‘डिजिटल’ हिंसा रोक्न सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो परिवेशमा प्रविधिको विकाससँगै महिला तथा बालिकामाथि हुने ‘डिजिटल’ हिंसा रोक्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । ‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ को आज यहाँ शुभारम्भ गर्दै उहाँले महिला र बालिकाविरुद्ध हुने डिजिटल हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । यस वर्षको यो दिवसको विश्वव्यापी नारा सान्दर्भिक … Read more

कफिनमै जीवित भेटिइन् थाई महिला

दाहसंस्कारका लागि ल्याइएकी एक थाई महिला अचानक कफिनभित्र चहलपहल गर्न थालेपछि मन्दिरका कर्मचारीहरू अचम्मित तथा स्तब्ध बन्नु परेको छ । बैङ्कक बाहिरी क्षेत्र पर्ने नोन्थाबुरी प्रान्तस्थित बौद्ध मन्दिर ‘वाट रात प्राखोङ थाम’ ले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको भिडियोमा सेतो कफिनभित्र पिकअप ट्रकको पछाडि सुतिरहेकी एक महिलाले बिस्तारै हात र टाउको हल्लाउन थालेको देखिन्छ, जसले … Read more

प्रतिनिधिसभाको पुनःस्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट

प्रतिनिधिसभाको पुनःस्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले सर्वोच्च अदालतमा रिट दिएको छ । विघटित प्रतिनिधिसभाको एमालेका तर्फबाट संसदीय दलका मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले संयुक्त रुपमा आज सर्वोच्च अदालतमा उक्त रिट निवेदन दिनुभएकोे हो । सो रिट निवेदनमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति, प्रतिनिधिसभा विघटन तथा त्यसपछि भएका सबै निर्णय र नियुक्ति … Read more

राष्ट्रपतिसँग साउदी अरबका राजदूतको बिदाइ भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले राष्ट्रपतिभवनमा आज बिदाइ भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरुबीच नेपाल र साउदी अरबबीचको सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले साउदी राजदूतलाई सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएकामा धन्यवाद दिनुभएको थियो । रासस

भरतपुरमा भारतीय ग्याँस बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु

भरतपुरमा भारतीय ग्याँस बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। आज मंगलबार बिहान ७ बजेतिर भरतपुरको मालपोत चोकमा काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको एनएल ०१ एल २४५३ नम्बरको भारतीय ग्याँस बुलेटले बागमती प्रदेश ०६–००५ प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँएको हो । दुर्घटनामा मोटरसाइकल चालक लमजुङको मध्यनेपाल नगरपालिका–३ बस्ने ५२ वर्षीय राजकुमार श्रेष्ठ समान्य घाइते भएका … Read more

एमालेले गर्‍यो प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता

नेकपा एमालेले प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ । आयोग पुगेर निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् । “आज दल दर्ता गराएका छौं । ६६औं नम्बरमा दर्ता भएको छ,” आचार्यले भने । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल … Read more

वीरगञ्ज नाका हुँदै चार महिनामा दुई खर्ब ८४ अर्बको सामान भित्रियो

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा रु दुई खर्ब ८४ अर्ब ८९ करोडको वस्तु तथा सामान आयात भएको छ । गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात रु ४३ अर्ब ८६ करोडले वृद्धि भएको छ । गत आवको चार महिनाको अवधिमा रु दुई खर्ब ४१ अर्ब तीन … Read more

‘निर्वाचनसँगै सुशासन कायम गर्नु यो सरकारको दायित्व हो’ : गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको पहिलो प्राथमिकता सफलतापूर्वक निर्वाचन सम्पन्न गर्नु तथा सुशासनका निम्ति सबल आधार तयार गर्नु हो भन्नुभएको छ । आज भैरहवामा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले निर्वाचन र सुशासनलाई नै अर्जुनदृष्टि दिएर सरकारले काम गरिरहेको बताउनुभयो । केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत निर्वाचन सुरक्षा योजना बमोजिम प्रदेश सरकारले पनि आफ्नो सुदृढसुरक्षा योजना … Read more

एकै दिन सुनको मूल्य ५ हजार २०० रुपैयाँले बढ्यो

मंगलबार एकैदिन सुनको मूल्य तोलामा पाँच हजार २०० रुपैयाँ बढेको छ। सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ३ हजार … Read more

वीरेन्द्र क्याम्पसका पूर्व विद्यार्थीले गरे हाम्रो घरका बालबालिकालाई कपडा र खाद्यान्न सहयोग

वीरेन्द्र बहुमुखी क्याम्पस चितवनका पूर्व विद्यार्थी (व्यवस्थापन संकायतर्फ २०१७ ब्याचका) ले हाम्रो घरका बालबालिकालाई न्यानो कपडा र खाद्यान्न सहयोग गरेका छन् । व्यवस्थापन संकायतर्फ २०१७ ब्याचका विद्यार्थीहरुले आफ्नो समूह बनाएर भरतपुर महानगरपालिका – ३ मा रहेको हाम्रो घर नामक बाल संरक्षण तथा पुनःस्थापना केन्द्रमा सहयोग गरेका हुन् । ५५ जना विद्यार्थीले आर्थिक सहयोग गरेका थिए … Read more