भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जाहेर गर्दै माइतीघरमा प्रदर्शन

  काठमाडौँ, मंसिर २४- भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारितभएको २१ वर्ष पूरा भएको अवसरमा आज देशभर ‘भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहका साथै भ्रष्टाचारविरुद्ध तथा सुशासनका पक्षमा क्रियाशील विभिन्न सामाजिक सङ्घ संस्थालेसमेत विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाएका छन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस … Read more

मानव अधिकार आयोगले बोलायो आइजिपी कुँवरलाई

राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरलाई छलफलका लागि बोलाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि दुर्व्यवहार भएको भन्ने विषयमा सोधपुछ गर्नका लागि सोमबार कुँवरलाई आयोगमा बोलाइएको सहप्रवक्ता श्यामबाबु काफ्लेले जानकारी दिए। लामिछानेलाई चितवन जिल्ला प्रहरी कार्यालयबाट पोखरामा रातारात दुर्व्यवहार गरेर लगेको आरोप रास्वपाको छ। मापसे गरेका प्रहरीले लामिछानेलाई उठाएको, र बिहान … Read more

दाङमा दुर्घटना भएको हाइस बस

दाङ, मङ्सिर २४ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–२ स्थित कटेशाखोला नजिकै हाइस बस दुर्घटना भएको  छ । आइतबार राति कपिलवस्तुको चन्द्रौटाबाट लमहीतर्फ जाँदै गरेको लु २ ख ४२०४ नम्बरको हाइस बस अनियन्त्रित भए दुर्घटना भएको हो । दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको ट्राफिक प्रहरीले जनाएको छ ।

कटुवा पेस्तोलसहित १ जना पक्रा

१ थान कटुवा पेस्तोलसहित सर्लाहीबाट एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बलरा नगरपालिका- ६ मिर्जापुरका १९ वर्षीय गोलु भन्ने धर्मजीतकुमार सहनी छन् ।उनलाई १ थान कटुवा पेस्तोलसहित आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।​​​​बलरा नगरपालिका- ६ स्थित गढीमाई मेलामा झै-झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गडहिया र इलाका प्रहरी कार्यालय बलराबाट खटिएको प्रहरीले उनलाई … Read more

सीजी इलेक्ट्रोनिक्सकाे उत्पादन किन्दा निःशुल्क एनपीएल टिकट जित्ने अफर

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सको कुनै पनि ब्रान्डको उत्पादन खरिद गर्दा ग्राहकले लक्की ड्रमार्फत निःशुल्क एपीएलको टिकट जितेर किर्तिपुरस्थित क्रिकेट स्टेडियममा प्रत्यक्ष खेल हेर्ने पाउने भएका छन् । सीजी इलेक्ट्रोनिक्सअन्तर्गत एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, सेन्साई, ब्ल्याक एन्ड डेकर, माइडिया, केन्ट, एलिका, क्रम्प्टन जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू रहेका छन् । यी ब्रान्डहरूले ठूला घरेलु उपकरणहरू जस्तै … Read more

बाँदरले सुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तित

म्याग्दी (बेनी), मंसिर २४- अन्नपूर्ण गाउँपालिका–६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ । पहेँलपुर भई टिप्ने मिल्ने भएका सुन्ताला बाँदरले नष्ट गर्न थालेपछि आफूहरु समस्यामा परेको किसान ठाकुरप्रसाद बरुवालले बताउनुभयो । फल टिप्ने बेलामा दिनभरि बाँदर धपाएर बस्नुपर्ने स्थानीयको दैनिकीजस्तै बनेको उहाँको भनाइ छ ।“अहिले बाँदरबाट सुन्तला जोगाउन मुस्किल परेको छ, हरेक वर्ष … Read more

रवि लामिछानेलाई आजै पर्सा लगिँदै

सानोपाइला सहकारीको बचत रकम सम्बन्धी अपचलन आरोपमा बयानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पर्सा लगिँदैछ। कास्कीबाट पर्सा लग्न सोमबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याइसकेको छ। उनी बुद्ध एयरको जहाज चढिसकेका छन्। उनलाई बुद्ध एयरको जहाजबाट काठमाडौं पुर्‍याएर त्यहाँबाट पुन: बाराको सिमरा विमानस्थल हुँदै वीरगन्ज लग्ने प्रहरीको तयारी छ। गएराति नै पूर्वडिआइजी छविलाल जोशी … Read more

भ्रष्टाचारविरुद्ध सरकारले रणनीति तथा कार्ययोजना बनाउँदै छः मन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीति तथा कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्ने तयारी गरिरहेको बताएका छन् । सोमबार काठमाडौँमा अन्तरराष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि कार्यान्वयन गर्ने सम्बन्धी रणनीति तथा कार्ययोजना २०६९ को कार्यान्वयन तयारी भइरहेको बताएका हुन् । उनले दोस्रो राष्ट्रिय रणनीति … Read more

घर फर्किने तयारीमा थियो भट्ट परिवार, बिदा हुनै लाग्दा दुर्घटनामा पर्‍यो

कञ्चनपुरको महेन्द्रनगरका रामदत्त भट्ट शिक्षा विकास तथा समन्वय एकाइ, डोटीमा कार्यरत थिए। उनको केही दिनअघि मात्रै बाजुरा सरुवा भयो। भट्ट शुक्रबार बाजुरा पुगेर कार्यालय हाजिर भए। बाजुरा जाँदा साथमा श्रीमती राधिका भट्टसहित अन्य आफन्त पनि थिए। सुदूर पहाडको घुमफिरमा थिए, उनीहरू। पारिवारिक स्रोतका अनुसार भट्ट आइतबार बाजुराबाट महेन्द्रनगर घर फर्किने तयारीमा थिए। त्यो दिन भट्ट … Read more

कांग्रेसले अनुमोदन गर्‍यो उमेश श्रेष्ठलाई कोषाध्यक्ष बनाउने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको कोषाध्यक्षमा उमेश श्रेष्ठलाई अनुमोदन गरेको छ । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवाको श्रेष्ठलाई कोषाध्यक्ष बनाउने प्रस्तावलाई अनुमोदन गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।