नेपाल यू-१९ महिला टी-२० विश्‍वकपको समूह चरणबाटै बाहिरियो

९ माघ, काठमाडौं । नेपाल आईसीसी यू-१९ महिला टी२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । बुधबार भएको समूहको अन्तिम खेलमा नेपाल अष्ट्रेलिया सँग पराजित भएसँगै जितविहीन रह्‍यो ।नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भयो । अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले ५६ रन मात्र बनाउन सक्यो । कप्तान पुजा महतोले सर्वाधिक १८ रन बनाइन् । … Read more

नेप्से ५२ अंकले बढ्दा अन्य समूहमा उछाल

काठमाडौं- बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ । आज एकै दिन नेप्से ५२.३६ अंकले बढेर २६६५.४५ विन्दुमा पुगेको छ । आज नेप्सेमा उछाल आउँदा कारोबार पनि उछाल आएको छ । आज एकै दिन ९ अर्ब २० करोड ३० लाख ८८ हजार रुपैयाँ बराबरको १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता शेयर कारोबार … Read more

वर्तमान सरकार परिवर्तन हुने कुरा निराधार : शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन हुने कुरा निराधार भएको बताएका छन् । नेपाल प्रेस युनियन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस र एमालेको सात बुँदे सहमतिको जगमा सरकार बनेको भन्दै सरकार परिवर्तन हुने कुरा निराधार भएको बताएका हुन् । उनले मुलुकको आर्थिक विकास र राजनीतिक स्थायित्व र … Read more

धरानका मेयर भन्छन्- मैले बोकेको थोत्रे गाग्री संग्रहालयमा राख्नु

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले आफूले धरानबाट काठमाडौं ल्याएको पुरानो गाग्री संग्रहालयमा राख्न आग्रह गरेका छन्। बुधबार फेसबुकमा स्टाटस लेख्दै साम्पाङले उक्त आग्रह गरेका हुन्। गाग्रीले करोडौं नेपालीले बोल्न नसकेको बोली बोलेकाले संग्रहालयमा राख्न उनको अनुरोध छ। ‘करोडौं नेपालीले बोल्न नसकेको बोली बोल्ने त्यो महान् थोत्रे गाग्रीलाई सलाम छ। संग्रहालयमा राख्नु … Read more

कालीगण्डकी कोरिडोर : मार्फाखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी– चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाखोलामा मोटरेबल पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङले एक सय २० मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो । आयोजना प्रमुख धु्रबकुमार झाले पुलको सबै संरचना र पहुँचमार्ग निर्माण सकेर सवारी साधन सञ्चालन हुन थालेका जानकारी … Read more

धनगढी उप-महानगरद्वारा १७ करोड राजस्व संकलन

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिकाले १७ करोड एक लाख दुई हजार ७२ राजस्व संकलन गरेको छ । उपमहानगरले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा विभिन्न शीर्षकमा उक्त राजस्व संकलन गरेको हो । सो अवधिमा सम्पत्ति करबाट रु एक करोड ९२ लाख ६७ हजार, भूमिकर-मालपोतबाट एक करोड २३ लाख ६८ हजार, बहालकरबाट तीन करोड ५२ लाख … Read more

तनहुँ जलविद्युत् आयोजनाले निर्माण गर्‍यो गिद्ध संरक्षण गर्न आरामस्थल

दमौली (तनहुँ), माघ ९- निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाले प्राकृतिक कुचिकारको रुपमा चिनिने गिद्ध संरक्षणका लागि ‘गिद्ध आरामस्थल’ निर्माण गरेको छ । वन्यजन्तु संरक्षण तथा जनचेतना योजनाअन्तर्गत आयोजनाका कारण लोपोन्मुख गिद्धको बासस्थान प्रभावित हुन नदिन व्यास नगरपालिका–१० दुम्सी भतेरीस्थित गौ संरक्षण केन्द्र परिसरमा गिद्ध आरामस्थल निर्माण गरिएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । … Read more

जुम्लामा नौ हजार परिवार खानेपानीको पहुँचमा

जुम्ला, माघ ९- जिल्लाका आठवटै स्थानीय तहका ६० वडाका करिब नौ हजारभन्दा बढी परिवारमा खानेपानीको पहुँच विस्तार भएको छ । जिल्लामा रहेका २४ हजार चार सय २२ परिवारमध्ये नौ हजार आठ सय ८६ मा ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानीको पहुँच विस्तार भएको हो । जिल्लास्थित खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख अक्कल महतले … Read more

भ्वाइस अफ नेपालमा तीन कुर्सी घुमाएका प्रदीप साङ्गितिक यात्रा छाडेर विदेशिन बाध्य

खोटाङ, माघ ९- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २६ वर्षीय प्रदीप राईले भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिसनमा तीन कुर्सी घुमाउन सफल हुनुभएको छ । हिमालय टेलिभिजनबाट प्रसारण हुने नेपालको चर्चित रियालिटी शो भ्वाइस अफ नेपालको छैटौँ संस्करणअन्तर्गत यही माघ ५ गते शनिबार राति प्रसारण गरिएको ब्लाइण्ड अडिसनमा प्रदीपले गायक तथा सङ्गीतकार पदम राईको स्वरमा रहेको … Read more

महिला यू-१९ विश्वकप: अष्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य

काठमाडौं, माघ ९- महिला यू-१९ विश्वकपमा बलियो टेस्ट राष्ट्र अष्ट्रेलियाले नेपाललाई १४० रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ६ विकेट क्षतिमा १३९ रन जोडेको हो । १४ रन जोड्दा ३ विकेट गुमाएको स्थिति सम्हाल्दै केमी ब्रे र लियोनर लारोसाले चौथो विकेटका लागि ७२ रनको साझेदारी गरे । केमी ४५ … Read more