प्रहरीद्वारा एक करोडको सामान बरामद

जानकी । जिल्ला प्रहरी कार्यालय बाँकेले गत जेठ महिनामा रु एक करोड ३१ लाख बराबरको सामान बरामद गरेको छ । बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार भारतबाट भन्सार छली गरेर ल्याइएको सामान बरामद गरिएको हो । प्रहरीले रु दुई लाख ५८ हजार बराबरको भारतबाट गैरकानुनीरुपमा नेपाल ल्याएको करिब दुई क्विन्टल बोइलर … Read more

१५ वर्षअघि सुरुङ खनेर भाग्ने पक्राउ

कपिलवस्तु — १५ वर्षअघि कारागारबाट सुरुङ खनेर फरार एक जना पक्राउ परेका छन् । भारत उत्तरप्रदेश सिद्धार्थनगर जिल्ला चिल्हिया थाना घर भएका स्कुल मियाँ अन्सारी भनिने मोहम्मद स्कुललाई शिवराज नगरपालिका–७ बाट शुक्रबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख उपरीक्षक नवरत्न पौडेलले बताए ।१५ वर्षअघि सुरुङ खनेर भाग्ने  उनलाई डाँका मुद्दामा अदालतले ६ वर्ष ५ महिना … Read more

रोपाइँको तयारी

रुपन्देहीको ओमसतिया गाउपालिकामा ‘पन्पिङ सेट’ले पानी तानेर खेत जोत्दै किसान । पानी पर्न ढिलो भएपछि यहाँका किसान पन्पिङ सेटबाट पानी तानेर रोपाइँको तयारीमा  लागेका छन् । तस्बिर : राधेश्याम विश्वकर्मा/रासस

एकै गाउँका तीन किशोरी बेपत्ता

दमक, झापाको कमल गाउँपालिका वडा नं ७ को एकै गाउँका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका किशोरीहरू एकैसाथ हराएको ४ दिन बित्दा पनि पत्ता लाग्न नसकेपछि तिनका परिवारले खोजी कार्य गरिदिन प्रहरी र गाउँपालिकासँग अनुरोध गरेका छन् ।१३ वर्षीया जेनिसा श्रेष्ठ १२ वर्षीया दीक्षा ताजपुरिया र १७ वर्षीया सोनिया रिकीयासन बुधवारदेखि बेपत्ता भएका भएको किशोरीहरूका … Read more

पोखरामा इनड्राइभ र पठायो चलाउन रोक

गण्डकी, असार ८ गते । कास्कीको पोखरामा अनधिकृत रुपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य तत्कालका लागि बन्द गरिएको छ । यातायात व्यवस्था कार्यालय कास्कीले उक्त एपमार्फत यात्रु ओसारपसार गर्ने कार्य तुरुन्त बन्द गर्न शुक्रबार सार्वजनिक सूचना जारी गरेको हो । सूचनाको अटेर गरी यात्रु बोक्ने कार्य जारी राखेमा यसमा संलग्नलाई कारबाही गरिने सूचनामा … Read more

दुर्घटनामा युवकको मृत्यु

बनियानी । झापाको मेचीनगर नगरपालिका–१५ मा आज बिहान मोटरसाइकल अनियन्त्रित हुँदा एक युवकको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मेचीनगर–१० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।मेचीनगर–१५ लालझोडास्थित भित्री सडक खण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश … Read more

पर्सा राष्ट्रिय निकुञ्जमा सिकारी र सेनाबिच दोहोरो झडप, एक सिकारीको मृत्यु

बारा ।पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रभित्र वन्यजन्तु सिकारी र निकुञ्ज सुरक्षाकर्मीबिच भएको दोहोरो झडपमा एक जना सिकारीको ज्यान गएको छ । आज बिहान करिब ८ : १५ मा निकुञ्ज कर्मचारी, नेपाली सेनासहितको टोली गस्तीको क्रममा वन्यजन्तु सिकारीसँग जम्काभेट हुँदा दोहोरो झडप भएको थियो ।सो झडपमा वन्यजन्तु सिकारी हेटौँडा उपमहानगर वडा नं १४ का ५२ वर्षीय … Read more

चीनमा भारी वर्षाका कारण आएको बाढीमा परी ११ जनाको मृत्यु

हेफेई । चीनमा मुसलधारे वर्षाका कारण शुक्रवारको अन्त्यसम्ममा कम्तीमा ११ जनाको ज्यान जानुका साथै अनहुई प्रान्तमा दुई र दक्षिण चीनको गुआङ्गडोङ प्रान्तमा नौ जनाको ज्यान गएको छ ।निरन्तरको वर्षा पछि पूर्वी र दक्षिणी चीनका धेरै भागहरूमा बाढीका कारण स्थानीयले ज्यान गुमाएका छन् । बाढी र डुवानका कारण विभिन्न बालीमा क्षति पुग्नुका साथै सडकहरू काटिएको छ … Read more

प्रथम सहकारी रोजगार मेला-२०८१ सुरु, रोजगारी खोज्ने युवालाई ठूलो अवसर मिल्ने सहकारी मन्त्रीको दाबी

काठमाडौं- मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता भन्ने नाराका साथ प्रथम सहकारी रोजगार मेला-२०८१ शुक्रबारदेखि ललितपुरमा सुरु भएको छ। राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले आयोजना गरेको तीनदिने रोजगार मेलामा रोजगारीको खोजीमा रहेका युवाहरुलाई सहकारी क्षेत्रका रोजगारदातासँग समन्वय गर्ने माध्यका रुपमा लिइएको छ। युवाहरु अवसर र रोजगारीको खोजीमा विदेशी क्रम बढ्दै गईरहेको अवस्थामा नेपालका सहकारी क्षेत्रमा … Read more

गोदावरीमा एक जनामाथि खुकुरी प्रहार

काठमाडौँ – ललितपुरको गोदावरीमा एक जना व्यवसायीमाथि खुकुरी प्रहार भएको छ ।गोदावरी नगरपालिका–९ स्थित छेडामा अज्ञात व्यक्तिहरूले खुकुरी प्रहार गर्दा भैंसेपाटी घर भएका मनोज कुमार बानियाँ घाइते भएका छन् । बानियाँले छेडामा ‘बतासे कटेज’ नामको रिसोर्ट बनाइरहेका छन् । ४ जनाले खुकुरी प्रहार गरेको भागेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश … Read more