पत्रकारलाई दण्ड र जरिबानाको तरबार !

विराटनगर । संघीय सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयकका प्रावधानबारे चर्को आलोचना भइरहेको बेला कोशी प्रदेश सरकारले पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर पार्नेगरी प्रदेश आमसञ्चार विधेयक संसदमा ल्याएको छ । उक्त विधेयकमाथि सोमबारदेखि सैद्धान्तिक छलफल सुरु भएको छ । विधेयकमा पत्रकारलाई समाचार लेखेकै आधारमा दण्ड र सजाय हुने व्यवस्थाका साथै प्रादेशिक सञ्चार प्रतिष्ठानलाई नै अदालती … Read more

सौराहामा आजदेखि खाना उत्सव

चितवन, माघ २९- प्रणय दिवसको अवसरमा सौराहामा आजदेखि खाना उत्सव (फूड फेस्टिभल) सुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहा चितवन (रेवान)को आयोजनामा हरेक वर्ष गरिँदै आएको खाना उत्सवको यो १९औँ सस्करण हो । चितवनको पर्यटन विकासका लागि उत्सव आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो । उक्त उत्सवमा प्रवेश टिकटबाट … Read more

सवारी दुर्घटनामा शिक्षकको मृत्यु

ढल्केबर, माघ २९ गते । धनुषामा सवारी दुर्घटनामा एक शिक्षकको मृत्यु भएको छ । मिथिला नगरपालिका–४, पुष्पवलपुरका पूर्णबहादुर विश्वकर्माको सवारी दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ। उहाँ स्थानीय राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक हुनुहुन्थ्यो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार सोमबार राति करिब ९ बजे जनकपुरबाट ढल्केबरतर्फ आउँदा उहाँले चलाएको मधेस प्रदेश ०२ … Read more

एउटै वडामा तीन वटा प्रहरी चौकी

हुम्ला माघ २९ गते । उत्तरी नाम्खा गाउँपालिका– ५ मा तीन वटा प्रहरी चौकी स्थापना भएर सञ्चालनमा रहेका छन् । चीनसँगको सीमा नाकासमेत रहेको वडा भएको कारण पन तीन वटा प्रहरी चौकी स्थापना भएका हुन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले नाम्खा गाउँपालिका– ५ मा तीन वटा प्रहरी चौकी स्थापना भएर सञ्चालनमा रहेको … Read more

महाकुम्भमा भाइरल बनेकी मोनालिसा नेपाल आउँदै

जनकपुरधाम, माघ २९- भारतको उत्तर प्रदेशस्थित महाकुम्भमा रुद्राक्ष माला बेच्दाबेच्दै भाइरल भएकी मोनालिसा नेपाल आउने भएकी छन् । रौतहटको मोलापुरमा आयोजना हुने मधानी महोत्सवमा मोनालिसा पनि आउन लागेकी हुन् । महोत्सवमा सांस्कृतिक कार्यक्रमका लागि निर्देशक सनोज मिश्रा र मोनालिसा आउने निश्चित भएको हो । मिश्रा र मोनालिसाले मधानी महोत्सवमा आउन लागेको भिडिओ बनाएकी छन्, जुन … Read more

सुनको भाउ १ लाख ७० हजार नाघ्यो

काठमाडौं, माघ २९- मंगलबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको छ । योसँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ थियो । यसअघि नेपालमा कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ … Read more

अमेरिकामा अर्को विमान दुर्घटना, विमानस्थलमै दुई विमान ठोक्किए

एरिजोना, माघ २९- अमेरिकाको एरिजोनास्थित स्कट्सडेल विमानस्थलमा सोमबार विमान दुर्घटना हुँदा कम्तीमा एक जनाको मृत्यु भएको छ। विमानस्थलमा दुई निजी विमानहरू एकअर्कासँग ठोक्किएका थिए, जसमा अन्य धेरै मानिसहरू घाइते भएका हुन् । यो दुर्घटनापछि सबै उडानहरू रद्द गरिएका छन्। उड्डयन योजना र आउटरिच संयोजक केली कुएस्टरका अनुसार स्कट्सडेल विमानस्थलमा एउटा मध्यम आकारको व्यावसायिक जेट धावनमार्गबाट … Read more

दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी

सर्लाही– सर्लाहीको हरिवन नगरपालिका– ४ गेल्हाका २० वर्षीय जितेन्द्र महतोले दुनाटपरी उद्योग सञ्चालन गरेर दैनिक तीन हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । गाउँमा एक उदाहरणीय उद्यमीका रूपमा परिचित उनले दुनाटपरी बनाउने उपकरण थप गरी व्यवसाय विस्तार गरेका छन् । सोमबार नयाँ उपकरणको उद्घाटन गरेका जितेन्द्रले आगामी दिनमा उत्पादन दुई गुणाले बढ्ने अपेक्षा गरे । हरिवन … Read more

केबलकार निर्माण प्रक्रियालाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड

ताप्लेजुङ– ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा धाम क्षेत्रको केबलकार निर्माण प्रक्रियालाई वातावरणमैत्री बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । फुङ्लिङ नगरपालिकाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय जनप्रतिनिधि र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले केबलकार निर्माणलाई वार्ता, संवाद र सहकार्यमार्फत अघि बढाएर वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् । नगरप्रमुख अमिर मादेनले ताप्लेजुङको समग्र विकासका लागि केबलकार अपरिहार्य रहेको बताउँदै विद्यमान … Read more

नेपाल–भारत उर्जा सचिव स्तरीय बैठक नयाँदिल्लीमा बस्दै

नेपाल–भारत उर्जा सचिवस्तरीय बैठक आज भारतको राजधानी नयाँदिल्लीमा बस्दैछ । बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव सुरेश आचार्य र भारतका तर्फबाट समकक्षी पंकज अग्रवालले नेतृत्व गर्ने छन् । ऊर्जा मन्त्रालयका अनुसार बैठक नियमित भएको र विद्युत् उत्पादन र प्रसारणलाइनको विषयमा छलफल हुनेछ । बैठकमा दुई देशबीच प्रसारणलाइन, पञ्चेश्वर आयोजना, १० हजार मेगावाट विद्युत् निर्यातको विषयमा पनि … Read more