पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालिका तथा लमजुङका दोर्दी, दूधपोखरी र मस्र्याङ्दी गाउँपालिका संयुक्त रूपमा पदमार्गमा आधारित पर्यटन विकास, प्रवर्द्धनमा जुटेका हुन् । सो पदमार्गमा जोडिने पाँचवटा पालिकाले पर्यटन पदमार्गको दिगो विकास योजना … Read more

चैत १५ पछि आज घण्टीघरमा भित्रिँदै रास्वपा सभापति रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (आइतबार)पार्टीको केन्द्रीय कार्यालयमा प्रवेश गर्दै छन्। सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासको आदेशअनुसार रुपन्देही जिल्ला अदालतमा पौने ४ करोड धरौटी बुझाएर शुक्रबार नक्खु कारागारबाट रिहा भएका सभापति लामिछाने साढे ८ महिनापछि आज पार्टीको केन्द्रीय कार्यालयमा प्रवेश गर्दै छन्। रास्वपा प्रवक्ता मीनष झाले भने, ‘आज … Read more

सुनको मूल्य सामान्य घट्दा, चाँदीको मूल्यमा नयाँ रेकर्ड

नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्य भने नयाँ उचाइमा पुगेको हो । पहिलो पटक चाँदीको भाउ प्रतितोला ४ हजार १ सय रुपैयाँ नाघेको छ । अघिल्लो दिन शुक्रबारको तुलनामा आज प्रतितोला १ सय रुपैयाँले चाँदी बढेसँगै ४ हजार १०५ रुपैयाँ … Read more

आज भारत जाँदै डा.बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज (आइतबार) भारत भ्रमणमा जाँदै छन् । उनको सचिवालयका अनुसार भारतमा रहँदा भट्टराईले भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग नेपाल-भारत सम्बन्ध, क्षेत्रीय सहकार्य तथा लोकतान्त्रिक अभ्यासका समसामयिक विषयमा विचार विमर्श गर्नेछन् । त्यस्तै भट्टराईले आईआईटी बम्बईमा आयोजित कार्यक्रममा कि-नोट स्पिच दिनेछन् । त्यस्तै दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजित कार्यक्रममा प्रमुख … Read more

मौन पीडामा रहेकी कालिमायाको याचना….

यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन बिताउन बाध्य हुनुहुन्छ झलक विक । छब्बीस वर्षीय उहाँका लागि हिँडडुल गर्नु, मनका भावनालाई साटासाट गर्नु र अन्य दैनिकी काम गर्नु अकल्पनीय कुरा हुन् । उहाँ आफ्नो शरिरलाई आफै नियन्त्रण गर्न सक्नुहुन्न । घिस्रिएर अर्को स्थानमा पुग्न बाध्य हुनुहुन्छ । सौच लगाएकै कपडामा हुन्छ । … Read more

दाउन्ने सडक खण्डमा मन्त्री घिसिङको रात्रि अनुगमनः निर्माण कार्य तीब्र बनाउन निर्देशन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले गएराति नवलपरासीको दाउन्ने सडक खण्डको स्थलगत निरीक्षण गर्नुभएको छ । उहाँले सडक निरीक्षणपछि निर्माण कार्यलाई तीब्र बनाउन सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभएको छ । दाउन्नेमा सडक विस्तारका क्रममा देखिएको ढिलासुस्तीको कारण बुझ्न आफैँ अनुगमनमा पुगेका मन्त्री घिसिङले निर्माणमा प्रयोग हुने मेसिनरी र मजदुर तत्काल थप्न पनि निर्देशन दिनुभएको … Read more

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ बढेको छ । गत साउनयता यहाँ ४० जनाले नागरिकता परित्याग गर्दा ४९ जनाले गैरआवासीय नागरिकता लिएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार नागरिकता परित्याग गर्नेमा १३ महिला र २७ पुरुष छन् । गैरआवासीय नागरिकता लिन नेपाल आएका समयमा नेपाली नागरिकता परित्याग गर्ने गरेको … Read more

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा १७ जना सदस्य मनोनित गरेको छ । आज बिहान बसेको पार्टी सचिवालयको आकस्मिक बैठकले मञ्चमा सदस्य मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । मनोनित भएकाहरूमा समीक्षा बाँस्कोटा, समुद्र केसी, प्रकाशचन्द्र परियार, सुदन श्रेष्ठ, बिमला अधिकारी, आशुतोष प्रधान, रन्जु दर्शना, धनेज थापा, अजित खड्का, पवित्रा थापा, … Read more

मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मानसिक स्वास्थ्यबारे बहस गर्न र सबैले खुलेर कुरा गर्न अपिल गर्नुभएको छ । सरकारले सञ्चालन गरिरहेको ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ को सन्दर्भमा आज एक भिडियो सन्देश जारी गर्दै उहाँले मानसिक स्वास्थ्यबारे नजिकका मान्छेसँग खुलेर कुरा गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “मानसिक स्वास्थ्यबारे खुलेर कुरा गरौँ, सबैभन्दा ठूलो … Read more

प्रतिकूल मौसमका कारण आधा दर्जन विमानस्थल बन्द:हजारौं यात्रु प्रभावित

शुक्रबार प्रतिकूल मौसमका कारण आधा दर्जन विमानस्थल दिउँसोसम्म बन्द छन् । जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा आज उडान नै हुन नसकेको बुद्ध एयरले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई भैरहवा लैजाने तयारी गरिएको तर भैरहवामा जहाज उड्न नसक्दा चितवनको भरतपुर विमानस्थलका लागि उडाइएको छ । तराई भेगमा बाक्लो हुस्सुले भिजिविलिटी … Read more