घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य घटेको छ । गएको शुक्रबार तोलामा ६ सय घटेको सुनको मूल्य आज (आइतबार) पनि ७ सय रुपैयाँले घटेको हो। योसँगै आज सुनको भाउ प्रतितोला एक लाख ९५ हजार पाँचसय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार सुनको मूल्य तोलाको एक लाख ९६ हजार दुईसय रुपैयाँ थियो।

ढकालको जन्म दिन मनाउने फरक शैली

साउन ३१ , काठमाडौँ ललितपुर जिल्लाको ग्वार्कोमा अवस्थित प्रभात माध्यमिक विद्यालयका माध्यमिक गणित शिक्षक सि. एम. ढकालले आफ्नो जन्मदिन निक्कै फरक तरिकाले मनाएका छन्। आफ्नो ४० औं जन्मदिनको अवसर पारेर काठमाडौँ को गुहेश्वरीमा ४० वटा वर पिपल लगायतका विरुवा रोपका छन्। हरेक वर्ष जन्मदिनमा यो कार्य लाई निरन्तरता दिने कुरा उनले बताएका छन्। आधुनिकता संगै … Read more

राष्ट्रियसभा बैठकः ‘कृषकलाई समयमै मल उपलब्ध गराउ’

राष्ट्रियसभाको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल मल उपलब्ध गराउनुपर्ने, ज्येष्ठ नागरिकले सहजै भत्ता पाउनुपर्नेलगायत माग गरेका छन् बैठकमा सांसद गोपीबहादुर सार्की अछामीले प्रतिवर्ष १५ लाख मेट्रिकटन मल आवश्यक भए पनि तीन लाख मेट्रिकटन मात्रै उपलब्ध भएको तथा पाँच लाख मेट्रिकटन मल अवैध रुपमा भित्रिने गरेको भन्दै यस विषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद … Read more

सरकारी जागिर छाड्ने बढ्दै,चार वर्षमा झण्डै ३ हजारले राजीनामा दिए

लोक सेवा आयोगको उच्च प्रतिस्पर्धाबाट सेवामा प्रवेश गरेका निजामती कर्मचारीले बिचैमा राजीनामा दिएर जागिर छाड्ने क्रम बढ्दै गएको छ । चार वर्षमा दुई हजार ८८५ जना कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा दिएका छन् । राज्यले ठुलो लगानी गरेर तालिम प्रदान गरी समक्ष बनाउँदै गए पनि कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा दिँदा सरकारलाई भने … Read more

प्रधानमन्त्री ओलीले मधेस प्रदेश प्रहरी कार्यालय भवन उद्घाटन गर्नुहुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आज मधेस प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम छ । जनकपुरधाम उपमहानगरपालिका–४ मा करिब रु २३ करोड १० लाख ४३ हजार ४०७ को लागतमा प्रदेश प्रहरी कार्यालय निर्माण गरिएको भवन प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम रहेको मधेस प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता गणेश नायकले जानकारी दिनुभयो । विसं … Read more

एक सय ३३ कुष्ठरोगीको सहारा एक आश्रम, तर पुनर्वासको तयारी छैन

नेपालमा कुष्ठरोगको इतिहास राणाकालीन समयदेखि सुरु भएको मानिन्छ । सन् १८५७ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले ललितपुरको खोकनामा कुष्ठरोगी व्यवस्थापनका लागि झुपडीको रूपमा ‘कुष्ठरोगीखाना’ स्थापना गनुभएको थियो । हाल यो स्थान नेपाल कुष्ठरोग निवारण सङ्घको मातहतमा रहेको खोकना कुष्ठरोग आरोग्य आश्रमको रूपमा परिचित छ । ललितपुरको खोकना र काठमाडौँको दक्षिणकाली नगरपालिकालाई जोड्ने झोलुङ्गे पुलमुनिबाट बग्ने … Read more

अब विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिऊँः महत

पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले अब विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिनुपर्ने बताउनुभएको छ । उहाँले विदेशी नागरिक वा पिआर लिएर विदेशमा बसेको नेपाली नेपालमै आएर नेतृत्व सम्हालन खोज्छ भने त्यस्तालाई सरकारले नियुक्ती गर्नुपर्ने बताउनु भयो । आज संसदको अर्थसमितिमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धमा बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले विदेशमा पनि विदेशीहरुले नै कम्पनीहरुको नेतृत्व … Read more

दुग्ध उत्पादक किसानका दुग्ध विकास बोर्डले रु एक अर्ब र निजी क्षेत्रले रु तीन अर्ब भुक्तानी गर्न बाँकी

दुग्ध उत्पादक सहकारीले दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घको चितवनमा सम्पन्न ३१औँ सञ्चालक समिति बैंठकले दूधको भुक्तानी नपाएमा आगामी भदौ ४ गते देखि चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । दुग्ध उत्पादक सहकारीले भुक्तानी नपाउँदा किसानलाईसमेत भुक्तानी गर्न नसकिएको जनाउँदै आन्दोलन गर्ने चेतवनी दिएका हुन् । सङ्घका अध्यक्ष … Read more

प्रविधिको सही उपयोगका लागि नागरिकलाई सुसूचित गराउनु आवश्यकः महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले डिजिटल दुनियाँमा प्रविधिको सही उपयोगका लागि हरेक नागरिकलाई सुसूचित गराउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा यहाँ आज आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रियात्मक तालिम उद्घाटन सत्रमा महामन्त्री शर्माले डिजिटल माध्यमको दुरुपयोगले मानिसको जीवन समाप्त पनि पारेको उल्लेख गर्दै यसबाट सचेत रहनुपर्नेमा … Read more

विच्छ्याको बाढीले बस्ती जोखिममा

जिल्लाको पूर्वोत्तर भेगमा बग्ने विच्छ्या खोलाको बाढीले हिमाली गाउँपालिका–१ को बस्ती जोखिममा परेको छ । बुधबार रातिदेखिको लगातारको वर्षाले गाउँ जलमग्न हुने जोखिम अझ बढाएको स्थानीय साजन थापाले बताउनुभयो । उक्त खोलाको एउटा झोलुङ्गे पुलसहित केही घरहरु बगाएको उहाँले बताउनुभयो । हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार अहिलेसम्म दश वटा घरमा क्षति भएको छ । … Read more