मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा

सिन्धुपाल्चोक । लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्रिज बगाउने खतरा रहेको छ । बाढीले बेलीब्रिज रहेको भूभाग कटान गरिरहेको छ । विसं २०७८ साउन १७ गते लेदोसहित आएको मेलम्चीको बाढीले हेलम्बुकै लाइफ लाइनका रूपमा रहेको रातो पुल बगाएपछि सो स्थानमा बेलीब्रिज निर्माण गरिएको थियो । रातो पुल बगाएको … Read more

संसदमा गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीले भने-जिबी राईलाई पक्रेर ल्याउनुस्,फूलमालाले स्वागत गर्छौं

काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई जिबी राई पक्राउ गरेर ल्याउन आग्रह गरेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले जिबी राईलाई पक्राउ गरेर ल्याए गृहमन्त्रीलाई संसदमै फूलमालाले स्वागत गर्ने बताए। ‘मलाई मेरा गृहमन्त्रीज्यूबाट के माग्नु छैन, जिबी राई पक्राउ गरेर ल्याउनुस्, यही संसदमा हामी फूलमालाले स्वागत गर्छौं,’उनले भने, ‘अरू … Read more

नारायणी पुलबाट एक पुरुष हाम फाले

नारायणी नदिको पुलबाट एक पुरुष नदीमा हाम फालेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (आइतबार) बिहान १०ः४० बजेको समयमा साइकलबाट झरेर अन्दाजी ५०/५५ वर्षीय एक पुरुष पुलबाट नदीमा हाम फालेका हुन् । पुलबाट नदिमा हाम फालेर बेपत्ता भएका पुरुषको पहिचान नखुलेको र उक्त स्थानमा विपत व्यवस्थापन सहित प्रहरी टोली खटाइएको प्रहरीले जानकारी दिएको … Read more

प्रदेश इन्चार्ज र सचिवलाई केन्द्रीय कमिटी सदस्यको ड्राफ्ट तयार पार्न जिम्मेवारी दिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं- नेकपा एकीकृत समाजवादीले प्रदेशका इन्चार्ज र सचिवहरूलाई केन्द्रीय समिति सदस्यको ड्राफ्ट तयार गर्न जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ। आइतबारको केन्द्रय कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पर्टीका नेता जगन्नाथ खतिवडाले यस्तो बताएका हुन्। उनले बैठकले यसअघि कायम प्रदेश इन्चार्जहरुलाई सोही स्थानमा रहेर काम गर्न दिने निर्णय भएको बताए। उनले जिम्मेवारीअन्तर्गत केही दिनभित्र प्राप्त ड्राफ्टलाई … Read more

बाढी पहिरोले जनताको बिचल्ली छ, दलहरू सत्ताको दौडमा छन् : केसी

काठमाडौँ  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भ्रष्टाचार सामसुम पार्न दुई ठुला पार्टीको समीकरण बनेको हो भने नेपाली जनतालाई मान्य नहुने बताएका छन् ।  आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष केसीले संसद्को रोष्ट्रमबाट कसैले सफाइ दिए पनि नेपाली जनताले देखिरहेको र भोगिरहेको बताए । उनले भ्रष्टाचारबाट कुन पार्टी मुक्त र चोखो छ भन्दै प्रश्न गरे । ‘को … Read more

कर्णाली नदीले खतरा तह नाघ्यो, ३ नदी सतर्कता तहमाथि

काठमाडौं– देशकै लामो नदी कर्णालीले डोटीको ठूलीगाढमा खतरा तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागले ठूलोगाढ जलमापन केन्द्रमा कर्णाली नदी खतराको तहमाथि पुगेको जानकारी दिएको हो । सो जलमापन केन्द्रमा निर्धारित खतराको तह ६.५ मिटर निर्धारण गरिएको छ । तर, दिउँसो १२ बजेर ५० मिनेट जाँदा कर्णालीको जल सतह ८.७६ मिटर पुगेको … Read more

वर्ल्ड च्याम्पियन्स अफ लिजेन्ड्सः विष्फोटक ब्याटिङ गर्दै पाकिस्तानले भारतलाई हरायो

काठमाडौं । टी-२० प्रतियोगितामा ‘पाकिस्तानले चिर प्रतिद्वन्द्वी भारतलाई फराकिलो जित हासिल गरेको छ । तर, यो राष्ट्रिय टीम बीचको भिडन्त भने होइन । ईंग्ल्यान्डमा जारी वर्ल्ड च्याम्पियन्स अफ लिजेन्ड्समा पाकिस्तान च्याम्पियन्सले इन्डिया च्याम्पियन्सलाई हराएको हो । हिजो भएको खेलमा पाकिस्तानले ६८ रनको जित निकाल्न सफल भयो । विभिन्न राष्ट्रिय टीमबाट बाहिर रहेका लिजेन्ड खेलाडीहरूको टीमलाई … Read more

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : एमाले

काठमाडौं। नेकपा एमाले संसदीय दलले नयाँ सरकार गठनका लागि मार्गप्रस्तस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गरेको छ । आइतबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले वर्तमान सरकार अल्पमतमा परिसकेको भन्दै मार्गप्रसस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गर्ने निर्णय गरेको हो। बैठकले सदनमा प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतको बिपक्षमा मत दिने निर्णय पनि गरेको छ। बैठकपछि … Read more

बाढी, पहिरो र डुबानमा पुरिएर देशभर १४ जनाको मृत्यु

काठमाडौँ,  असार २३ गते ।  शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ । बाढी पहिराेलगायतका विपद्जन्य घटनामा परेर अन्य तीन जना बेपत्ता भएका छन् । १८ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार बाढी, पहिरो … Read more

सांसद चौधरीका श्रीमानको निधनबारे अनुसन्धान गर्न एमालेको माग

काठमाडौँ । नेकपा एमालेले सांसद आश्मा चौधरीका श्रीमान् लौटन चौधरीको निधनबारे अनुसन्धान र छानबिन गर्न सरकारसँग माग गरेको छ । एमाले संसदीय दलको आइतबार बसेको बैठकले यस्तो माग गरेको हो । ‘नेकपा एमालेका सांसद आश्मा चौधरीका श्रीमान् लौटन चौधरीको निधन भएको छ । उहाँको निधनप्रति केही शङ्काहरू उत्पन्न भएको छ’, प्रमुख सचेतक महेश बर्तौलाले भने, … Read more