सर्‍यो माओवादी पदाधिकारी बैठक, माघ २ गते बस्ने

२९ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । सोमबार दिउँसो बस्नेगरी तय भएको बैठक अब बुधबार (माघ २) गते मात्रै बस्ने सचिव देवेन्द्र पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।उनका अनुसार बैठकमा पार्टीका नेताहरूको कार्यविभाजनबारे छलफल हुने छ । ‘बैठक आज बस्ने तय गरेका थियौं । विविध कारणले बुधबारसम्मका लागि सर्‍यो,’ सचिव पौडेलले … Read more

सिक्लेसमा ठेलो हान्ने मेला

कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा दुई सय वर्षअघि देखिको इतिहास जोडिएको माघे संक्रान्ति मेला भोलिदेखि सुरू हुने भएको छ। कास्की र आसपासका क्षेत्रमा प्रचलित प्राचीन मेलाहरूमध्येको यो मेला सिक्लेस युवा क्लबको आयोजनामा गर्न लागिएको हो। सिक्लेसमा माघे संक्रान्तिका दिनमा ठेलो हान्ने प्राचीन परम्परा दुई सय वर्षअघिदेखि प्रचलनमा आएको इतिहासअनुसार त्यही समयदेखि नै यो मेला हुँदै आएको … Read more

यू-१९ महिला विश्वकपः वेष्ट इन्डिजविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौं, पुस २९- यू-१९ महिला टी-२० विश्वकप क्रिकेटको वार्मअप खेलमा नेपालले वेष्ट इन्डिजविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । मलेसियाको कोलेज तुन्कु जाफार मैदानमा नेपालविरुद्ध वेष्ट इन्डिजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो। नेपालले दोस्रो वार्मअप खेल बुधवार अमेरिकासँग खेल्नेछ ।

सार्वजनिक यातायातमा जंक फुडको विज्ञापन गर्न नपाइने

काठमाडौँ, पुस २९- मोटोपन नियन्त्रण गर्न र स्वस्थ आहार प्रवर्द्धन गर्न सार्वजनिक यातायातमा जंक फुडको विज्ञापनमा प्रतिबन्ध लगाउने दक्षिण अस्ट्रेलिया पहिलो अष्ट्रेलियाली राज्य बनेको छ। जुलाई १, २०२५ मा लागू हुने यो प्रतिबन्धले सार्वजनिक बस, रेल र ट्राममा चकलेट, लली, कन्फेक्शनरी, मिठाई, आइसक्रिम, सफ्ट ड्रिंक्स र चिप्स जस्ता अस्वस्थ उत्पादनहरूको तस्बिरहरू राख्न निषेध गरेको छ। … Read more

देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु

काठमाडौं– अमेरिकामा लागेको आगलागीमा परेर अहिलेसम्म २४ जनाको मृत्यु भएको छ । गत मंगलबार देखी सुरू भएको आगलागीमा परेर अमेरिकाका लस एन्जलस र क्यार्लिफोनियामा आगलागीमा परेर २४ को मृत्यु भएको हो ।क्यालिफोर्नियाको जंगलमा लागेको डढेलोका कारण कूल २४ जनाको मृत्यु भएको काउन्टी अफ लस एन्जलस डिपार्टमेन्ट अफ मेडिकल एग्जामिनरले जनाएको छ । हिजो १६ जनाको … Read more

देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु

चितवन– विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीय लगायतको सहभागितामा चितवन, तनहुँ र नवलपरासीको संगमस्थल देवघाटको बेनीमा माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती, महेश सन्यास आश्रमका पीठाधीश रमणानन्द गिरी सो अवसरमा उपस्थिति रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए।मेलाको शुभारम्भ गरिएसँगै अन्यत्रदेखि भक्तजन आउनेक्रम सुरु भएको … Read more

मनाङमा पहिलो हिमपात, किसानमा खुसी

मनाङ,  पुस २९ गते । हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा हिमपात भएको छ । हिमपात नहुँदा चिन्तामा परेका मनाङवासी यतिबेला खुसी भएका छन् । चिसो अत्यधिक बढे पनि यहाँ हिमपात हुन सकेको थिएन । विगतका वर्षमा मङ्सिरदेखि हिउँ पर्ने भए यसवर्ष पुसको अन्तिम सातामा मात्रै हिउँ परेको छ । हिमपात भएपछि यहाँका कालापत्थरमा परिणत … Read more

अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न त्रिविले बनायो समिति

२९ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न समिति बनाएको छ । त्रिविका उपप्राध्यपक डा.जीवन काफ्लेको संयोजकत्त्वमा तीन सदस्यीय समिति बनाइएको रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले बताए । ‘कति शिक्षक फर्र्किएका छैनन् यकिन तथ्यांक संकलन गर्नुपर्ने छ । समिति बनाएर काम सुरु गरेका छौँ,’ उनले भने, ‘तथ्यांक संकलन भएपछि नफर्किनेलाई कारबाही … Read more

९ वर्षमा नेपाललाई १२ अर्ब ४ करोड चिनियाँ अनुदान

२९ पुस, काठमाडौं । २०७२ यता चीनले नेपाललाई १२ अर्ब ४ करोड अनुदान दिने घोषणा गरेको छ । यससम्बन्धी जानकारी परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध पर्यटन समितिको बैठकमा दिएकी हुन् । उनका बैठकमा भनिन्, ‘चीन सरकारका तर्फबाट वि.सं. २०७२ देखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग अमेरिकी डलर २० मिलियन … Read more

बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी गरेको छ। अब अर्कोमा भर्ना नभएसम्मको अवस्थामा समन्वयको कार्य पहिलो पल्ट बिरामी पुगेको अस्पतालको जिम्मेवारी रहनेछ। विभिन्न किसिमका बिरामीको रिफरका लागि मापदण्ड भए पनि समग्र अस्पतालको रेफरल प्रणालीलाई समेट्ने गरी मन्त्रालयले एकीकृत निर्देशिका … Read more