खोरसोरका दुई छावा पुस २ गते कतार पठाइने

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई आगामी पुस २ गते कतार पठाइने भएको छ । प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा हरिभद्र आचार्यका अनुसार यही डिसेम्बर १७ तारिखमा कतार … Read more

प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति

सदरमुकाम दमौलीमा अवस्थित प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति भएपछि जग्गा अभावमा संरचना निर्माणमा समस्या भएको छ । गण्डकी प्रदेश सरकारको गत जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको थियो । अस्पताल ५० शय्यामा स्तरोन्नति भए पनि संरचना निर्माणमा जग्गा अभाव भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विश्वबन्धु बगालेले जानकारी दिनुभयो । … Read more

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण

चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तरिक्ष यान र एक उपग्रह राखिएको थियो । रकेट बिहान ९ः०८ बजे प्रक्षेपण भएको र यसले आफ्नो भार सफलतापूर्वक निर्धारित कक्षमा पुर्‍याएको बताइएको छ । ‘डिअर–५’ नामक यो अन्तरिक्ष यान बेइजिङस्थित व्यावसायिक अन्तरिक्ष संस्थाले विकास गरेको … Read more

चितवनमा डेङ्गीको सङ्क्रमण घट्दो क्रममा

जाडो समय सुरु भएसँगै जिल्लाका अस्पतालमा आएका बिरामीमा डेङ्गी र स्क्रब टाइफसको सङ्क्रमण घट्दो क्रममा रहेको छ । गत वर्षको तुलनामा मङ्सिरमा दुवै रोगको सङ्क्रमण घटेको पाइएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षमा मङ्सिरमा ११३ जनामा डेंङ्गी देखिएकामा यस वर्ष १२ जनामा यो रोगको सङ्क्रमण भेटिएको छ । कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार … Read more

काभ्रेमा बसले ठक्कर दिँदा वृद्धको मृत्यु

काभ्रेमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४८०८ नम्बरको अरनिको सुपर एक्सप्रेस बसले नमोबुद्ध–२ पातलेगाँउमा बिहान साढे नौ बजेतिर बसले ठक्कर दिँदा पैदल यात्री स्थानीय ६८ वर्षीय पोस्टबहादुर कटुवालको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार घटनाको विरोधमा स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन्। स्थानीयको बिरोधपछि … Read more

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

यहाँ गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो । पशु सेवा कार्यालय प्रमुख डा प्रभात न्यौपानेका अनुसार भरतपुर महानगरपालिका–२७ मा रहेको गाई फार्ममा यो रोग पुष्टि भएको छ । रत्ननगरमा रहेका गाई फार्ममा खोरेतको लक्षण देखिए पनि प्रयोगशालाबाट नतिजा आएको छैन । … Read more

देवघाटधाम जेसीको अध्यक्षमा अर्जुन सुवेदी चयन

देवघाटधाम जेसीको पाँचौँ वार्षिक साधारणसभा तथा चौथो शाखा अधिवेशनबाट वर्ष २०२६ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। अधिवेशनले जेसी अर्जुन सुवेदीलाई अध्यक्षमा चयन गरेको हो । कार्यकारिणी उपाध्यक्षमा जेसी स्वस्तिका धिताल र जेसी सुष्मा गुरुङ चयन भएका छन् । उपाध्यक्ष पदमा जेसी अजित कुँवर, जेसी अर्जुन सापकोटा, जेसी सन्तोष सुवेदी तथा जेसी … Read more

हराउँदै परम्परागत पञ्चेबाजा बजाउने चलन

आधुनिक बाजाको आगमनसँगै परम्परागत रूपमा बजाइने नेपालको लोकसंस्कार र संस्कृतिको पहिचान बोकेका पञ्चेबाजा बजाउने चलन हराउँदै गएको छ । पुस्तान्तरणको अभाव, बजाउने सीप भएकाको कमी र आधुनिक बाजाप्रतिको आकर्षण बढ्दा मौलिक परम्परा सङ्कटमा परेको स्थानीयको बुझाइ छ । स्थानीय नीरबहादुर परियारले बजारमा आधुनिक बाजाको सहज पहुँचसँगै विवाह, व्रतबन्ध तथा विभिन्न सांस्कृतिक समारोहमा बजाइने पञ्चेबाजाको प्रयोग … Read more

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । मुख्य सहरमा रहेका फलफूल, तरकारी तथा अन्य पसल हटाएर उद्यानलाई थप व्यवस्थित गर्न लागेको महानगर प्रमुख राजेशमान सिंहले बताउनुभयो । उहाँले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण … Read more

तोकिएकै मितिमा चुनाव हुनुपर्नेमा जोड

नेपाली कम्युनिष्ट पार्टीका नेताहरूले तोकिएकै मितिमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । शनिबार बागलुङ सदरमुकाममा आयोजित एकता सन्देश सभामा बोल्दै नेताहरूले आगामी फागुन २१ गतेलाई निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन हुन नसके वर्तमान सरकारप्रति जनविश्वास घट्ने बताएका हुन् । नेकपा नेतृ एवं पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकारको एउटै मात्र ‘म्याण्डेट’ चुनाव … Read more