सुनको मूल्य २२०० रुपैयाँ बढ्यो, तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ पुग्यो

काठमाडौँ, कात्तिक १४- मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ कायम थियो । महासंघका अनुसार बिहीबार कायम भएको … Read more

१० वर्षदेखि प्रहरीलाई आवश्य हतियार छैन, खरिद गर्ने कुनै सुरसार छैन

काठमाडौं। अपराध अनुसन्धान र आन्दोलनमा खटिरहेने प्रहरीलाई हतियार अभाव भएको १० वर्ष हुँदा पनि खरिद गर्ने कुनै सुरसार छैन। नेपाल प्रहरीमा हातहतियारको अभाव हुन थालेको करिब १०वर्षपछि पनि खरिद गर्ने अवस्था नहुँदा प्रहरीले अश्रुग्यास पनि सापटी लिनुपर्ने अवस्था छ। अश्रुग्यास लगायतका समाग्रीहरु सेना र सशस्त्र प्रहरीसँग सापटी मागेर चलाउनु पर्ने अवस्था रहेका बेला नेपाली सेनालाई … Read more

देशमा अराजकता र साम्प्रदायिक विद्वेष मच्चाउन खोजिँदैछ : प्रधानमन्त्री

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता र कानुन विपरीतका क्रियाकलाप सफल हुन नदिने बताएका छन् ।सशस्त्र प्रहरी बल, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने खेल भइरहेको बताएका हुन् । उनले सम्बोधनका क्रममा अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई सफल … Read more

सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले युग सुहाउँदो तालिम र प्रविधिसहितको परिचालनले मात्र अबका सुरक्षा चुनौती सामना गर्न सकिने बताएका छन् । काठमाडौंको मातातीर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा मंगलबार आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । राज्यले सुम्पिएका जिम्मेवारीका साथै भइपरी आउने विषम परिपस्थितिमा व्यवसायिक दक्षता प्रदर्शन … Read more

भरतपुरको वागीश्वरीमा सामुहिक गौं पूजन एवं गौं कथा कार्यक्रम हुने

चितवन, कात्तिक १३- तिहारको अवसरमा योगी नरहरी नाथ गौं संरक्षण केन्द्र, वागीश्वरीमा त्रि दिवसीय सामुहिक गौं पूजन एवं संगीतमय गौ कथा कार्यक्रम हुने भएको छ । केन्द्रमा यही कात्तिक १५, १६ र १७ गते लक्ष्मी पूजा, गाई पूजा र गोबद्र्धन पूजाको अवसरमा त्रि दिवसीय सामुहिक गौ पूजन एवं संगीतमय गौ कथा कार्यक्रम आयोजना गरिएको हो … Read more

पैसा छैन भन्दै रतन टाटाले अमिताभ बच्चनसँग सापटी मागेपछि…

नयाँ दिल्ली, कात्तिक १३- बलिउडका महानायक अमिताभ बच्चनले हालै ‘कौन बनेगा करोडपति १६’को सेटमा स्वर्गीय दिग्गज भारतीय व्यापारी रतन टाटासँग बिताएका पललाई सम्झिएका छन् । टाटाले एक पटक आफूसँग बिना कुनै हिचकिचाहट पैसा सापटी मागेको उनले बताएका हुन् । बोमन इरानी र फराह खानको अगाडि टाटासँगको यो किस्सा उनले सुनाएका थिए । अक्टोबर ९ मा … Read more

विपद्ले लम्बिए निर्माणाधीन बृहत् खानेपानी आयोजना

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकमा दुई स्थानीय तहमा सञ्चालित बृहत् खानेपानी आयोजनामा गत महिनाको बाढीपहिरोले ठूलो क्षति पुर्‍यायो । गत असोज ११ र १२ गतेको अविरल वर्षाको बाढीपहिराले तेमाल गाउँपालिका र पाँचखाल नगरपालिकामा सञ्चालित निर्माणाधीन खानेपानी आयोजनामा क्षति पुगेपछि समयमै सम्पन्न गर्ने लक्ष्य पूरा हुन नसक्ने हुँदा तोकिएको समयमा स्थानीय नागरिकले खानेपानी उपभोग गर्नबाट वञ्चित बन्न पुगेका हुन् … Read more

नेपाल र बंगलादेशको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने

१३ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलमा अनलाइन टिकट किन्न नपाइने बताएको छ । बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रुपमा मात्रै टिकट किन्न पाइने एन्फाले जनाएको छ । एन्फा टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रका अनुसार ११ हजार टिकटमात्र टिकट बिक्री गर्नेछ । जसमध्ये जावलाखेलबाट साधारणतर्फ … Read more

अराजक गतिविधि मौलाउन दिइन्नः प्रधानमन्त्री ओली

काठमाडौं,कात्तिक १३- प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता तथा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिने स्पष्ट पारेका छन् । मातातीर्थस्थित सशस्त्र प्रहरी बल प्रतिष्ठानमा मंगलबार भएको सिसं–१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले कानुनविपरीत क्रियाकलाप हुन नदिने बताए । दीक्षितहरूलाई राष्ट्रको शान्तिसुरक्षामा समर्पित हुने ध्येयका साथ सेवा प्रवेश गरी तालिम … Read more

पक्राउ परेका रास्वपा नेता कार्यकर्ता नछुटे सशक्त आन्दोलन हुन्छः सांसद ढकाल

चितवन,कात्तिक १३- राष्ट्रिय स्वतन्त्र पार्टीले पक्राउ परेका नेता कार्यकर्तालाई आधा घण्टाभित्र छाड्न अल्टिमेटम दिएको छ । शुक्रबार अर्थात् कार्तिक २ गते सभापति रवि लामिछाने सहकारी ठगी र सङ्गठित अपराध कसुरमा पक्राउ गरेको विरोधमा रास्वपाले सडक आन्दोलन गरिरहेको छ । सो क्रममा आज बालुवाटार केन्द्रित आन्दोलन गरिरहेको छ । आन्दोलनको क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले … Read more