झापाको दमकमा झडप, ८ जना पक्राउ

काठमाडौँ झापाको दमक नगरपालिका–५ स्थित गणतान्त्रिक चोकमा झडप भएको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्मार्ण गर्न नहुने भन्दै प्रदर्शनमा उत्रिएका समूह र प्रहरीको बिचमा झडप भएको हो । प्रहरीले लाठीचार्ज गरेर एक राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । झडपमा सहभागी ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले रातोपाटीलाई बताए । … Read more

स्वास्थ्य र शिक्षामन्त्रीको निर्णयविरुद्ध आवासीय चिकित्सकको देशभर प्रदर्शन

काठमाडौँ — स्वास्थ्यमन्त्री प्रदीप पौडेल र शिक्षामन्त्री विद्या भट्टराईले गरेको निर्णयका विरुद्धमा आवासीय चिकित्सकहरूले आइतबार देशभरका अस्पतालमा प्रदर्शन गरेका छन् । बिहान ९ बजेदेखि १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा बहिष्कार गर्दै चिकित्सकहरू प्रदर्शनमा सहभागी भएका हुन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका अनुसार पोखराको मणिपाल मेडिकल कलेज, चितवन, गण्डकी, नेपालगन्ज मेडिकल कलेज, जिल्ला अस्पताल … Read more

‘सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न जरुरी छ’

लमजुङ, माघ २० गते नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न जरुरी रहेको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न ल्याइएको विधेयकको विरोध गर्न आवश्यक नरहेको बताउनुभयो । आइतबार गृहजिल्ला लमजुङमा प्रेस चौतारी नेपाल लमजुङ शाखाको आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुँदै सञ्चारमन्त्री गुरुङले सामाजिक सञ्जाल … Read more

निर्माण व्यवसायीको अघिल्लो वर्षको भुक्तानी बाँकी छैन : अर्थमन्त्री पौडेल

काठमाडाैं, माघ २० गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीलाई सरकारले अघिल्लो वर्षको भुक्तानी दिइसकेको बताउनुभएको छ । महिला आर्थिक पत्रकार संघ फेजाले अर्थतन्त्रको बारेमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले अघिल्लो सरकारले भुक्तानी दायित्व बोकाएको दायित्व सबै वर्तमान सरकारले पूरा गरेको बताउनुभएको हो । उहाँले अघिल्लो वर्षको दायित्व चालु आर्थिक वर्षको बजेटमार्फत भुक्तानी गर्नु … Read more

सबै युवा तथा बालबालिकालाई खेलकुदमा जोड्न आवश्यक: यामलाल कँडेल

  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सबै युवा तथा बालबालिकालाई खेलकुदमा जोड्न आवश्यक रहेको बताउनुभएको छ । वीरेन्द्रनगरमा सञ्चालित सातौँ नगरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगितामा आज उहाँले युवा तथा बालबालिकालाई खेलकुदमा आबद्ध गराउन सके असल नागरिक बनाउने अभियान सफल हुने उल्लेख गर्नुभयो । “खेलकुदले स्वस्थ, अनुशासित र सफल जीवन जिउन सहयोग गर्ने भएकाले शरीरलाई … Read more

सहकारी बचत अपचलन आरोपमा म्याग्दी जिसस प्रमुख पक्राउ

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका सहकारीको बचत अपचलन आरोपमा आइतबार प्रहरीले उनलाई पक्राउ गरेको हो| जिसस प्रमुख थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले सेतोपाटीलाई बताए।थापामाथि कुमारी सहकारी संस्थाको बचत रकम अपचलन गरेको आरोप छ। उनले कति रकम अपचलन गरेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

यस्तो छ भारतीय बजेटमा सार्क राष्ट्रलाई दिइएको सहायता

काठमाडौँ भारतले आगामी आर्थिक वर्ष २०२५/२६ को बजेटमार्फत ५४ अर्ब ८३ करोड भारतीय रुपैयाँ वदेशी सहायता अन्तर्गतको शीर्षकमा विनियोजन गरेको छ । यो चालु आव २०२४/२५ को भन्दा ४ अर्ब कम हो । यो आवका लागि भारतले वैदेशिक सहायता शीर्षकमा ५८ अर्ब ६ करोड रुपैयाँ छुट्याएको थियो । यसका साथै सफ्ट पावरका रुपमा रहेको भारतीय … Read more

महिला अन्तर्राष्ट्रिय क्रिकेटः टस हारेर पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ, माघ २१- त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आजको खेलमा नेपालले टस हारेर नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्नेभएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेदरल्याण्ड्सकी कप्तान बाबेट डी लिडेले टस जितेर ब्याटिङ रोजिन । जारी प्रतियोगितामा नेपालले यसअघि खेलेको दुवै खेलमा हार बेहारेको थियो । नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित … Read more

गृहमन्त्री लेखकद्वारा कलौनीप्रति श्रद्धाञ्जली अर्पण

धनगढी, माघ २० गते । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस भीमदत्त नगर समितिका सभापति अच्युतराज कलौनीको पार्थिव शरीरमा झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनु भएको छ । श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेस पार्टी कार्यालयमा राखिएको कलौनीको पार्थिव शरीरमा आज कांग्रेसको झण्डा ओढाएर उहाँले श्रद्धाञ्जली दिनुभएको हो । श्रद्धाञ्जली सभामा कांग्रेस नेता, कार्यकर्तासहित सर्वसाधारणको उपस्थिति थियो । शनिबार … Read more

त्रिशूली नदीमा बेवारिसे शव फेला

सुलीकोट, माघ २० गते ।  गोरखाको त्रिशूली नदीमा बेवारिसे शव फेला परेको छ । जिल्लाको गण्डकी गाउँपालिका – २ गोर्दीस्थित त्रिशूली नदी किनारमा अन्दाजी ५०/५५ वर्षको देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुयभो । उहाँका अनुसार आइतबार बिहान ८ बजेको समयमा गोरखापट्टि त्रिशूली नदीको किनारमा ढुङ्गाको … Read more