अर्किड मा वि द्वारा दौड प्रतियोगिता आयोजना

भरतपुर माघ १६, विद्यालयको १४औ वार्षिकोत्सव तथा अभिभावक दिवस को अवसरमा गरिने अन्तर विद्यालय प्रतिस्पर्धात्मक प्रतियोगिता कार्यक्रमको शुभारम्भ भरतपुर १० स्थित अर्किड माविले सहिद दिवस को अवसर पारी” अन्तरस्कुल साइकल दौड प्रतियोगिता” बाट शुरुआत गरेको छ। आजको पहिलो कार्यक्रम अन्तर्गत को साइकल दौड प्रतियोगितामा छात्र समूह बाट सिर्जना स्कुलका किरण गुरुङ प्रथम र छात्रा समूह … Read more

२२ जनाको राजगारी सहित खुल्यो लायन्स चोकमा दोहोरी सांँझ

माघ १६, चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित लायन्सचोकमा चितवन दोहोरी सांँझ सञ्चालनमा आएको छ । शान्त पारिवारिक वातावरण सहित मनोरञ्जन दिने उद्धेश्यले हालैमात्र दोहोरी सञ्चालनमा आएको हो । दोहोरीका सञ्चालक सुमन भारतीले चितवनका ग्राहकलाई लक्षित गरी खानाका परिकारका साथै दोहोरीको माध्यमबाट मनोरञ्जन गर्ने उद्धेश्यले चितवन दोहोरी सांँझ सञ्चालनमा ल्याएको बताए । दोहारीमा … Read more

युनाईटेड टेक्निकल कलेजले गर्‍यो पुरस्कार वितरण तथा सम्मान

भरतपुर, भरतपुर–११ चितवनमा अवस्थित युनाईटेड टेक्निकल कलेजले बुधबार विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । सिराइचुली होटेलमा आयोजित एक विशेष समारोहमा विद्यार्थी बिदाईदेखि पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो । कलेजका अध्यक्ष चुडामणी खनालको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न संकायमा ४ जिपिए ल्याउने १३ जना विद्यार्थीलाई सम्मान गरिएको छ । कलेजमा अध्यापन गराउने मध्य २ शिक्षकलाई सम्मान … Read more

राष्ट्रपति पौडेलबाट सहिद स्मारकमा पुष्पहार अर्पण

तनहुँ, माघ १६ गते राष्ट्रपति रामचन्द्र पौडेलले सहिद दिवसका अवसरमा आफ्नो गृह जिल्ला तनहुँको व्यास नगरपालिका–८ पुलिमराङस्थित सहिद स्मारकमा पुगेर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण प्रकट गर्नुभएको छ । बुधबार उहाँले प्रजातन्त्र र गणतन्त्रका लागि जीवन उत्सर्ग गर्ने सहिदको सम्मानमा उहाँहरूको शालिकमा पुष्पहार अर्पण गर्नुभएको हो । देशमा प्रजातन्त्र स्थापना गर्न पुलिमराङ गाउँका ६ जना सहिद भएका … Read more

सानो लगानीले रोजगारी र आत्मनिर्भरतामा सहयोग पुर्‍याउँछ : सभापति देउवा

काठमाडौं, माघ १६ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ–गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नु पर्ने अहिलेको अवश्यकता भएको बताउनुभएको छ । बुधबार नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको नेपाल स्टार्टअप र एसएमई समिट कार्यक्रममा बोल्नुहुँदै सभापति देउवाले गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा सानो … Read more

अखिल क्रान्तिकारीको महासचिव पनि जनार्दन पक्षकै रोशन थापा विजयी

१६ माघ, काठमाडौं  अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापा मगर निर्वाचित भएका छन् । उनी पनि उपमहासचिव जनार्दन शर्मा पक्षधर प्यानलबाटै उम्मेदवार बनेका थिए । कोषाध्यक्षमा पनि जनार्दन पक्षधरकै उम्मेदवार फुलमाया राना विजयी भएका थिए ।

डिल्लीबजार कारागारबाट भागेका कैदी १४ वर्षपछि पक्राउ

  काठमाडौँ, माघ १६- डिल्लीबजार कारागारबाट भागेका एकजना कैदीलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा पेशलराज बुढाथोकी छन् । उनलाई गोंगबुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले बताए । २०६७ साउनमा उनी डिल्लीबजार कारागारबाट भागेका हुन् । वैदेशिक रोजगार ठगी मुद्दामा अदालतले उनलाई ३ वर्ष कैद सजाय हुने फैसला … Read more

सरकार दिगो शान्ति, सुशासन र आर्थिक समृद्धिको यात्रामा प्रतिबद्ध छः गृहमन्त्री

काठमाडौँ, माघ १६- गृहमन्त्री रमेश लेखकले मुलुकमा सुशासनसहितको विकास र आर्थिक समृद्धिको यात्रामा वर्तमान सरकार निरन्तर लागिरहेको बताउनुभएको छ । राष्ट्रिय सहिद दिवसका अवसरमा सङ्घीय सरकारद्वारा आज सिंहदरबार परिसरमा आयोजित मूल समारोहमा उहाँले सहिदहरूले देखाएको बाटोमा अघि बढ्दै देशमा दिगो शान्ति, सुशासन, समृद्धि, स्थायित्व र विकासको मार्गलाई सुदृढ गर्दै जानु राष्ट्रिय दायित्व भएको उल्लेख गर्नुभयो … Read more

भरतपुर महानगरमा फोहर मैला व्यवस्थापन सेवा शुल्क कति ?

भरतपुर,माघ १६- भरतपुर महानगरपालिकाले फोहर मैला व्यवस्थापन सेवा शुल्क निर्धारण गरेको छ । घर, पसल, होटल, डिपार्टमेन्ट, तरकारी तथा फलफूल मण्डि लगायतका शिर्षकमा फोहरमैला ब्यवस्थापनको फरक-फरक शुल्क निर्धारण गरेको छ । महानगरको कार्यपालिका बैठकले फोहर उत्पादनका आधारमा मूल्य निर्धाण गरेको हो । सबैभन्दा धेरै अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि शुल्क निर्धारण गरिएको छ । चितवनको भरतपुर … Read more

२० लाख कर्मचारीलाई पठाइयो इमेल, तत्काल राजीनामा गरे ८ महिनाको तलब दिइने

काठमाडौं,माघ १६- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय कर्मचारीहरूको संख्या कटौती गर्ने उद्देश्यसहित व्यापक ‘उपदान’ अफर प्रस्ताव गरेका छन् । मंगलबार संघीय कर्मचारीहरूलाई पठाइएको इमेलमा कार्यालय फर्किन नचाहने लगभग सबै कर्मचारीलाई ‘राजीनामा कार्यक्रम’ अन्तर्गत आठ महिनाको तलब बराबरको प्याकेज अफर गरिएको हो । संघीय सरकारमा कार्यरत करिब २० लाख कर्मचारीलाई पठाइएको इमेलमा फेब्रुअरी ६ भित्र निर्णय … Read more