आज गणतन्त्रवादी र राजावादीले काठमाडौँमा प्रदर्शन गर्दै, सुरक्षा व्यवस्था कडा
काठमाडौँमा आज गणतन्त्रवादी र राजावादीले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन्।चार दल सामेल रहेको समाजवादी मोर्चाले आज गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछ। मोर्चाले काठमाडौँका विभिन्न भित्री सडकबाट जुलुस निकाल्दै काठमाडौँको भृकुटीमण्डपमा सभा गर्ने भएको छ। मोर्चामा रहेका माओवादी केन्द्रले माइतीघर, कुपन्डोल, त्रिपुरेश्वर र सोह्रखुट्टेबाट जुलुस निकाल्दै बताएको छ भने एकीकृत समाजवादीले शान्तिबाटिका र मैतीदेवीबाट जुलुस निकाल्ने तय गरिएको छ। … Read more