सदन खुल्छ, रास्वपा आफ्नै ढंगले जान्छः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपाका केही अडानका कारणले सत्तारुढ दलहरूसँग भएको सहमतिमा सहभागी नभएको बताएका छन् ।

संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले रास्वपा र आफूहरू फरक फरक ढंगबाट अघि बढ्ने बताए ।

‘मुलभूत रुपमा हाम्रो केही छैन । उहाँहरूको केही अडानका कारण सायद केही दिन उहाँहरू आफ्नो तरिकाले जानुहुन्छ,’ प्रचण्डले भने ।

तर, रास्वपासँग आफूहरूको विमत्ति नभएको उनले बताए । ‘तर, हाम्रो बीचमा विमत्ति र आरोपप्रत्यारोप हुँदैन,’ उनले भने ।

आजबाट संसद् खुल्ने प्रचण्डले बताए । कांग्रेस, एमाले र माओवादीबीच दुई बुँदे सहमति भएको छ । केहीबेरमा हस्ताक्षर हुँदैछ ।

 

सेयर गर्नुहोस्