डि मल्टी स्टुडियोको वेबसाइट लन्च: घरमै बसी फोटो फ्रेम र गिफ्ट अर्डर गर्न सुविधा ।

भरतपुर, चितवनको अग्रणी फोटो तथा कस्टमाइज्ड गिफ्ट सेवा प्रदायक डि मल्टी स्टुडियोले आफ्नो अफिसियल वेबसाइट लन्च गरेको छ (Website Link: Dmultistudio.com )। जसबाट ग्राहकहरूले अब घरमै बसेरनै सजिलै अर्डर गर्न सक्ने सुविधा पाउने भएका छन्। डि मल्टी स्टुडियोका सञ्चालक देव चापागाईंका अनुसार, वेबसाइटमा फोटो प्रिन्ट, फोटो फ्रेम, कस्टमाइज्ड गिफ्ट आइटम, बरमाला, दुबोको माला, बुके लगायतका … Read more

अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्दै गण्डकी प्रदेश

गण्डकी प्रदेशसभाले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्ने विशेष ऐन पारित गरेसँगै सम्बन्धित व्यक्ति र सरोकारवालाई उत्साहित बनाएको छ । यससँगै दया वा सहानुभूतिमा सीमित भएर हेर्ने पुरानो दृष्टिकोणलाई तोड्दै समान अवसर, आत्मसम्मान र सशक्तीकरणको नयाँ युग सुरु भएको सरोकारवालाको विश्वास छ । पोखराको शहिदचोकमा यही भदौ ३ गतेको साँझको माहौल अलि फरक थियो । … Read more

प्रधानमन्त्री ओली बेइजिङमा

प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) ‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई आज यहाँ आइपुग्नुभएको छ । प्रधानमन्त्री ओली रेलमार्गबाट यहाँ आइपुग्नुभएको हो । त्यसअघि प्रधानमन्त्री र उहाँ नेतृत्वको प्रतिनिधिमण्डललाई थियाजिन रेल स्टेशनमा स्थानीय सरकारका प्रमुख र कलाकारहरूले बिदाइ गरेका थिए । रासस

हिमाल आरोहणबाट ६४ करोड बढी राजस्व सङ्कलन

पछिल्लो समयमा हिमाल आरोहण गर्नेहरू सङ्ख्या बढ्दै गएको छ । पर्यटन विभागका अनुसार गत वर्ष नेपालका विभिन्न हिमाल तथा पिक आरोहणबाट रु ६३ करोड ८२ लाख ९४ हजार ९७९ सङ्कलन भएको जनाएको छ । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालमा गत मार्च १ देखि अप्रिल २१ सम्ममा २६ पुरुष र १५ महिला गरी ४१ … Read more

आज पनि बढ्यो सुनको मूल्य, तोलामा २ लाख ६ हजार नजिक

मंगलबार पनि स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ६०० रुपैयाँ वृद्धि भएर २ लाख ६ हजार नजिक पुगेको हो । जसअनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ५ हजार ९०० रुपैयाँ पुगेको हो । यस्तै १० ग्राम सुनको मूल्य १ लाख ७६ हजार … Read more

महिलाको सीपलाई बजारसँग जोड्दै‘वुमन इन्टरप्रेनर्स ग्यालरी’

विराटनगरको सहिद रड्गशाला नजिक सानो घर जहाँ भीडभाड भइरहन्छ । घरको भुइँतलाको कोठामा कोशी प्रदेशका महिला उद्यमीहरूले आफ्नो सीप प्रयोग गरेर बनाएका विभिन्न सामग्री कलात्मक ढड्गले सजाएर राखिएका छन् । उक्त कोठामा त्यस्ता सामग्रीमात्र होइन, महिलाको सङ्घर्ष, सिर्जनशीलता र उद्यमशीलताको कथासमेत सजिएको महसुस हुन्छ । त्यो हो– ‘वुमन इन्टरप्रेनर्स ग्यालरी’ जुन महिला उद्यमी सङ्घ नेपाल … Read more

धानखेती डुबानले नष्ट भएपछि सिँघाराखेती गर्दै किसान

गत साउनमा आएको वर्षापछिको डुबानले धानखेती नष्ट भएपछि जलेश्वर नगरपालिका -८ का किसानले विकल्पमा सिँघाराखेती गर्न थालेका छन् । यहाँको करिब २०० बिघा क्षेत्रफलमा लगाइएको धानबाली डुबान नष्ट गरेपछि किसानहरूले अहिले वैकल्पिक रूपमा सिँघाराखेती गर्न थालेका हुन् । समयमा पानी नपरेपछि ढिलो गरी रोपाइँ गरेका यहाँका किसानको बाली रातो खोलामा थुनेर राखिएको पानीले बाढीको रुप … Read more

रुख कटान आदेश नहुँदा प्रसारण लाइन निर्माणमा ढिलाइ

डिभिजन वन कार्यालय म्याग्दीले रुख कटान आदेश नदिँदा डाँडाखेत–राहुघाट प्रसारणलाइन आयोजनाको निर्माणमा ढिलाइ भएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको हालसम्म ८० प्रतिशत भौतिक प्रगति भएको छ । सन् २०२५ को नोभेम्बर १६ सम्म काम सक्नेगरी ठेक्का सम्झौता भएको थियो । प्रसारण लाइनको ‘राइट अफ वे’ र टावर रहने २५ दशमलव … Read more

ललितपुर महानगरप्रमुख महर्जन ‘एक्सिलेन्स अर्वान गभर्नेन्स अवार्ड’बाट सम्मानित

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन ‘एक्सिलेन्स अर्वान गभर्नेन्स अवार्ड’बाट सम्मानित हुनुभएको छ । सिजन मिडियाको १७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित एसियाली मुलुकमा विभिन्न पेसामा उत्कृष्ट काम गरिरहेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यक्तित्वको सम्मान कार्यक्रममा आधुनिक विकास र सांस्कृतिक संरक्षणबीच सन्तुलन कायम गर्न नेतृत्व गर्नुभएकाले महर्जनलाई उक्त अवार्ड प्रदान गरिएको हो । ललितपुरलाई बस्नयोग्य सम्पदामैत्री सहरका रूपमा … Read more

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

एकदशक अघिसम्म ढोरपाटनवासीले बजारबाट सामान ढुवानी गर्न र यात्रा गर्न घोडा खच्चडको प्रयोग गर्दथे । ढोरपाटनमा सडक विस्तार भएर मोटर गुड्न थालेपछि घोडा खच्चड कामविहीन भएका थिए । कामविहीन भएपछि धेरैले घोडा खच्चड पाल्न छोडे भने पाल्दै आएका किसानलाई पनि बेच्न पाए हुन्थ्यो भन्ने लागेको बताउँछन् । बेकामे बनेका घोडा खच्चड बिक्री नहुँदा किसान चिन्तित … Read more