दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलको निरीक्षण

कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण सुरू भएको सुक्खा बन्दरगाह निर्माणस्थलको नेकपा ९एमाले० का महासचिव शङ्कर पोखरेल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निरीक्षण गर्नुभएको छ । पश्चिम नेपालको व्यापारको लागि महत्वपूर्ण मानिएको सुक्खा बन्दरगाहको आज निरीक्षण गरिएको हो । भारतीय लगानीमा निर्माण हुन लागेको दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको जिम्मा पाएको सिओएमटी कन्स्ट्रक्सन प्रालिले ‘साइट … Read more

जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा लामखुट्टेको टोकाइबाट लाग्ने रोग ‘जापानिज इन्सेफ्लाइटिस’बाट एक पुरुषको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका–१ पतवारी निवासी ५२ वर्षीय पुरुषको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो । “जिल्लामा चालु आर्थिक वर्षमा चार जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकोमध्ये एक जनाको निधन भएको छ”, उहाँले भन्नुभयो, … Read more

तरुण दलको महाधिवेशन कार्यतालिका सार्वजनिक

नेपाली कांग्रेस निकट नेपाल तरुण दलले पाँचौँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। अध्यक्ष विद्वान गुरुङले पार्टीबाट अनुमोदन भई कार्यसमितिलाई प्राप्त भएको महाधिवेशनको कार्यतालिका सबै जिल्ला समितिहरूमा पठाएका हुन्। कार्यतालिका अनुसार भदौ १५ गते भित्र दलको पूर्ण सदस्यता वितरण गरी वडा र पालिकाको अधिवेशन गर्ने, भदौ मसान्तभित्र दलको केन्द्रीय कार्यालयबाट पूर्ण सदस्यता स्वीकृत गर्ने र क्षेत्रीय … Read more

अवरुद्ध महाकाली राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध भएको महाकाली राजमार्ग सञ्चालनमा आएको छ । आइतबार रातिको अविरल वर्षाका कारण राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–३ तेर्छालेक र शैल्यशिखर नगरपालिका–६ को रनेबासमा पहिरो खसेको थियो । पहिरो पन्छाइएसँगै राजमार्ग बिहान ११ बजेपछि सञ्चालनमा आएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो । राजमार्ग खुलेसँगै बन्द रहेको सवारी आवागमन सञ्चालनमा आएको छ … Read more

विराटनगर जाँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज विराटनगर जाने भएकी छन्। उद्घोष दैनिकको २१ औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी विराटनगर जान लागेकी हुन् । उनका सचिवालयका अनुसार उद्घोषको वार्षिकोत्सवसँगै उनी राजनीतिक भेटघाटमा पनि सहभागी रहने कार्यक्रम छ। माधवकुमार नेपाल नेतृत्वको नेकपा (कीकृत समाजवादी) निकट प्रेस संगठन कोशी अध्यक्षसमेत रहेका पत्रकार बन्धु पोखरेललगायत सञ्चालक रहेको पत्रिका उद्घोषको … Read more

स्थानीय शासन कार्यसम्पादनमा बागलुङ नगरपालिका अब्बल

बागलुङ नगरपालिका स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीमा अब्बल बनेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका कार्यसम्पादन महाशाखा प्रमुख रेमलाल कँडेलले बागलुङ उत्कृष्ट बनेको जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०/८१ को मूल्याङ्कनमा नगरपालिका उत्कृष्ठ बनेको हो । यसअघि स्थानीय तहको समग्र पक्षको मूल्याङ्कन प्रणाली (लिजा), स्थानीय तहको वित्तीय सुशासन संरचना गर्ने प्रणाली … Read more

इन्डोनेसियामा ६ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तको पोसो रिजेन्सीमा आइतबार ६।० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट २९ जना घाइते भएको देशको राष्ट्रिय विपद् व्यवस्थापन निकायले एक विज्ञप्तिमा जनाएको छ । मौसम विज्ञान, जलवायु विज्ञान र भूभौतिकी निकायले स्थानीय समयअनुसार बिहान ५ः३८ बजे भूकम्प गएको जनाएको छ । जसको केन्द्रबिन्दु पोसो रिजेन्सीबाट १८ किलोमिटर उत्तर पश्चिममा १० किलोमिटर … Read more

प्रचण्डको क्यारिकेचर गर्दा धम्की धम्कीपूर्ण फोन कल

कमेडियन विकास अर्याललाई फोनमा धम्की आएको छ । कमेडी दरबारको नयाँ एपिसोडमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डाको क्यारिकेचर गरिएको प्रस्तुति सार्वजनिक भएपछि कमेडियन विकास अर्याललाई फोनमा धम्की आएको हो । एपिसोडमा सार्वजनिक दुई संवादलाई लिएर आफूलाई धम्कीपूर्ण फोन कल आएको कमेडियन विकासले बताए । उनले भने, ‘म प्रचण्डको फ्यान हो भन्दै नयाँ नम्बरबाट फोन … Read more

उच्चस्तरीय शासकीय सुधार आयोगको बैठकः औचित्य नभएका संस्था खारेज, समायोजन र हस्तान्तरणबारे छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठकमा औचित्य नभएका संस्था खारेज, गाभ्ने वा प्रदेश वा स्थानीय तहमा हस्तान्तरण गर्ने सम्बन्धमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयमा भएको बैठकले यसअघिका विभिन्न आयोग एवं कार्यदलले दिएका सुझाव प्रतिवेदनका आधारमा खारेज गर्ने, गाभ्ने र हस्तान्तरणका लागि सिफारिस भएका निकायबारे विस्तृत … Read more

१० महिने छोरीसहित आमा सामुदायिक वनमा मृत फेला

कैलालीमा १० महिनाकी छोरीसहित एक महिलाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय सुखडका अनुसार घोडाघोडी नगरपालिका-७ निवासी २१ वर्षीया आरती डंगौरा र उनकी १० महिने छोरी अनुजा टगौरा मृत अवस्थामा भेटिएका हुन् । साउन २९ गतेदेखि बेपत्ता भएकी आमा-छोरी आज नजिकैको गौरीशंकर सामुदायिक वनमा रुखमा झुन्डिएको अवस्थामा फेला परेको थियो । प्रहरीको प्रारम्भिक … Read more