नारायणगढमा १२६ जनाले गरे रक्तदान, संयोजक कृपाले दिइन सबैलाइ धन्यवाद

भरतपुर–
चितवनको नारायणगढमा सोमबार एकैदिन १ सय २६ जनाले रक्तदान गरेका छन । नेपाल रेडक्रस सोसाइटि नारायणगढ उपशाखाले आयोजना गरेको कार्यक्रममा उनिहरुले रक्तदान गरेका हुन । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाको परिसर नारायणगढमा आयोजित कार्यक्रममा भरतपुरका बिभन्न स्थानबाट आएका व्यक्तिहरुले रक्तदान गरेका आयोजकले जनाएको छ ।

रेडक्रस सोसाइटि नारायणगढ उपशाखाकी सभापति कृपा राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शाखाका सभापति हरि पौडेल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै पौडेलले रक्तदानलाई प्राथमिकता दिएकोमा शाखा सभापति राजभण्डारीलाई धन्यवाद दिए । आगामी दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता दिन उनले आग्रह गरे ।

उपशाखा सभापति राजभण्डारीले विगतका वर्षहरुबाटै नयाँ बर्षको शुरुवात रक्तदानबाट गर्दै आएको जानकारी दिइन । पुजाआजा भन्दा रक्तदान गर्दा आत्मसन्तुष्टि मिल्ने भएकाले शाखाले यस पूण्य कर्म रोजेको उनले सुनाइन ।

चितवनमा कहिल्यै पनि रगतको अभाव नहोस भन्ने उद्देश्य राखेर रक्तदान आयोजना गरिएको राजभण्डारीको भनाइ छ । कार्यक्रम सफल बनाउन सहयोग गर्ने रक्तदातादेखि सम्पूर्णलाइ उनले धन्यवाद व्यक्त गरेकी छन ।

कार्यक्रमको उद्घाटनसत्रमा विशिष्ठ अतिथिका रुपमा भरतपुर १ का वडा अध्यक्ष केशब महर्जन, भरतपुरका २ का वडा अध्यक्ष मनोज रानाभाट र वडा नम्बर १० का वडा अध्यक्ष परमेश्वर खनालको उपस्थिती रहेको थियो ।

सेयर गर्नुहोस्