२८ सयले बढेपछि सुनको मूल्य २ लाख ७० हजार ६ सय कायम

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघआ अनुसार गएको बुधबार र बिहीबार दुई दिन लगातार घटेको सुनको मूल्य शुक्रबार र आज फेरि बढेको हो। गएको शुक्रबार तोलामा २१ सय बढेको सुनको मूल्य आज २८ सय बढेर दुई लाख ७० हजार ६ सय पुगेको महासंघले महासंघले जनाएको छ … Read more

ध्वंश, आगजनी र विनाशकारी प्रवृत्ति अन्त्य जरुरीः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ध्वंश, आगजनी र विनाशकारी प्रवृत्ति अन्त्य जरुरी भएको बताएका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा संक्षिप्त शुभकामना व्यक्त गर्दै ओलीले भनेका छन्, ‘आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । ध्वंश, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोबल बढाऔं । सबैलाई … Read more

थारू समुदायको संस्कृति संङ्टमा परेकामा चिन्ता

राजनीतिक परिवर्तनले संस्कृति विखण्डन हुनेमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । कविडाँडा साहित्य समाजद्वारा शनिवबार सौराहामा आयोजित थारू समाज संस्कृति र साहित्य विषयक कार्यशाला गोष्ठीका वक्ताहरूले संस्कृतिमाथिको विखण्डन रोक्न आग्रह गरेका छन् । लेखक निलम कार्की निहारिकाले संस्कृति र साहित्य एकापसमा परिपूरक भएको बताउनुभयो । संस्कृति विखण्डन हुँदा साहित्यमा समेत प्रभाव पर्ने उहाँको भनाइ छ … Read more

स्वास्थ्य बिमा सुधारका लागि सरकार प्रयासरत छः स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले स्वास्थ्य बिमा सुधारका लागि प्रयासरत रहेको बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य बिमा बोर्डको संयुक्त आयोजना तथा जर्मन विकास सहयोग संस्थाको सहकार्यमा आज यहाँ आयोजित स्वास्थ्य बिमा सुधार कार्यक्रममा उहाँले स्वास्थ्य बिमा कार्यक्रम सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो । मन्त्री गौतमले स्वास्थ्य बिमा कार्यक्रमलाई कसरी … Read more

दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला

उदयपुरको कटारी नगरपालिका– ६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दुबई उडेको चार महिनापछि दिल्लीमा बेवारिसे अवस्थामा फेला परेका छन् । दर्नाललाई वैदेशिक रोजगार उद्धार नेपालले उद्धार गरी हाल काठमाडौँ ल्याएर शिक्षण अस्पतालमा उपचार गरिरहेको छ । एक भारतीय नागरिकले सामाजिक सञ्जालमा दर्नालको अवस्थाबारे सार्वजनिक गरेपछि उद्धार नेपालले तत्काल उद्धार गरी नेपाल ल्याएर उपचार गरिरहेको … Read more

नेपाल वित्तिय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा के.सी चयन

चितवन,पुष २१। नेपाल वित्तिय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको दशौँ केन्द्रीय परिषद् तथा एघारौँ केन्द्रीय महाधिवेशन चितवनको सौराहामा सम्पन्न भएको छ ।संघको एघारौँ केन्द्रीय महाधिवेशन बाट अध्यक्षमा सुदिन के.सी चयन हुनु भएको छ । वरिष्ठ उपाध्यक्षमा गगांधर भट्टराई,उपाध्यक्ष (खुल्ला)  रजनिस फुलारा, उपाध्यक्ष (महिला) लसता श्रेष्ठ, उपाध्यक्ष (मधेसी) अमित भगत, महासचिव सन्जिव कुमार भडेल, … Read more

नेपाली महिला क्रिकेट टोली स्कटल्यान्डसँग पराजित

आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ … Read more

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका सातवटा क्यामरामा क्षति

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका सातवटा क्यामेरामा क्षति पुगेको छ । पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणनाका क्रममा राखिएका पाँच क्यामेरा हराएका छन्भने दुई क्यामेरा हात्तीले फुटाएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार बाघ गणनामा राखिएका क्यामेरामध्ये तीन थुम्सी क्षेत्रमा र दुईवटा तमासपुर क्षेत्रमा राखिएका क्यामेरा हराएका हुन् । … Read more

कलाका माध्यमबाट जलवायु परिवर्तनदेखि युवा पलायनको चिन्ता

पोखरामा बिहिबारदेखि जारी ‘आर्ट इन हिमालय’ कला प्रदर्शनीमा राखिएका कलाका माध्यमबाट पछिल्ला समयमा भइरहेको जलवायु परिवर्तनको प्रभावसँगै नेपालको बढ्दो युवा पलायनप्रति चिन्ता व्यक्त गरिएको हो । सिर्जनशील कलाकार सूमह, पोखराको आयोजना र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा पोखरा महानगरपालिका–९ नयाँ बजारस्थित पोखरा आर्ट ग्यालरीमा राखिएका कलामार्फत नेपाली प्रकृति र संस्कृतिको उजागर गर्न खोजिएको छ नै … Read more

जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर पार्टीका जनसङ्गठनहरुलाई सक्रिय हुन निर्देशन दिनुभएको छ । एमालेको केन्द्रीय कार्यालयमा आज भएको जनसङ्गठन समन्वय संयन्त्रको बैठकमा महासचिव पोखरेलले जनसङ्गठनहरू निर्वाचन अभियानको अग्रपङ्क्तिमा उभिनुपर्ने बताउनुभएको हो । संसद् पुनःस्थापनाको मागका साथै निर्वाचनलाई पनि जनाधिकार र प्राप्त … Read more