इन्डो–नेपाल सहकार्यमा ‘मोना लिसा (ब्लडी लभ)’ निर्माण हुँदै

भारतीय र नेपाली फिल्मकर्मी मिलेर नयाँ फिल्म निर्माण हुने भएको छ। दक्षिण भारतीय केही निर्माताको सहकार्यमा नेपालमै तयार हुन लागेको यो फिल्मलाई अपेक्षित प्रोजेक्टका रूपमा लिइएको छ। बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेशनल स्टुडियोजको संयुक्त ब्यानरमा ‘मोना लिसा (ब्लडी लभ)’ निर्माण हुने भएको हो। घटस्थापनाको दिन पारेर चलचित्र निर्माणको औपचारिक घोषणा गर्दै टाइटल पोस्टर … Read more

काभ्रेमा दसैँभर टिपर सञ्चालनमा रोक

जिल्ला प्रशासन कार्यालय काभ्रेले दसैँभर जिल्लामा मालवाहक सवारीको साधन टिपर सञ्चालनमा रोक लगाएको छ । जिल्ला सुरक्षा समितिको गत भदौ ३० गतेको निर्णयानुसार दसैँभर जिल्लामा टिपर सञ्चालनमा रोक लगाएको जनाइएको छ । कार्यालयद्वारा प्रकाशित सार्वजनिक अपिलमा यही असोज ६ देखि असोज २२ गतेसम्म टिपर सञ्चालन नगर्न भनिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठद्वारा … Read more

जेन-जी आन्दोलनको क्रममा घरमा आगो लगाउँदा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

गत भदौ २४ गतेको  जेन-जी आन्दोलनको उग्र प्रदर्शनका क्रममा घरमा आगो लगाउँदा जलेकी महिलाको उपचारका क्रममा मंगलबार ज्यान गएको हो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको वीरगञ्जस्थित घरमा आगजनी गरिँदा जलेर घाइते भएकी ४५ वर्षीया सोशलादेवी हजाराको मंगलबार काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनी आगजनीका क्रममा घरको छतमा थिइन् । छतमा … Read more

अपहरणपछि किशोरको हत्या

यहाँको गोलबजार नगरपालिका–१३ डंग्राहाबाट अपहरित किशोरको हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको छ । आइतबार राती अपहरणमा परेका स्थानीय १७ वर्षीय अभिषेक महतोको शव घरदेखि एक सय मिटर पूर्व आँप बगैचामा फेला परेको प्रहरीले जनाएको छ । आफ्नै ट्याक्टर चलाउँदै आएका अभिषेक आइतबार राती खाना खाएर घर नजिकैको चोकतर्फ घुम्न गएका थिए । … Read more

चाडपर्वमा चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ

चाडपर्वको समयमा हुन सक्ने चोरीसिकारीलाई मध्यनजर गर्दै चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ गरिएको छ । कामका सिलसिलामा विदेश वा जिल्ला बाहिर रहेका व्यक्तिहरु आउने क्रम बढेसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिने गर्दछ । यही समयमा तस्करीहरुले योजना बनाउन सक्ने भएकाले निकुञ्जको सुरक्षालाई आकलन गरी सुरक्षा व्यवस्था कडाइ गरिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका … Read more

दैलेख अस्पतालमा बिरामीको बढ्दो चाप, उपचारमा समस्या

जिल्ला अस्पताल दैलेखमा बिरामीलाई भुइँमै राखेर उपचार गर्न थालिएको छ । शय्या ९बेड० अभावले बिरामीलाई यसरी उपचार गर्नुपर्ने बाध्यता छ । बिरामीको बढ्दो चापलाई ख्याल गर्दै जीर्ण संरचनामा अस्पतालले विगत केही वर्षयता ६५ शय्या सञ्चालनमा ल्याएको छ । तर दैनिक एक सय ५० भन्दा बढी बिरामी उपचार गर्न आउन थालेपछि समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका … Read more

सुनको मूल्यमा नयाँ रेकर्ड कायम , तोलाको २ लाख २१ हजार नाघ्यो

एकपछि अर्को गर्दै सुनको मूल्य आकासिएको छ । मंगलबार तोलामा २ लाख २१ हजार रुपैयाँले नाघेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । अघिल्लो दिन प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ भएको सुनको मूल्य मंगलबार प्रतितोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ । आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो । … Read more

झोला उद्योगबाट रोजगारी सृजना गर्दै तारादेवी

बुद्धशान्ति गाउँपालिका–३ प्रगतिटोल पुग्दा एउटा महिलाको सङ्घर्ष र सफलताले भरिएको कथा भेटिन्छ । नम्र स्वभाव, अनी आत्मविश्वासले भरिपूर्ण अनुहार । आफ्नै घरको भुइँतलामा चलिरहेको सानो तर व्यस्त कार्यशालामा कपडाको थुप्रो, रङ्गीचङ्गी धागा, काट्न प्रयोग गरिने कैची र सिलाइ मेसिनको निरन्तर आवाजले उद्योगको जीवन्तता झल्काउँछ । यही ठाउँ हो– शीतला झोला उद्योग, जसको नाम अहिले बुद्धशान्तिमात्र … Read more

आजदेखि कक्षा १२ को पूरक परीक्षा सुरु हुँदै

कक्षा १२ को मौका (पूरक) परीक्षाको आजदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा आज र भोलि (बुधबार) दुई दिन सञ्चालन गर्न लागिएको हो । परीक्षा बिहान ११ बजेदेखि सुरु हुँदैछ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा सरेको थियो । पहिलो … Read more

मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारका नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिन्हा, महाविर पुन, मदनकुमार परियार र जगदीश खरेललाई शपथ गराउनुभएको हो । नवनियुक्त मन्त्री सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र भूमिव्यवस्था, … Read more