मुकुल ढकाललाई आज पार्टीबाट निकाल्दै रास्वपा !

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक केहीबेरमा पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा शुरु हुने पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उनका अनुसार बैठकमा निलम्बित महामन्त्री डा मुकुल ढकालका विषयमा अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ। अनुशासन समितिले डा ढकालमाथि अनुशासनात्मक कारबाहीको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाइसकेको छ। बैठकमा सभापति लामिछानेले … Read more

सहकारी छानबिन समितिले गर्‍यो गभर्नरसँग छलफल

२४ असार, काठमाडौं  सहकारी छानबिन संसदीय विशेष समितिले सोमबारको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायतसँग छलफल गरेको छ ।सिंहदरबारमा बसेको बैठकमा सहकारीको समस्या र समाधानका सम्बन्धमा गभर्नर अधिकारीका साथै नेपाल बैंकर्स संघ र कर्जा सूचना केन्द्र लिमिटेडका अध्यक्ष तथा पदाधिकारीहरूसँग पनि छलफल गरेको छ । समितिले यस अघिको बैठकमा गृह सचिव, प्रहरी प्रमुख … Read more

‘गृहमन्त्री लामिछानेको धोती खुस्किएको’ अभिव्यक्तिप्रति झाको आपत्ति

काठमाडौं- नेपाली कांग्रेसकी सांसद शान्ति विकले सहकारीको रकम हिनामिनामा काण्डले गृहमन्त्रीको ‘धोती खुस्किएको’ आरोप लागाएकी छन् ।सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद विकले सहकारीको अर्वौ रकम हिनामिना काण्डले आफ्नो धोती खुस्केर गृहमन्त्री सम्हाल्नमा व्यस्त रहेको जिकिर गरेकी हुन् । उनले गृहमन्त्रीलाई प्रश्न गर्दै भनिन्- ‘गृहमन्त्रीलाई फागुन २३ देखि आजसम्म एक्सनमा उत्रिन रोक्यो कसले ?’, ‘सहकारीको … Read more

बागमती सरकारबाट बाहिरियो एमाले

काठमाडौँ । नेकपा माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको हो ।मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सोमबार एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीहरूले हेटौँडा– २, स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर समर्थन फिर्तासहित संयुक्त राजीनामा … Read more

कांग्रेस र एमाले मिलेकोप्रति झलनाथको टिप्पणी : यो संसदीय व्यवस्थामा नौटंकी हो

काठमाडौं, २३ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले कांग्रेस र एमालेबीचको सत्ता सहकार्यलाई नौटंकीको संज्ञा दिएका छन् । उनले आफ्नो दल नयाँ गठबन्धनमा सहभागी नहुने पनि स्पष्ट पारे । दुई ठूला दलले राष्ट्रिय सहमतिको सरकारका नाममा फजुलको कुरा गरेको पनि खनालको टिप्पणी छ । आज (आइतबार) बसेको केन्द्रीय … Read more

प्रदेश इन्चार्ज र सचिवलाई केन्द्रीय कमिटी सदस्यको ड्राफ्ट तयार पार्न जिम्मेवारी दिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं- नेकपा एकीकृत समाजवादीले प्रदेशका इन्चार्ज र सचिवहरूलाई केन्द्रीय समिति सदस्यको ड्राफ्ट तयार गर्न जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ। आइतबारको केन्द्रय कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पर्टीका नेता जगन्नाथ खतिवडाले यस्तो बताएका हुन्। उनले बैठकले यसअघि कायम प्रदेश इन्चार्जहरुलाई सोही स्थानमा रहेर काम गर्न दिने निर्णय भएको बताए। उनले जिम्मेवारीअन्तर्गत केही दिनभित्र प्राप्त ड्राफ्टलाई … Read more

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : एमाले

काठमाडौं। नेकपा एमाले संसदीय दलले नयाँ सरकार गठनका लागि मार्गप्रस्तस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गरेको छ । आइतबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले वर्तमान सरकार अल्पमतमा परिसकेको भन्दै मार्गप्रसस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गर्ने निर्णय गरेको हो। बैठकले सदनमा प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतको बिपक्षमा मत दिने निर्णय पनि गरेको छ। बैठकपछि … Read more

सांसद चौधरीका श्रीमानको निधनबारे अनुसन्धान गर्न एमालेको माग

काठमाडौँ । नेकपा एमालेले सांसद आश्मा चौधरीका श्रीमान् लौटन चौधरीको निधनबारे अनुसन्धान र छानबिन गर्न सरकारसँग माग गरेको छ । एमाले संसदीय दलको आइतबार बसेको बैठकले यस्तो माग गरेको हो । ‘नेकपा एमालेका सांसद आश्मा चौधरीका श्रीमान् लौटन चौधरीको निधन भएको छ । उहाँको निधनप्रति केही शङ्काहरू उत्पन्न भएको छ’, प्रमुख सचेतक महेश बर्तौलाले भने, … Read more

राष्ट्रपतिद्वारा जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ

काठमाडौं  । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय कृषणभावनामृत संघ (ईस्कोन)  द्वारा  आयोजित  जगन्नाथ रथयात्रा  महोत्सवको शुभारम्भ गरेका छन्  । राष्ट्रपति पौडेलले  राजधानीको कमलादीमा एक विशेष समारोहकाबीच आईतवार बिहान सो रथयात्रा महोत्सवको शुभारम्भ गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले भगवान जगन्नाथको पूजाअर्चना र आरती गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

मधेस मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन् ।शनिबार बसेको प्रदेशसभा बैठकमा ६७ सांसदले मुख्यमन्त्री सिंहमाथि विश्वास रहेको भन्ने पक्षमा मतदान गरेका छन् । विपक्षमा ३४ मत परेको छ ।यससँगै सिंहले विश्वासको मत पाएको सभामुख रामचन्द्र मण्डलले घोषणा गरे । सिंहलाई जनमत पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति … Read more