भुक्तानी नपाउदा दूध सङ्कलन प्रभावित

दमक, माघ १५ गते   झापामा दुग्ध सङ्कलक सहकारी संस्थाहरूले दुधको भुक्तानी नपाएका कारण समस्या भएको बताएका छन् । जिल्लाको कमल गाउँपालिका र गौरादह नगरपालिकाका किसानको दूधको करिब तीन करोड भुक्तानी हुन नसकेको बताइएको छ । महारानीझोडा साना किसान कृषि सहकारी संस्थाका प्रमुख प्रबन्धक चिरञ्जीवि भण्डारीका अनुसार दूधको रकम नपाएका कारण आफुहरूले किसानलाई ८७ लाखभन्दा बढि … Read more

भारतसँग दुई क्रसबोर्डर प्रसारण लाइन बनाउने मोडालिटीमा सहमति

१५ माघ, काठमाडौं नेपाल र भारतबीच ४०० केभी क्षमताका दुई क्रसबोर्डर प्रसारण लाइन निर्माण तथा लगानी मोडालिटीमा सहमति भएको छ । ९ माघमा भारतको नयाँ दिल्लीमा भएको दुई देशको ऊर्जा सम्बन्धी संयुक्त कार्यदल (जेडब्लूजी) को बैठकमा यस्तो सहमति भएको ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिए । सहसचिवस्तरको जेडब्लूजीको बैठकले गरेको सहमतिअनुसार ऊर्जा … Read more

उच्च अदालतले माग्यो रविको कैफियत प्रतिवेदन

 माघ १५ गते सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा उच्च अदालत पोखराले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको कैफियत प्रतिवेदन पेश गर्न आदेश गरेको छ । न्यायाधीश मीलनकुमार राईको एकल इजलासले मङ्गलबार जिल्ला अदालत कास्कीबाट कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो । आफूलाई ६५ लाख घरौटीमा छाड्ने आदेशविरुद्ध लामिछानेले सोमबार उच्चमा … Read more

पाथीभरा केबलकार विवाद : गृहमन्त्रीले बोलाए योगेशसहित कोशी पहाडका सांसदहरूलाई

काठमाडौं ताप्लेजुङको पाथीभरामा आईएमई ग्रुपले निर्माण गर्न लागेको केबलकारलाई लिएर तनाव बढेपछि गृहमन्त्री रमेश लेखकले छलफल थालेका छन् । मन्त्री लेखकले मंगलबार अपरान्ह ५ बजे कोशी पहाडबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरूसँग संवाद गर्न लागेका हुन् ।शनिबार ‘नो केबलकार समूह’र सुरक्षाकर्मीबीच तनावपूर्ण झडप भएपछि सरकारले यसबारे कोशी पहाडका जनप्रतिनिधिहरूसँग संवाद गर्न लागेको हो … Read more

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ९०० सय रुपैयाँले घटेको हो । आज एक तोला छापावाल सुनको मूल्य एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घका जनाएको छ । सोही परिमाणको सुनको मूल्य सोमबार एक लाख ६० हजार १०० … Read more

आवासीय चिकित्सकले २५ देखि ३५ हजार भत्ता पाउने

काठमाडौं, माघ १५ गते  आवासीय चिकित्सकको निर्वाह भत्ता दिनुपर्ने विषयमा निजी कलेज र सरकाबिचको विवाद सुल्झिएको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र स्वास्थ्य तथा जनसङ् ख्यामन्त्री प्रदिप पौडेलले माघ १४ गते मन्त्री स्तरीय निर्णय गर्नुहुँदै आवासीय चिकित्सकको निर्वाह भत्ता दिनुपर्ने विषयमा निजी कलेज र सरकाबिचको विवाद सुल्झाउनु भएको हो । आयोग र … Read more

ल्होसार पर्व तामाङ संस्कृतिकै अभिन्न अङ्ग : राष्ट्रपति

काठमाडौं, माघ १५ गते   राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा एक समारोहबिच दीप प्रज्ज्वलन गरी सोनाम ल्होसारको शुभारम्भ गर्नुभएको छ । सो क्रममा लामा गुरुहरूले विशेष पूजा र मन्त्रोच्चारण गरेका थिए । साथै, तामाङको सांस्कृतिक प्रस्तुति ताम्बा र बाम्बोको प्रस्तुति गरिएको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली … Read more

अमेरिकाको विदेशी सहयोग रोक्ने निर्णयको प्रभाव नेपालमा पनि पर्छ : प्रदीप ज्ञवाली

१५ माघ, गुल्मी  नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विदेशी सहयोग रोक्ने निर्णयको प्रभाव नेपालमा पनि पर्ने बताएका छन् ।अमेरिकी विदेश विभागले हाल सञ्चालनमा रहेका प्रायः सबै विदेशी सहायता कार्यक्रमहरू रोक्न र नयाँ सहायता अस्थायी रूपमा स्थगित गर्न निर्देशन दिएको थियो । प्रेस चौतारी नेपाल गुल्मीले सदरमुकाम तम्घासमा मंगलबार … Read more

ओली नेतृत्वको सरकार देश र जनताको हित प्रतिकूल निरंकुश ढंगले अगाडि बढिरहेको छः माधव नेपाल

काठमाडौँ, माघ १५- नेकपा (एकीकृत समाजवादी)ले नेपाली कांग्रेस र नेकपा (एमाले) नेतृत्वको वर्तमान सत्ता गठबन्धन सरकार निरंकुश ढंगले अगाडि बढिरहेको बताएको छ।अध्यक्ष माधव नेपालले हालै अपानी जारी गर्दै गठबन्धन सरकार निरंकुश ढंगले अगाडि बढिरहेको बताएका हुन्। वर्तमान गठबन्धन सरकारले जनअपेक्षा अनुरूप कुनै पनि काम गर्न नसकेको एकीकृत समाजवादीले भनेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली … Read more

सुरक्षा चिन्ताबिच कोका–कोलाले बजारबाट फिर्ता बोलायो कोक, फ्यान्टा

वासिङटन डीसी, माघ १५- अमेरिकी हल्का पेय पदार्थ निर्माता कम्पनी कोका–कोलाले यूरोपका केही देशबाट कोक, फ्यान्टा लगायत पेय पदार्थ फिर्ता बोलाएको छ । क्लोरेट नामक केमिकल उच्च स्तरमा पाइएको भन्दै पेय फिर्ता बोलाइएको हो । खासगरी बेल्जियम, लक्जेम्बर्ग र नेदरल्यान्डमा यस्तो गरिएको एउटा विज्ञप्तिमा कम्पनीले भनेको छ । कम्पनीको कोक, फ्यान्टा, स्प्राइट, ट्रोपिको र मिनट … Read more