बसले अटोरिक्सालाई ठक्कर दिँदा एकापरिवारका तीन सहित चार जनाको मृत्यु

यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकापरिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छभने दुई बालबालिका गम्भीर घाइते भएका छन् । विराटनगरबाट धनगढी गइरहेको सुप्र०१–००१ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश२–०१–००१ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ … Read more

बेलायतको केम्ब्रिजशायरमा रेलभित्र चक्कु आक्रमण: नौ जना गम्भीर

बेलायतको केम्ब्रिजशायरमा एउटा रेलभित्र भएको चक्कु आक्रमणमा नौ जना गम्भीर रूपमा घाइते भएका छन्। यो जानकारी ब्रिटिश ट्रान्सपोर्ट प्रहरीले दिएको हो। प्रहरीका अनुसार डनकास्टरबाट किङ्स क्रस जाँदै गरेको रेलभित्र आक्रमण भएको थियो। घटनापछि १० जनालाई अस्पताल भर्ना गरिएको छ, जसमा नौ जनाको अवस्था गम्भीर छ। प्रहरीले यसलाई ‘ठूलो घटना’को रूपमा लिएको छ र आतंकवाद विरोधी … Read more

बालेनप्रति लक्षित गर्दै शिक्षामन्त्री महावीर पुन- सर्को तानेको बेला नलेखौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गएराति लेखेको अश्लिल स्टाटसप्रति शिक्षामन्त्री महावीर पुनले ‘सर्को तानेका बेला’ भनी व्याख्या गरेका छन् । तर उनले बालेनको नाम भने उल्लेख गरेका छैनन् । पुनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्–केही केही आशालाग्दा अभियन्ताहरु र अगुवाहरुले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो लाग्छ । सर्को ताने पनि केही … Read more

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा पन्तद्वारा उम्मेदवारी घोषणा

चितवन । उद्योगी, व्यवसायी, सञ्चारकर्मी, शुभेच्छुक तथा चितवन उद्योग वाणिज्य संघका सदस्यहरूलाई सम्बोधन गर्दै सिरीष पन्तले संघको आसन्न अधिवेशनका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। पन्तले आफ्नो उम्मेदवारी कुनै व्यक्तिगत महत्वाकांक्षा नभई चितवनका सबै व्यवसायीहरूको साझा आवाजका रूपमा रहेको स्पष्ट गर्दै भने, “म केवल पदको लागि होइन, नयाँ सोच, सशक्त युवा … Read more

बालेनको स्टाटसले उनी कस्ता स्तरका हुन् भन्ने स्पष्ट भयोः महेश बस्नेत

नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका मेयर बालेन साहको स्टाटसले उनी कस्ता स्तरका हुन् भन्ने स्पष्ट भएको बताएका छन‍्। तीन वर्ष अगाडि बालेनको हैसियत र यथार्थको बारेमा टिप्पणी गर्दा आफूलाई गाली गर्ने धेरैले अहिले ठीक भन्ने गरेको बताउँदै बस्नेतले बालेनको स्टाटसले उनी कस्ता स्तरका हुन् भन्ने स्पष्ट भएको जिकिर गरेका हुन्। तीन वर्ष अगाडि जब … Read more

सूर्योदय र सूर्यास्त सहित हिमशृङ्खलाको दृश्यावलोकन गर्न पुनहिल पुग्ने कि !

सूर्योदय, सूर्यास्त, गुर्जा हिमालदेखि धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे निलगिरिलगायतका हिमशृङ्खलाको दृश्यावलोकनका लागि यहाँस्थित पुनहिल पछिल्लो समय पर्यटकीय आकर्षक स्थल बनेको छ । अन्नपूर्ण गाउँपालिका वडा ६ स्थित घोडेपानी पुनहिल क्षेत्रको भ्रमणका लागि असोज, कात्तिक, फागुन, चैत र वैशाख महिना उपयुक्त समय हो । यस क्षेत्रमा वार्षिक ३० हजारको हाराहारीमा पर्यटक भित्रिने गरेका पर्यटक प्रहरी चौकी घोडेपानीको … Read more

ओली र लेखकको पासपोर्ट रोक्का गर्नुको कारण लिखित जवाफ दिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायतको राहदानी रोक्का र काठमाडौँ उपत्यका बाहिर जान नपाउने गरी स्थान हदका सम्बन्धमा १५ दिनभित्र लिखित जवाफ माग गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज उक्त विषयमा परेको रिट निवेदनमा प्रारम्भिक सुनुवाइपछि कारण देखाउ जारी गर्दै सरकारसँग लिखित जवाफ माग गरेको हो । अधिवक्ता डा … Read more

चितवनका युवा व्यवसायी सिग्देललाई आक्रमण गर्ने तीन जना मुग्लिनबाट पक्राउ

चितवनका युवा व्यवसायी रामप्रसाद सिग्देल (सुलभ) लाई आक्रमण गर्ने तीन जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । उनिहरुलाई गयराती १ बजे मुग्लिनबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ । उनिहरुको सम्बन्धमा अनुसन्धान भइरहेको र अनुसन्धान पश्चात पहिचान खुलाउने प्रहरीले जनाएको छ । भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको पपुलर शैलुनका संचालक सिग्देललाई अपरिचित समूहले बिहिबार अपरान्ह आक्रमण … Read more

माओवादीसँगको एकतामा जान सकिँदैनः रामकुमारी झाँक्री

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टी एकतामा नजाने घोषणा गरेकी छिन् । जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै झाँक्रीले आफू माओवादीसँगको एकतामा नजाने बताएको एक केन्द्रीय सदस्यले बताए । ती केन्द्रीय सदस्यले झाँक्रीको भनाइ भन्दै भने, ‘उहाँले एकतामा जान सकिँदैन भन्नुभयो । हामी पार्टी पुनर्गठन गर्छौं । पार्टी पुनर्गठनमा बस्ने नेताहरूलाई चुनाव चिह्नको डण्डा नचलाउन … Read more

पार्टी पुनःगठनको कुरा उठाउँदा छाडेर जान लागेको भाष्य निर्माण गरियोः तोसिमा कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य डा‌. तोसिमा कार्कीले पार्टी पुनःगठन र सुधारको विषय उठाउँदा आफूविरूद्ध पार्टी छाडेर जान लागेको भाष्य निर्माण गरिएको बताएकी छिन्। कार्कीले पुराना पार्टीको औचित्यमाथि प्रश्न उठिरहेका बेला आफूले राष्ट्रिय स्वतन्त्र पार्टीमा वैकल्पिक र स्वतन्त्र धार भएका व्यक्तिहरूलाई समेटेर पार्टी पुनःगठन गर्नुपर्ने आवाज उठाइरहेको बताइन्। ‘रास्वपा यदि साँच्चिकै यो भ्रष्टाचारविरूद्ध र सुशासनको … Read more