मैजुबहालको ढुङ्गेधारालाई धार्मिक सहिष्णुताको अनुपम नमूना बनाइँदै

मैजुबहाल ढुङ्गेधारास्थित बगलामुखी मन्दिर क्षेत्रलाई धार्मिक सहिष्णुताको अनुपम नमूनाका रूपमा विकास र विस्तार गर्ने अभियान सुरु गरिएको छ । त्यहाँको जग्गा तथा पानीको स्रोत संरक्षण गरी ज्येष्ठ नागरिक चौतारो बनाउने सिलसिलामा स्थानीय सामाजिक एवं धर्मपरायण समुदायको सतप्रयासमा बङ्गलामुखीसहित विभिन्न देवीदेवताका मन्दिर निर्माण गरिएको छ । स्थानीय समाजसेवी टेकनाथ आचार्यको पहलमा केही वर्षअघि त्यहाँ तीन आना … Read more

सामाजिक सञ्जाल बन्द गर्ने कि नगर्नेबारे निर्णय गर्न बैठक जारी

सामाजिक सञ्जाल बन्द गर्ने कि नगर्नेबारे निर्णय गर्न सञ्चार मन्त्रालयमा बैठक जारी छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ र मन्त्रालयका अधिकारीहरू, नेपाल दूरसञ्चार प्राधिकरण, टेलिकम अपरेटर, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि सहभागीमा छन् । बैठकमा सहभागी एक अधिकारीका अनुसार अहिले निर्णय लेख्ने काम भइरहेको छ । सम्भवतः आजै रातिदेखि लागू हुने गरी … Read more

नेपाल अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगोःपरराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल र अमेरिकाबीच विश्वासमा आधारित एवं दिगो र ऐतिहासिक सम्बन्ध रहिआएको बताउनुभएको छ । संयुक्तराज्य अमेरिकाले नेपाली सेनालाई उपलब्ध गराएको दुई स्काइ ट्रक (हेलिकोप्टर) हस्तान्तरण गर्न आज यहाँ आयोजित सामारोहमा मन्त्री डा राणाले उक्त सहयोग नेपाल र अमेरिकाबीचको दिगो मित्रता र सहकार्यको प्रतिक हो भन्नुभयो । अमेरिका प्रजातान्त्रिक शासन प्रणालीको … Read more

फेसबुक, युट्युब बन्द नगर्न रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फेसबुक र युट्युब जस्ता सामाजिक सञ्जाल हतारमा बन्द गर्ने निर्णयमा नपुग्न सरकारलाई आग्रह गरेको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा पार्टीका तर्फबट बोल्दै रास्वपाका सांसद अशोककुमार चौधरीले भने, ‘सामाजिक सञ्जाल व्यवस्थित गर्नुपर्छ । दर्ता गरेर नियमनमा ल्याउनुपर्छ । यसका लागि वार्ता र रणनीति अपनाउनुपर्छ । हतारमा बन्द गर्ने होइन,’ उनले भने, … Read more

तरकारीखेतीबाट वार्षिक तीन लाख बचत

शुक्लाफाँटा नगरपालिका-८ नौखरीका किसान महादेव चौधरीले दुई दशकदेखि निरन्तर तरकारीखेतीमार्फत जीविकोपार्ज गर्दै आउनुभएको छ । सामान्य लेखपढ गर्न पनि नगर्नुभएका चौधरी अहिले गाउँका एक सफल व्यवसायिक किसानका रूपमा परिचित हुनुहुन्छ । कमैया प्रथा अन्त्य भएसँगै सरकारले पुनःस्थापनाका क्रममा उपलब्ध गराएको पाँच कठ्ठा जग्गामा उहाँले तरकारीखेती सुरु गर्नुभएको हो । पछि थप १० कठ्ठा जग्गा भाडामा … Read more

वडामै ‘राष्ट्रिय परिचय पत्र’को सेवा

सामाजिक सुरक्षा भत्ता नविकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि तेमाल गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयको सहयोगमा भदौ दोस्रो साता वडास्तरिय ‘घरदैलो सेवा’ अभियान सञ्चालन ग¥यो । पनौती नगरपालिकाले बुधबारदेखि १० दिनको शिविर आयोजना गरी सेवा सुरु गरेको छ । तेमालको शिविरबाट ज्येष्ठ नागरिक, एकल महिला र शारीरिक अपाङ्गता भएका व्यक्तिले निकै ठूलो राहातको महसुस गरे । … Read more

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह्

नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले आज दर्ज्यानी चिन्ह् लगाउनुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले उहाँलाई दर्ज्यानी चिन्ह लगाइदिनुभएको हो । सो अवसरमा गृहसचिव दुवाडीले सरकारले क्षमता, कार्यदक्षता, जेष्ठतालगायत आधारमा प्रहरीको सर्वोच्च पदमा खापुङलाई नियुक्त गरी जिम्मेवारी प्रदान गरेको बताउनुभयो । मुलुकमा शान्ति, सुव्यवस्था र सुुशासन कायम गर्न, अपराध नियन्त्रण गर्न … Read more

चाडपर्वलाई लक्षित गरी मुग्लिन-मलेखु सडक मर्मत गरिँदै

नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन-मलेखु सडक स्तरोन्नतिसँगै चार्डपर्वलाई लक्षित गरी मर्मत गर्न थालिएको छ । दसैँमा यो सडक हुँदै आवतजावत गर्नेको सङ्ख्या बढी हुने भएकाले कालोपत्रबाहेक खाल्डाखुल्डी पुर्ने र सम्याउने काम थालिएको हो । पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार दसैँ अघि कालोपत्रबाहेक सडकका सानाठूला खाल्डा पुर्नेगरी काम थालिएको हो । उहाँले भन्नुभयो, “दसैँ, … Read more

वसन्तपुर दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरवको मूर्तिअघि ईन्द्रजात्राको लिङ्गो उठाइएको अर्थात् इन्द्रध्वजोत्थान गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइत अनुसार आज बिहान १०ः३१ बजे कालभैरवको मूर्तिअघि इन्द्रध्वजोत्थान गरिएको गुठी संस्थान काठमाडौँ शाखा कार्यालयका प्रमुख लक्षुणा शर्माले राससलाई जानकारी दिनुभयो । यसअघि भदौ १५ गते ईन्द्रजात्राको लिङ्गो नगर प्रवेश गराइएको थियो … Read more

आज नेपाल रेडक्रसको स्थापना दिवस मनाइँदै

‘मानवताको पक्षमा’ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ। नेपाल रेडक्रस सोसाइटी विश्व रेडक्रस अभियानको अभिन्न अङ्गको रूपमा २०२० सालमा आजकै दिन स्थापना भएको थियो । नेपाल रेडक्रसले देशभरि मानवीय सेवाका विविध कार्य गर्दै आइरहेको छ । नेपालको सबैभन्दा ठूलो मानवीय संस्थाको रूपमा रहेको यस सोसाइटीका करिब … Read more