु भएको छ । महाधिवेशनस्थल भृकुटीमण्डपमा १०ः०० बजेदेखि मतगणना सुरु भएको केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिनुभयो । उहाँले मतगणना सुरु भएको तीन घण्टामा मतपरिणाम सार्वजनिक हुने बताउनुभयो । आज बिहान सम्पन्न मतदानमा दुई हजार २२७ जनाले मतदान गर्नुभएको र ३६ … Read more

एमाले महाधिवेशनः अध्यक्षमा केपी ओलीको शुरुआती अग्रता

नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा अध्यक्ष पदमा केपी शर्मा ओलीले शुरूआती अग्रता लिएका छन् । मतगणनाको पछिल्लो अपडेट अनुसार ओलीले १५७ मतका साथ अग्रता लिइरहँदा ईश्वर पोखरेलको ६७ मत छ ।