तीनवर्षदेखि चिस्यान घर निर्माण रोकियो

महोत्तरी, फागुन ६ चिस्यानघर निर्माण हुने आशामा बसेका बर्दिबास नगरक्षेत्रका किसान निराश भएका छन् । छ वर्षअघि निर्माण सुरु गरिएको चिस्यानघर तीन वर्षदेखि स्थगित छ । “चिस्यानघर बन्ने आशा थियो,” बर्दिबास–९ का सुरजसिंह कुशवाहाले भन्नुभयो, “तर निर्माण रोकिएपछि आश म(यो ।” विसं २०७५ मा सुरु भएको चिस्यानघर निर्माण नगरपालिकाले प्राथमिकतामा नराख्दा सम्पन्न नभएको कुशवाहा बताउनुहुन्छ … Read more

परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग भेटवार्ता, विपिन रिहाइका लागि सहयोग माग

काठमाडौं, फागुन ५ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री अब्बास अराघ्चीबिच सोमबार ओमनको मस्कटमा भेटवार्ता भएको छ । आठौँं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहनुभएका परराष्ट्रमन्त्री डा. देउवा र इरानी विदेशमन्त्रीबिच भेटावर्ता भएको हो । सो वार्ताका क्रममा नेपाल इरान सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको … Read more

बगरमा प्याज खेती गर्दै किसान

टीकापुर, फागुन ५- कैलालीको टीकापुर–८ अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती गर्दै आएका छन् । यस वर्ष करिब ५० जना किसानले बगरमा प्याजखेती गरेका छन् । कर्णाली नदीको किनारामा विगत तीन वर्ष केही किसानले प्याजखेती गर्दै आएको भए पनि यसवर्ष धेरै किसानले प्याजखेती गरेको स्थानीयको भनाइ छ । माटोमा भन्दा बालुवामा प्याज उत्पादन राम्रो हुने … Read more

पोखरामा सेलरोटी बेचेर सुरू गरेको व्यवसाय फैलियो १२ वटा देशमा

पोखराकी रोशनी शर्मा दिनभरि आफ्ना कर्मचारीसँग मिलेर तरकारी काट्छिन्। उनका श्रीमान प्रकाश आचार्य किसानका खेतसम्मै पुगेर तरकारी ल्याउँछन्। उनीहरू यी तरकारी के गर्छन् त? उनीहरू यसबाट अचार बनाउँछन् र ‘हरिलो एग्रो इन्डस्ट्री’ को उत्पादनका रूपमा बजारमा बिक्री गर्छन्। रोशनीले बनाउने मुला, डल्ले खुर्सानी, आँप, करेला, लप्सी, तामा, न्युरो लगायतको अचार बजारमा एकदमै लोकप्रिय छ। काउली, गाँजर, करेला, कागती जस्ता सामग्री मिलाएर बनाउने ‘मिक्स भेज’ … Read more

१५० वटा रेष्टुरेण्ट चलाएका ‘लाला’ले भरतपुरमा खोले पार्टी प्यालेस

 चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थित धर्मचोकमा नयांँ व्यवस्थापन सहित चौतारी पार्टी प्यालेस एण्ड तन्दुरी रेष्टुरेण्ट सञ्चालनमा आएको छ । युवा व्यवसायी यमलाल सापकोटा, मोतीलाल सापकोटा र नमराज गै्रहे सहितको समुहले ठूलो लगानीमा पार्टी प्यालेस सञ्चालनमा ल्याएका हुन् । १४ कठ्ठा क्षेत्रफल सहित पार्टी प्यालेसमा गोलघर, तीनवटा ठूला हल , गार्डेन, रेष्टुरेण्ट एण्ड … Read more

मिस ग्लोब’ डायना काठमाडौंमा : ब्युटी पेजेन्टसहित यी हुन् भ्रमण कार्यसूची

काठमाडौं । ‘द मिस ग्लोब २०२४’की विजेता डायना मोरेनो नेपाल आएकी छन् । मंगलबार मध्यान्ह काठमाडौं विमानस्थलमा अवतरण गरेकी उनले पहिलो नेपाल भ्रमणमा आउन पाउँदा खुसी लागेको बताइन् । ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२५’ को निम्तोमा उनी काठमाडौं आएकी हुन् । आउने शनिबारदेखि हुने पेजेन्टको अडिसनमा उनले निर्णायकको भूमिका निर्वाह गर्नेछिन् । जसअन्तर्गत वर्ल्ड … Read more

पत्रकारलाई दण्ड र जरिबानाको तरबार !

विराटनगर । संघीय सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयकका प्रावधानबारे चर्को आलोचना भइरहेको बेला कोशी प्रदेश सरकारले पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर पार्नेगरी प्रदेश आमसञ्चार विधेयक संसदमा ल्याएको छ । उक्त विधेयकमाथि सोमबारदेखि सैद्धान्तिक छलफल सुरु भएको छ । विधेयकमा पत्रकारलाई समाचार लेखेकै आधारमा दण्ड र सजाय हुने व्यवस्थाका साथै प्रादेशिक सञ्चार प्रतिष्ठानलाई नै अदालती … Read more

सवारी दुर्घटनामा शिक्षकको मृत्यु

ढल्केबर, माघ २९ गते । धनुषामा सवारी दुर्घटनामा एक शिक्षकको मृत्यु भएको छ । मिथिला नगरपालिका–४, पुष्पवलपुरका पूर्णबहादुर विश्वकर्माको सवारी दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ। उहाँ स्थानीय राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक हुनुहुन्थ्यो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार सोमबार राति करिब ९ बजे जनकपुरबाट ढल्केबरतर्फ आउँदा उहाँले चलाएको मधेस प्रदेश ०२ … Read more

एउटै वडामा तीन वटा प्रहरी चौकी

हुम्ला माघ २९ गते । उत्तरी नाम्खा गाउँपालिका– ५ मा तीन वटा प्रहरी चौकी स्थापना भएर सञ्चालनमा रहेका छन् । चीनसँगको सीमा नाकासमेत रहेको वडा भएको कारण पन तीन वटा प्रहरी चौकी स्थापना भएका हुन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले नाम्खा गाउँपालिका– ५ मा तीन वटा प्रहरी चौकी स्थापना भएर सञ्चालनमा रहेको … Read more

महाकुम्भमा भाइरल बनेकी मोनालिसा नेपाल आउँदै

जनकपुरधाम, माघ २९- भारतको उत्तर प्रदेशस्थित महाकुम्भमा रुद्राक्ष माला बेच्दाबेच्दै भाइरल भएकी मोनालिसा नेपाल आउने भएकी छन् । रौतहटको मोलापुरमा आयोजना हुने मधानी महोत्सवमा मोनालिसा पनि आउन लागेकी हुन् । महोत्सवमा सांस्कृतिक कार्यक्रमका लागि निर्देशक सनोज मिश्रा र मोनालिसा आउने निश्चित भएको हो । मिश्रा र मोनालिसाले मधानी महोत्सवमा आउन लागेको भिडिओ बनाएकी छन्, जुन … Read more