३ वटा गाडीमा पुरिएका ३५ मध्ये १३ जनाको सनाखत

काठमाडौँ । धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् । उनीहरूमध्ये १३ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले रातोपाटीलाई बताए । दुई वटा माईक्रो र एउटा बसमा … Read more

सिन्धुलीको फिक्कलबाट हेलिकोप्टर मार्फत १७ जनाको उद्धार

काठमाडौं काठमाडौंबाट विभिन्न जिल्लाका लागि छुट्ने सार्वजनिक सवारीहरु सञ्चालन हुने भएको छ । आज (सोमबार) साँझदेखि सार्वजनिक सवारीहरु सञ्चालन हुने भएको हो । बसहरुले टिकट बेच्न थालेपछि नयाँ बसपार्कमा अहिले काठमाडौंबाट विभिन्न जिल्लामा जाने यात्रुको भीड लागेको छ । त्रिभुवन राजपथ, पृथ्वीरामार्ग, नारायणगढ मुग्लिन र पूर्वपश्चिम राजमार्ग भएर विभिन्न जिल्लामा जाने यात्रुबाहक सवारीहरु छुट्ने छन् … Read more

सिन्धुलीको फिक्कलबाट हेलिकोप्टर मार्फत १७ जनाको उद्धार

सिन्धुली — मध्यपहाडी लोकमार्ग अवरुद्धहुँदा सिन्धुलीको फिक्कल गाउँपालिका ४ खाङसाङमा ४ दिनदेखि अलपत्र परेका सोलुखुम्बु र ओखलढुङ्गाका ८ जना विरामीसहित १७ जनालाई सोमबार सेनाको हेलिकप्टरले उद्धार गरेको छ ।मध्यपहाडी लोकमार्गको खुर्कोट घुर्मी खण्ड अन्तर्गत दर्जनौं स्थानमा पहिरो खसेर यातायात अवरुद्ध हुँदा ती यात्रीहरु अलपत्र परेका थिए । सिन्धुली प्रहरीका एसपी गोविन्दराज काफ्लेका अनुसार काभ्रेको मंगलटारदेखि उदयपुरको घुर्मीसम्म … Read more

रौतहटमा बाढीले दुईको मृत्यु, पाँच हजार ५९५ विस्थापित

वीरगञ्ज (पर्सा)  अविरल वर्षासँगै गएको बाढीले रौतहतमा दुई जनाको मृत्यु भएको छभने डुबानका कारण पाँच हजार ५०० भन्दा बढी विस्थापित भएका छन् । प्रहरीकानुसार बाढी तथा डुबानका कारण सोमबारसम्म दुई जनाको मृत्यु भएको हो । दुर्गाभवानी गाउँपालिका– ४ पचरुखी बस्ने ४५ वर्षीय राजकुमार मुखियाको माछा मार्ने क्रममा बाढीमा डुबेर मृत्यु भएको हो । यस्तै, परोह … Read more

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको अत्यधिक भीड, उडान दुई घण्टासम्म ढिला

काठमाडौँ । यात्रुको अत्यधिक चाप हुँदा त्रिभुवन अन्तर्राष्ट्रमा विमानस्थलमा एयर ट्राफिक जाम भएको छ । देशका मुख्य राजमार्गहरूको आवागमन प्रभावित भएका कारण यात्रुहरूले हवाई यात्रा रोजेका छन् । यही कारण विमानस्थलका हरेक उडान १ देखि २ घण्टासम्म ढिला भइहरेको विमानस्थल कार्यालयले जनाएको छ । आइतबार एकैदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र बाह्य गरेर ४२६ उडान … Read more

सिंहदरबारमा बैठक नै बैठक, एउटै प्रकृतिका निर्णय

काठमाडौँ  । असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले बाढी पहिरो र डुबानमा झन्डै २ सय जनाको ज्यान गएको छ भने ३१ जना अझै बेपत्ताको सूचीमा छन् । विपद्पछिको उद्धार र राहतमा सरकारले चुस्त दुरुस्त ढङ्गले राज्य संयन्त्र परिचालन गर्न नसकेको आलोचना भइरहँदा सिंहदरबारमा भने दैनिक तीन चार वटा बैठक बसेर उस्तै र उही … Read more

प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध संसदीय समितिमा ६ वटा उजुरी

काठमाडाैं। संसदीय सुनुवाई समितिमा सर्वाेच्चको प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतविरुद्ध ६ वटा उजुरी परेको छ। सिंहदरबारमा सोमबार बसेको समिति बैठकमा राउतविरुद्ध ६ वटा उजुरी परेको जानकारी गराएको हो। गत भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश राउतलाई नियुक्त गर्न सिफारिस गरेपछि समितिले उजुरी आह्वान गरेको थियो। त्यस्तै बेल्जियम र अस्ट्रेलियाका लागि राजदूत सिफारिस … Read more

सुकुम्वासी बस्तीका बाढी पीडितको गुनासोः मेयर बालेनले वास्तै गरेनन्

काठमाडौंका सुकुम्वासी बस्तीका बाढी पीडितहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको आलोचना गरेका छन्। सोमबार बिहान काठमाडौंका थापाथलीस्थित सुकुम्वासी बस्तीमा बाढीको पीडाले टोलाइरहेका नागरिकहरुले आफूहरुलाई पीडा पर्दा पनि काठमाडौं महानगरपालिकाका वास्ता नगरेको भन्दै पीडा पोखेका हुन्। उनीहरुले हालसम्म स्थानीय वडाले खानाको व्यवस्था गरे पनि अरु केही पनि सहयोग कसैबाट नभएको गुनासो गरे। काठमाडौं महानगरपालिकाले गरिवलाई … Read more

मधेस प्रदेशमा बाढीमा परेर मृत्यु हुनेको संख्या ६ पुग्यो

जनकपुरधाम । मधेस प्रदेशमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । मृत्यु हुनेमा एक बालिकासमेत रहेकी छिन् । मृत्यु हुनेमा महोत्तरी र रौतहटका दुई दु्ई तथा सप्तरी र सर्लाहीका एक एकजना रहेका छन् । बाढीले बगाउँदा दुईजना बेपत्ता छन् भने आठजना घाइते भएका मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक … Read more

बाढीपहिरोबाट ६ विद्यार्थीको मृत्यु, ४२ विद्यालयमा क्षति

काठमाडौं : गत बिहीबार र शुक्रबारको अविरल वर्षाले  बाढी र पहिरो जाँदा ४२ वटा सामुदायिक विद्यालयहरूमा क्षति पुगेको छ। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले  हिजो बेलुकासम्म प्राप्त विवरणअनुसार हुम्ला, जाजरकोट, सिन्धुली, तेह्रथुम रसुवा, मकवानपुर, मोरङलगायत जिल्लाका ४२ वटा विद्यालयहरूमा क्षति पुगेको जनाएको छ।     मन्त्रालयको विद्यालय क्षति विवरणमा कुनै विद्यालय भत्किएका छन् भने कतै पुरिएका उल्लेख … Read more