सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी गर्न नसकेपछि गाउँमै व्यावसायिक सागसब्जीखेतीमा संलग्न हुनुहुन्छ । “साउदीबाट रित्तो हात फर्किएको पीडाले गाउँमै उद्यम गर्ने सोच पलायो”, उहाँले भन्नुभयो, “जग्गा भए पनि खेती गर्ने ज्ञान थिएन, गाउँका अगुवा किसानसँग प्रविधि, विषादी प्रयोगदेखि मल व्यवस्थापनसम्मका खेतीका अत्यावश्यक तरिका सिकेँ ।” परम्परागत रूपमा खेती गर्दा मुस्किलले परिवारको भरणपोषण … Read more

गोवामा नाइट क्लबमा सिलिण्डर पड्किकिदाँ २३ जनाको मृत्यु

भारत गोवामा नाइट क्लबमा सिलिण्डर पड्किँदा २३ जनाको मृत्यु भएको छ । अरपोरा क्षेत्रमा भएको विष्फोटपछि नाइट क्लबमा आगलागी भएको थियो । प्रहरीका अनुसार घटना शनिबार राति करिब १२ बजेको हो । घटनाबारे जानकारी पाउनासाथ गोवाका मुख्यमन्त्री प्रमोद सावन्त र स्थानीय जनप्रतिनिधिहरु घटनास्थल पुगेका थिए । मुख्यमन्त्री सावन्तका अनुसार मृत्यु हुनेमा तीन महिला र केही … Read more

निर्वाचन आउन ८८ दिन बाँकीः समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुनेगरी समयसीमा निर्धारण गरिएको छ । निर्वाचनका लागि राजनीतिक दलहरूले आन्तरिक रूपमा तयारीलाई तीव्र पारेका छन् । आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने … Read more

धादिङमा भएको सात सवारीसाधन दुर्घटनामा चितवनको स्कुल बस पनि पर्‍यो,२५ जना घाइते (नामावलीसहित)

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६, चालिसेमा शनिवार भएको दुर्घटनामा ३५ जना घाइते भएका छन् । सातवटा सवारीसाधन आपसमा ठोक्किएर भएको दुर्घटनामा चारवटा सवारीसाधनका ३५ जना घाइते भएका हुन् । दुर्घटनामा परेका सबै घाइतेहरूको स्थानीय अस्पताल र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । काठमाडौंबाट गजुरीतर्फ … Read more

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मधेस प्रदेशसभा सदस्य कंचन विच्छालाई निलम्बन गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव वासुदेव कोइरालाले राप्रपाको लिखित पत्रका आधारमा विच्छालाई निलम्बन गरिएको बताउनुभयो । आज प्रकाशित सूचनामा प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १९० अनुसार राजनैतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को २ तथा प्रदेशसभा कार्यसञ्चालनसम्बन्धी नियमावली, २०७५ को नियम … Read more

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्ने बताउनुभएको छ । हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग आज सिंहदरबारमा भएको भेटका क्रममा उहाँले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अवस्था आउन नदिन देशव्यापी रूपमा जनजागरण ल्याउन पनि सुझाव दिनुभयो । प्रधानमन्त्री कार्कीले सरकारले पाएको कार्यादेशभित्र रहेर दलित तथा उत्पीडित समुदायको … Read more

एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले पार्टीको आसन्न ११औँ महाधिवेशनलाई एकताको राष्ट्रिय महाधिवेशनका रुपमा सफल बनाउनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित संवाद कार्यक्रममा उपाध्यक्ष थापाले अहिलेको विषम राजनीतिक परिवेशमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्न थालिए पार्टी पङ्क्तिमा गुटउपगुटको अवस्था सिर्जना हुनसक्ने आशङ्का व्यक्त गर्दै आसन्न महाधिवेशनलाई एकताको महाधिवेशन … Read more

जनकपुरका कप्तान परिवर्तन , इटन जारी सिजनका तेस्रो कप्तान

साविक विजेता जनकपुर बोल्ट्सले एनपिएलको जारी सिजनमा फेरि कप्तान परिवर्तन गरेको छ । आज लुम्बिनी लायन्सविरूद्ध खेलमा जनकपुरले जान निकोल लफ्टि इटनलाई कप्तान बनाइएको हो । जनकपुरका लागि इटन जारी सिजनका तेस्रो कप्तान बनेका हुन् । सुरुआती तीन खेल अनिल शाह, दुई खेल वायन पार्नेल र आज जान निकोल लफ्टि इटनले टोलीको कप्तानी गर्दैछन् । … Read more

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सङबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । त्यस क्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री डा परियारले नेपाल–चीनबीचको दीर्घकालीन मित्रता, विश्वास र सहकार्यलाई कृषि तथा पशुपन्छी विकास क्षेत्रमार्फत अझ गहिरो बनाउन प्रतिबद्धता व्यक्त गर्नु भएको उहाँको सचिवालयले जनाएको छ । मन्त्री डा … Read more

प्रहरी हवलदारको हत्यामा संलग्न चितवनका बुद्धिरामलाई पक्राउ गरेर नेपाल ल्याइयो

पूर्व प्रहरी हवलदारको हत्या गरेको आरोपमा चितवनका एक पुरुष प्रकाउ परेका छन् । लमजुङको बेसीशहर नगरपालिका–२ भकुन्डेमा २०८१ चैतमा भएको पूर्व प्रहरी हवलदार सिता धिताल कँडेलको हत्याको आरोपमा चितवनका बुद्धिराम दराई भारतबाट पक्राउ परेका हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतीय प्रहरीको सहयोगमा चितवनका स्थानीय दराइलाई पक्राउ गरी नेपाल ल्याएको हो। घटनाको ८ महिनापछि हिजो … Read more