बिहीबार कस्तो रहला देशभरको मौसम?

काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्विनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। तराइका थोरै भू-भागहरुमा हल्का हुस्सु लागेको छ। दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र … Read more

चैत ५ पछि नेपाल प्रहरीको आइजिपी को?

काठमाडौं । आगामी चैत ५ गते नेपाल प्रहरीका वर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवर अवकाशमा जाँदैछन्। उनी जाँदैगर्दा पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरू पनि अवकाशमा जान्छन्। उनीहरू हुन् – टेकप्रसाद राई, दुर्गा सिंह, कुवेर कडायत, बुद्धिराज गुरुङ र जनक भट्टराई। बाँकी रहन्छन् तीन जना एआइजी  दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ। थापा, गिरी … Read more

आज महाशिवरात्रि, पशुपतिमा बिहानैदेखि भक्तजनको घुइँचो

आज महाशिवरात्रि पर्व मनाइँदैछ। महाशिवरात्रि पर्वका अवसरमा देशभरका शिवालयहरूमा भगवान् शिवको विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । आज पाशुपत क्षेत्रमा भगवान् शिवको विशेष अनुष्ठान र पूजा अर्चना हुनेगर्छ। वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन्। शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, … Read more

२०८१ साल फागुन १४ गते बुधबार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मबलमा वृद्धि हुनेछ। सोचेको कार्य समयमा सम्पादन हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। व्यावहारिक पक्ष मजबुत रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ नोकरीको लागि गरिरहेको प्रयत्नमा सफलता मिल्नेछ। आम्दानी … Read more

ज्ञानेन्द्र शाहीको प्रश्न: प्रधानमन्त्रीले काठमाडौंका मेयरसँग सिङ जुधाउनुपर्ने कारण के हो? (भिडिओ)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका मेयर बालेन शाहसँग सिङ जुधाएर बसेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले काठमाडौं महानगरपालिकामा डेढ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नपठाइनुको कारण मागे। ‘डेढ महिनादेखि काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन्। अधिकृत नहुँदा १८०० शिक्षकले चार महिनादेखि तलब पाएका … Read more

प्युठानमा दम्पतीको हत्या पुष्टि, अनुसन्धान जारी

बिजुवार, फागुन ११ गते । शनिवार दिउँसो मृत अवस्थामा फेला परेका दम्पतीको हत्या पुष्टि भएको छ। प्रारम्भिक अनुसन्धानबाट माण्डवी गाउँपालिका–२ रातापानी निवासी ६० वर्षीय रामबहादुर परियार र ५६ वर्षीया हुकुमा परियारको हत्या भएको पुष्टि गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। दम्पतीको टाउको र शरीरका विभिन्न भागमा चोटहरूको निशान पाइएको छ, जसबाट घातक हतियार प्रयोग गरेर … Read more

ओलीको जन्म दिनमा केक काटेर ‘केपी ओली कप’को शुभारम्भ, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिनको अवसरमा केक काटेर ‘केपी ओली कप’को शुभारम्भ गरिएको छ । एन्फा कम्प्लेक्समा आइतबार ओलीले ७४ औँ वर्षमा प्रवेश गरेको अवसरमा ओलीले केक काटेर ‘केपी ओली कप’को शुभारम्भ गरेका हुन् । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आइतबारदेखि काठमाडौँमा तेस्रो संस्करणको केपी ओली कप फुटबल च्याम्पियनसिप भइरहेको छ । … Read more

७ करोडको लगानीमा बनेको भवन प्रयोग विहीन

नवलपरासी, फागुन १०- पश्चिम नवलपरासीको रामग्राम नगरपालिका‐२ स्थित सहरी विकास तथा भवन निर्माण विभाग चितवनले सात करोडमा निर्माण गरेको भवन प्रयोग बिहीन भएको छ । रामग्राम नगरपालिका झरही खोला नजिकै रहेकोे हाटबजारमा निर्माण गरिएको भवनको माथिको सटर भाडाको लागि ८० हजार जम्मा गरेपनि रामग्राम नगरपालिकाले भाडामा नदिएको रामग्राम निवासी गिरजाशङ्कर रौनियारले बताउनुभयो । उहाँ भन्नुभयो,“सटर … Read more

चितवनमा अन्य समयमाभन्दा साँझ बढी दुर्घटना,यस्तो छ ट्राफिक प्रहरीको तथ्याङक

चितवन, फागुन ११- जिल्लामा सबैभन्दा बढी साँझको समयमा दुर्घटना भएका छन् । चालू आर्थिक वर्ष २०८१/८२ को छ महिनामा जिल्लामा पाँच सय आठ सवारीसाधन दुर्घटना भएका छन् । त्यसमा बेलुका ६ देखि राति १२ बजेको समय अवधिमा धेरै दुर्घटना भएका हुन् । यस अवधिमा दुई सय १७ दुर्घटना भएका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख … Read more

कैलालीमा विषादी सेवन गरेको अवस्थामा भेटिएका आमा-छोरीकै मृत्यु

१० फागुन, धनगढी । कैलालीमा विषादी सेवन गरेका आमा र छोरीको मृत्यु भएको छ । कैलारी गाउँपालिका–२ बस्ने ३५ वर्षीया मिना चौधरी र उनकी १९ वर्षीया छोरी सुस्मिता चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले शुक्रबार दिउँसो कैलारी गाउँपालिकास्थित घरमै नाम नखुलेको विषादी सेवन गरेको … Read more