सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छः मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । नेपाल सौर्य ऊर्जा विद्युत् सङ्घको २५औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले नेपालमा सौर्य ऊर्जा बढ्दो क्रममा रहेकाले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको हो । “सौर्य ऊर्जा राष्ट्रिय प्रसारण ग्रिडमा जोडिन थालेको छ, यसको उत्पादन बढाउन सकिए विद्युत् आयातलाई घटाउन सकिन्थ्यो,” … Read more

उन्नत समाजवादका लागि सर्वहारा दृष्टिकोण आवश्यकः राम कार्की

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता राम कार्कीले उन्नत समाजवाद निर्माणका लागि सर्वहारा दृष्टिकोण आवश्यक रहेको बताउनुभएको छ । आज प्रलोपाको काठमाडौँ जिल्ला एकता भेला तथा बैठकलाई सम्बोधन गर्दै नेता कार्कीले प्रशिक्षणात्मक मन्तव्यमा जनतासँग प्रत्यक्ष जोडिएको, वर्गीय दृष्टिकोणमा आधारित राजनीति आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्नुभयो । उहाँले पार्टीले श्रमिक, किसान र उत्पीडित वर्गका समस्या … Read more

वीरगञ्जमा कर्फ्यू आदेश पुनः साँझ ६ बजेसम्म लम्बियो

वीरगञ्जमा जारी कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्बिएको छ । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले सोमबार साँझदेखि वीरगञ्जमा कर्फ्यू आदेश जारी गरेको हो । सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म जारी गरिएको कर्फ्यू दिउँसो १ बजेसम्मका लागि लम्ब्याइएको थियो । १ बजेसम्म जारी गरिएको कर्फ्यू पुनः थप … Read more

सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिनेमा प्रमाणीकरणका लागि चलचित्र विकास बोर्डलाई बढी प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा आज भएको चलचित्र विधेयकसम्बन्धी दफावार छलफलका क्रममा उहाँले भन्नुभयो, “बोर्डको बहुमत सदस्य बाहिरबाट आउनुभएका विज्ञहरु हुनुहुन्छ, उहाँहरुले सिनेमा ठीक छ भन्नुभयो भने यसमा बोर्डको अध्यक्षले भिटो प्रयोग गर्नु ठीक होइन ।” … Read more

माघ ६ गतेपछि विशेष महाधिवेशन बोलाऔँ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिका आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्नेमा जोड दिनुभएको छ । आज पार्टीका नेताहरूसँग भएको भेटमा उहाँले विशेष महाधिवेशन पक्षधरहरुसँग छलफल गरेर आगामी माघ ६ गतेपछि विशेष महाधिवेशन बोलाउँदा उचित हुने बताउनुभएको भेटमा सहभागी केन्द्रीय सदस्य पुष्पा भुषालले बताउनुभयो । नेता कोइरालाले सबैको भावना सम्बोधन हुनेगरी केन्द्रीय … Read more

ओलीले भने -सरकार र विदेशी शक्तिहरू निर्वाचनलाई सार्ने षड्यन्त्र गरिरहेका छन्

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनाव सार्ने षड्यन्त्र भइरहेको ब्रिफिङ गरेका छन् । मंगलबार एमालेको च्यासलमा जारी सचिवालय बैठकमा ओलीले वर्तमान राजनीतिक परिस्थितिबारे ‘ब्रिफिङ’ गर्दै अध्यक्ष ओलीले चुनाव सार्ने षड्यन्त्र भइरहेको बताएका हुन्। तत्काल निर्वाचन हुने वातावरण अझै बनिसकेको छैन,’ अध्यक्ष ओलीले सचिवालय बैठकमा भने, ‘एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी … Read more

चितवनमा घाँसदाउरा काट्न जंगल गएका व्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। सोमबार दिउँसो चितवनको भरतपुर महानगरपालिका-१२ स्थित रामबेल सामुदायिक वनको कालिमाटी घोलनजिक घाँसदाउरा काट्न गएका बेला ५६ वर्षीय बाबुकाजी क्षेत्रीलाई गैँडाले अचानक आक्रमण गरेको हो। गैडाको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। पोस्टमार्टमका लागि शव हिजै साँझ भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

झापामा जङ्गली हात्ती मृत फेला

यहाँको बुद्धशान्ति गाउँपालिका–३ स्थित डाँडागाउँमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ । डाँडागाँउका लालबहादुर रसाइलीको खेतमा आज बिहान जङ्गली भाले हात्ती मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले घट्नास्थल सुरक्षित राखेको छभने डिभिजन वन कार्यालय झापाको टोली … Read more

सुनको मूल्यमा एकैदिन ३ हजार १०० रुपैयाँले वृद्धि, कतिमा हुदैँछ कारोबार ?

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँ वृद्धि भएको छ । सोमबार तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबार भने बढेर २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ । यस्तै , मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ४ … Read more

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा चिरन्जीबी सुवेदी विजयी

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जिवि सुवेदी विजयी भएका छन् । मंगलबार सार्वजनिक भएको नतिजामा अध्यक्ष पदका प्रत्याशी शिरिष पन्तलाई हराउँदै सुवेदी विजयी भएका हुन् । चिरञ्जिवि सुवेदीले १ हजार ४ सय ८४ मत ल्याउँदा शिरिष पन्तले १ हजार १ सय ८५ मत ल्याएका हुन् । २ सय ९९ मतले सुवेदी विजयी भएका हुन् । … Read more