पहिरोले गुल्मीको रिडी-पूर्तिघाट सडक अवरुद्ध

 गुल्मी: वर्षाका कारण पहिरो गएपछि कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीको रिडी–पूर्तिघाट सडकखण्ड अवरुद्ध बनेको छ । गएराति वर्षासँगै आएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । कालीगण्डकी गाउँपालिकाको भुर्तुङ र वडा नं ३ को मुल्कामा गएराति सडकमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए । … Read more

५० लाख नगद र १६९ ग्राम सुनसहित ५ जना पक्राउ

काठमाडौँ । प्रहरीले ललितपुरको एक घरमा भारतीय नागरिकले भाडामा लिएको घर खानतलासी गर्दा ५० लाख नगद र झन्डै १७० ग्राम सुनसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना भारतीय र दुई जना नेपाली नागरिक रहेका छन् । उनीहरूलाई ललितपुर महानगरपालिका वडा नम्बर १४ मा रहेको निर्माणाधीन घरमा शङ्कास्पद कारोबार भइरहेको सूचनाका आधारमा … Read more

निकुञ्जका लागि बजेट अपर्याप्त, दुर्लभ वन्यजन्तु संरक्षणमा चुनौती

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा वन र वन्यजन्तु संरक्षणका निम्ति पर्याप्त बजेट विनियोजन नहुँदा चुनौती थपिएको छ । दुर्लभ वन्यजन्तु संरक्षण कठिन बन्दै गएको छ भने निकुञ्ज र जनताबीचको द्वन्द्व बढ्ने जोखिम पनि बढेको छ । निकुञ्जमा संरक्षण गर्नुपर्ने गोही, बाघ, घाइते गैँडालगायत वन्यजन्तुको पालनपोषणमा कम बजेट विनियोजन गरिएपछि समस्या देखिएको हो । निकुञ्जका प्रमुख … Read more

झापा चितवनबाट अवैध लागूऔषध सहित दुई जना पक्राउ

काठमाडौं– झापाको बिर्तामोड नगरपालिका-४ पश्चिम स्टेन स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ७० मिलिग्राम सहित दमक नगरपालिका-४ बस्ने २३ वर्षीय एलिन दर्नाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवनको खैरहनी नगरपालिका-२ चैनपुर स्थित सडकबाट … Read more

‘कल्की’ बन्यो भारतमा यस वर्षकै धेरै कमाइ गर्ने फिल्म

काठमाडौं । प्रभास, दीपिका पादुकोण र अमिताभ बच्चन तीनै जनाका लागि सन् २०२४ स्मरणीय वर्ष बन्नेवाला छ । एक साताअघि हलमा रिलिज भएको उनीहरु अभिनित फिल्म ‘कल्की २८९८ एडी’ ले बक्स अफिसमा सफलताको झण्डा गाडेको छ । ९५ करोड भारु ओपनिङ गरेको फिल्मको कमाइको गति बक्स अफिसमा रोकिने छाँटकाँट देखिएको छैन । अजय देवगणको ‘शैतान’ … Read more

सहकारी छानबिन समितिले गर्‍यो गृहसचिव अर्याल र आईजीपी कुँवरसँग सोधपुछ

सहकारी छानबिन विशेष समितिले गृहसचिव एकनारायण अर्याल र आईजीपी वसन्तबहादुर कुँवरसँग सोधपुछ गरेको छ ।समितिको शुक्रबार बसेको बैठकमा सहकारी प्रकरणका ठगी, उजुरी र यससँग सम्बन्धित विषयमा दुवैसँग सोधपुछ भइरहेको छ । ​ बिहीबारमात्रै समितिले यी दुवैसँग सोधपुछ गर्ने निर्णय गरेको थियो ।पछिल्लो समय एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वको ७ सदस्यीय विशेष छानबिन समितिले नियमित छलफल … Read more

आमाको हत्या आरोपमा छोरा पक्राउ

तेह्रथुममा आमाको हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। लालिगुराँस नगरपालिका-८ सोल्मा तेजेन्द्र चोक बस्ने ४६ वर्षीया तिलमाया नेपालीको हत्या गरेको आरोपमा प्रहरीले उनका २३ वर्षीय छोरा दिपक नेपालीलाई पक्राउ गरेको हो। बिहीबार दिउँसो दिपकले आफ्नी आमामाथि खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ। हत्या भएको खबरपछि जिल्ला प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय बसन्तपुर … Read more

कांग्रेस-एमाले मिलेर बन्न लागेको सरकारलाई जसपा नेपालको पनि समर्थन

काठमाडौं, । जनता समाजवादी पार्टी, नेपालका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले एमाले–कांग्रेससहितको गठबन्धनमा आफूहरुको पनि समर्थन रहने बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिलेको परिस्थितिमा कांग्रेस–एमाले नेतृत्वको सरकारलाई जसपा नेपालले समर्थन गर्नुनै उपयुक्त हुने बताए । विगतको भोगाइको … Read more

केपी ओलीलाई प्रधानमन्त्री बन्न नैतिक धरातलले दिँदैनः प्रा.डा.केसी

काठमाडौं, राजनीतिक विश्लेषक, प्रा.डा. सुरेन्द्र केसीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्ने नैतिक धरातल नरहेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कारण नभइ पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालेकाले अहिले उनलाई प्रधानमन्त्री बन्न नैतिक धरातलले नदिने बताएका हुन् । ‘अहिले … Read more

नवलपरासीका २१ वटा वडा बाढीको उच्च जोखिममा

परासी : नवलपरासी जिल्लामा रहेका सात पालिकामध्ये सुनवलबाहेक अन्य ६ पालिकाका २१ वटा वडाहरू बाढीको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८१ ’ मा सबैभन्दा बढी रामग्रामका ७ वटा वडाहरू उच्च जोखिममा रहेको उल्लेख गरिएको छ । रामग्रामको वडा नं. १,२,३,५,६,१७ र १८ नम्बर वडाहरू उच्च … Read more