ब्राउन सुगरको कारोबार गरिरहेका दुई युवा कीर्तिपुरको मन्दिरबाट पक्राउ

काठमाडौँ : कीर्तिपुरको एक मन्दिरबाट ३४.४० ग्राम ब्राउन सुगरसहित दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम फाकफुकथुङ गाउँपालिका-५ का २१ वर्षीय राजकुमार सुनुवार र २१ वर्षकै मनिराज मुखिया छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई जाल्पादेवी मन्दिरको हाताभित्रबाट पक्राउ गरेको हो । उनीहरूमाथि लागु औषध नियन्त्रण … Read more

एकीकृत समाजवादीद्धारा मतदाता नामावली प्रकाशित

काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) को दसौँ महाधिवेशन अन्तर्गत मतदाता नामावली प्रकाशित गरिएको छ । असार १६ गतेबाट सुरु भएको महाधिवेशनमा पेस भएका विभिन्न दस्ताबेजहरू अनुमोदन भएपछि आज मतदाता नामावली प्रकाशित गरिएको हो ।पार्टी मातहतका सम्बन्धित कमिटीले सोही नामावलीका आधारमा महाधिवेशन प्रतिनिधिका निम्ति मनोनयन दर्ता, उमेदवारहरूको सूची असार ५ गते प्रकाशन गर्ने कार्यतालिका छ । योग्यता … Read more

पोखरीमा डुबेर २ बालकको मृत्यु

सिन्धुली: सिन्धुलीको दुधौली पोखरीमा डुबेर २ बालकको मृत्यु भएको छ । चुरे उत्थानशील आयोजनाले पोखरी निर्माण गरी अलपत्र छाड्दा सो पोखरीमा पौडी खेल्ने क्रममा डुवेर २ जना बालकको मृत्यु भएको हो ।मृत्यु हुनेमा दुधौली नगरपालिका–६ का संजिव कुमारका ९ वर्षीय छोरा अनिश कुमर र बासुराम कुमरको ६ वर्षीय छोरा संजल कुमार रहेका छन् । उपचारका … Read more

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । विहीबार सुनको मूल्य तोलामा १६ सयले बढेर तोलाको १ लाख ४४ हजार ३ सयमा कारोबार भएको छ ।यस अघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ६ सयमामा … Read more

आयुक्तको घरको पर्खाल भत्काएपछि पुरानो मुद्दामा ललितपुरका मेयरलाई अख्तियारको पत्र

ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई बयानका लागि पत्र काटेको छ। बाढीपहिरो पीडितका नाममा आफूखुसी रकम बाँडेको उजुरीमा बयान दिन भन्दै अख्तियारले पत्र पठाएको हो । मेयर महर्जनले पनि अख्तियारबाट पत्र आएको स्वीकार गरे । मेयर महर्जनलाई सोधपुछका लागि आफ्नो कार्यालयमा आउनु भनी पत्रमा भनिएको छ । ‘अख्तियारले अघिल्लो कार्यकालमा … Read more

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका प्रहरी निरीक्षक पुर्पक्षका लागि थुनामा

आफ्नो घरमा काम गर्न राखिएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक बिदुर शिवाकोटीलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत शिवाकोटी स्वयम्भूमा बस्दै आएका थिए। बालिकाको उजुरीपछि प्रहरीले … Read more

राजीनामा नदिई बालुवाटारबाट फर्किए रास्वपाका मन्त्री

२० असार, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् । राजीनामा दिने तयारीका साथ मन्त्रीहरू बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री प्रचण्डसँगको छलफल पछि उनीहरू राजीनामा नदिएर फर्किएका छन् ।प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिने भएको प्रमुख सचेतक सन्तोष परियारले … Read more

रास्वपाका मन्त्रीहरूले आज प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाउँदै

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी मन्त्रीहरूले आज राजीनामा दिने भएका छन् । उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाउन लागेका हुन् । प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित शिक्षामन्त्री सुमन श्रेष्ठ, श्रममन्त्री डिपी अर्याल र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् । यस अघि बुधबार साँझ एमालेले सरकारलाई दिएको समर्थन … Read more

अमेरिकन कीराले मकैबाली सखाप पारेपछि बैतडीका किसान चिन्तित

बैतडी । अमेरिकन फौजी कीराले मकैखेतीलाई नष्ट गरिदिँदा यहाँका किसान चिन्तित भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिकाको रिम, कालागाउँ, न्वाली, श्रीकेदारलगायतका स्थानमा फौजी कीराले मकैखेतीलाई असर पुर्याएको हो । कीराले मकैको बोट सखाप पारेको दोगडाकेदार–५ न्वालीका किसान मदनसिंह कार्कीले जानकारी दिए । उनले भने, ‘कीराले मकैको पातमा पसेर गाबोसमेत खाने गरेको छ । कीराले खेतमा … Read more

च्याउको तरकारी पकाएर खाँदा मकवानपुरमा एकै परिवारका ७ जना बिरामी

मकवानपुर: जङ्गली च्याउको तरकारी पकाएर खाँदा मकवानपुरमा एकै परिवारका ७ जना बिरामी परेका छन्। बिरामीमध्ये एक जनाको अवस्था गम्भीर छ। बुधबार साँझको खानामा जङ्गली च्याउको तरकारी पकाएर खाँदा भीमफेदी गाउँपालिका—६ उर्लाघारीका ६५ वर्षीया मंगलीमाया स्याङ्तानको परिवारका सात जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मंगलीमायासहित उनका ३२ वर्षका छोरा बुद्धिबहादुर स्याङ्तान, बुहारी ३० … Read more