प्रचण्डले भनेजस्तो सरकार ढल्दैनः कांग्रेस

नेपाली कांग्रेसले सरकारबारे प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेकै आधारमा सरकार नढल्ने निष्कर्ष निकालेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले प्रचण्ड प्रतिपक्षमा भएकाले सरकार ढल्दैछ भन्नु स्वभाविक भएपनि त्यसै आधारमा सरकार नढल्ने बताए । ‘प्रचण्ड प्रतिपक्षमा हुनुहुन्छ, उहाँले यो सरकार ढलिहालोस् … Read more

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली गाउँपालिका-३ स्थित गोठभित्र पुरिएर २६ बाख्रा मरेका छन् । अदानचुली-३ का आइते बुढाको गोठभित्र रहेका ७० बाख्रामध्ये २६ वटा बाढीपहिरो आउँदा पुरिएर मरेका हुन् । भेडिगोठभित्र पहिरो पस्नुका साथै गोठ भत्किँदा २६ बाख्रा मरेका पीडित किसान बुढाले बताउनुभयो । गोठभित्र रहेकामध्ये २९ वटा बाख्रा गाउँलेको सहयोगमा जीवित निकालिएको … Read more

आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण साहसिक मात्रै नभई जोखिमपूर्ण र संवेदनशील यात्रा हो । हिउँको ढिस्को पन्छाएर ढुङ्गाको पहरो छिचोल्दै चुचुरोमा पुग्नु आफैँमा साहसिक र चुनौतीपूर्ण कार्य हो । एकदुई पटक हैन ३०औँ पटक यस्तो जोखिमपूर्ण यात्रा गर्नु वा सगरमाथाको शिखर चुम्नु चानचुने कुरा होइन । विश्वविख्यात कीर्तिमानी कामीरिताका लागि भने यो काम ‘पानीको पँधेरो’ … Read more

पाँचथरबाट शिक्षकहरू काठमाडौँको सडकमा : ऐन नलिई फर्कँदैनौँ

नेपालको सुदूरपूर्वी जिल्ला पाँचथरबाट शिक्षकहरू काठमाडौँमा उत्रिएको आज १५ दिन भयो। पाँचथर जस्तै ७७ जिल्लाबाट शिक्षकहरू आफ्ना माग पूरा गर्न र शिक्षा ऐन तुरुन्त जारी गर्न सरकारलाई दबाब दिने आन्दोलनमा निरन्तर लागिरहेका छन्। नेपाल राष्ट्र शिक्षक संगठन पाँचथर जिल्ला समितिका अध्यक्ष खगेन्द्र सुवेदी ऐन नलिई जिल्ला नफर्कने कुरा बताउँछन्। पाँचथरबाट आएका शिक्षकहरू सरकारले शिक्षकलाई हेपेको … Read more

सरकारले नगर्नुपर्ने काम धेरै गर्दैछः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा आइपुगेको बताएका छन्। बारा ३ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘अहिले कांग्रेस र एमाले मिलेर बनेको सरकार छ, यो सरकार बन्नुपर्थ्यो, पर्दैनथ्यो त्यो चरण अब सकियो। कांग्रेस र एमाले दुई ठूला प्रतिस्पर्धी … Read more

विश्वव्यापी युवा नेताहरूको मञ्चमा सुनिता डंगोल चयन

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन भएकी छिन्। स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा उपप्रमुख डंगोल चयन भएकी हुन्। दक्षिण एशियाली मुलुकबाट ११ जना प्रतिनिधि छानिएका छन्। त्यसमध्ये नेपालबाट छानिनेमा उनी मात्र हुन्। डंगोल, यसअघि विश्व आर्थिक मञ्चको ग्लोबल सेपर्स काठमाडौँ हवको सदस्य थिइन्। विभिन्न … Read more

पुष्पाञ्जली अस्पतालमा आरोग्य प्याकेज, रु १५०० मै ल्याबसहित स्वास्थ्य परीक्षण ।

बैशाख ३, चितवन । गुणस्तरीय स्वास्थ्य सेवाको लागि परिचित भरतपुर १० स्थित पुष्पाञ्जली अस्पतालले विरामी तथा सेवाग्राहीलाई लक्षित गर्दै आरोग्य प्याकेज घोषणा गरेको छ । अस्पताल १७ बर्ष पुगेको अवसर पारेर एक कार्यक्रमका बीच प्याकेज ए, प्याकेज बी, प्याकेज सी सुविधाको घोषणा गरेको हो । जसअनुसार प्याकेज ए अन्तर्गत र्याण्डम ब्लड सुगर, क्रिटिनाइन , लिपीड … Read more

सकियो मेड इन नेपाल एक्स्पो, चितवन रिसर्च एण्ड इनोभेसनले पायो ५० हजार

नयाँ वर्ष २०८२ सालको अवसरमा नारायणगढको क्याम्पा चौरमा आयोजित ‘मेड इन नेपाल एक्स्पो एण्ड फुडफेस्टिबल’ मंगलवार सफलतापूर्वक सम्पन्न भएको छ । आयोजक नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरले एक्स्पो एण्ड फुड फेस्टिबल सफल भएको बताएको छ । चैत २९ गतेदेखि बैशाख २ गतेसम्म भएको एक्स्पो एण्ड फुड फेस्टिबलमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म स्वदेशी … Read more

भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा नयाँ बर्षको अवसरमा एकै दिन दस हजार भन्दा बढीले गरे अवलोकन ।

भरतपुर – भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा नयाँ बर्षको अवसरमा एकै दिन दस हजार भन्दा बढीले अवलोकन गरेका छन् । २०८१ चैत्र १४ गतेदेखि शुरु भएको चौंथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवर्द्नन तथा व्यापार मेलामा जुत्ताचप्पल किन्ने ग्राहकको भिडभाड लागेको हो । भरतपुर १२ बाट परिवारको साथमा जुत्ताचप्पल किन्न आएका ईस्वर घिमिरेले सुपथ मुल्यमा गुणस्तरीय जुत्ताचप्पल … Read more

देउवाले बोलाए केन्द्रीय कार्यसमितिको बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैशाख १७ गते बस्नेगरी सभापति शेरबहादुर देउवाले बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार बैठकमा दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेको उनले बताए । बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको गतिविधिबारे … Read more