परराष्ट्रमन्त्री राणाद्वारा लुम्बिनी भ्रमण

लुम्बिनी: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ । उहाँलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे)ले स्वागत गर्नुभयो । मन्त्री राणाले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ तथा पुष्पकरणी पोखरीका बारेमा जानकारी लिनुभयो । उपाध्यक्ष डा लामाले लुम्बिनी विकास कोषले गरेका काम र विकासका बारेमा उहाँलाई जानकारी दिनुभएको थियो … Read more

ललितपुर महानगरमा प्रभात मा. वि. प्रथम

फागुन १५ , काठमाडौँ नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुर महानगर समितिले आयोजना गरेको महानगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रभात मा. वि. प्रथम भएको छ। महानगरको ओमेगा माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा  २३ विद्यालयका २३ प्रतिस्पर्धिको सहभागिता रहेको थियो। प्रतियोगितामा प्रभात माध्यमिक विद्यालयका कक्षा नौमा अध्यायनरत कृष्ण साह तेलिले प्रथम स्थान हासिल गरेका हुन् । वालकुमारी मा.वि.का सबिना … Read more

यातायात कार्यालयका २५ लाख फाइललाई विद्युतीय रूपान्तरण सुरु

काठमाडौँ/बागमती प्रदेश सरकारले भौतिक रुपमा रहेका ढड्डालाई विद्युतीय अभिलेखमा रुपान्तरण सुरु गरेको छ। भौतिक फाइलहरुलाई विद्युतीय अभिलेख गर्न थालिएको हो। यातायात व्यवस्था कार्यालय गुर्जुधाराका कार्यालय प्रमुख नेत्रप्रसाद भट्टराईले भौतिक रुपमा प्रवाह भइरहेको सेवालाई विस्थापन गरी अनलाइनबाट सेवा प्रवाह गर्न काम शुरु गरेको बताउनुभयो । उहाले विद्युतीय अभिलेख शुरु भएसँगै भौतिकरुपमा रहेका अभिलेखहरु हराउने, नष्ट हुने … Read more

कुमारी सहकारीको रकम अपचलन आरोपमा कस्तुरी सहकारीका प्रबन्धक गिरफ्तार

म्याग्दी, फागुन, ९ गते । गत माघ २० गते पाँच जनालाई गिरफ्तार गरेर अनुसन्धान थालेको प्रहरीले कुमारी सहकारीको रकम अपचलनको आरोपमा बेनी नगरपालिका–७ को कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धकलाई गिरफ्तार गरेको छ । कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष राजेश शाक्यले सहकारीका प्रबन्धकलाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गर्नुभयो । बेनी नगरपालिका–४ कलङ्कुरका ४० वर्षीय लोकबहादुर पुनलाई म्याग्दीको … Read more

जिडिपी अनुपातमा सार्वजनिक ऋण ४५ प्रतिशत नाघ्यो

काठमाडौँ, फागुन ९ – मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को तुलनामा सार्वजनिक ऋणको दायित्व ४५ प्रतिशत नाघेको छ ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८१र८२ को माघसम्ममा सरकारी ऋण रू २६ खर्ब ११ अर्ब छ करोड पुगेको छ । “चालु आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण रू २४ खर्ब ३४ अर्ब नौ … Read more

ट्रम्पलाई बालेनको जवाफ- हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद

काठमाडौँ,फागुन ९- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जवाफ फर्काएका छन् । नेपाललाई दिएको अनुदानलाई लिएर ट्रम्पले दिएको प्रतिक्रियालाई लक्षित गर्दै उनले अमेरिकी नागरिक अल्छी भएको बताएका छन् । उनले भनेका छन्– प्रिय डोनाल्ड जे ट्रम्प, हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराउनु भएकोमा धन्यवाद। हामी गरिब छौँ किनभने … Read more

झन्डै ३ करोड बजेट पास गर्दै ५८औ वार्षिक साधारण सभा सम्पन्न।

ललितपुर, माघ २९ नेपाल रेडक्रस सोसाइटी, ललितपुर जिल्ला शाखाको ५८औंं बार्षिक साधारण सभा सभापति बाबुराजा महर्जनको सभापतित्वमा सम्पन्न भएको छ । ललितपुर जिल्लाका २६ वटा उपशाखाका सभापतिहरु लगायत प्रतिनिधिमूलक सहभागिता रहेको सभामा जिल्ला शाखाका मन्त्री दिनेश कार्कीले निर्णयार्थ प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०८०।०८१ को प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८२।०८३ को प्रस्तावित कार्यक्रम सभावाट … Read more

अमेरिकामा अर्को विमान दुर्घटना, विमानस्थलमै दुई विमान ठोक्किए

एरिजोना, माघ २९- अमेरिकाको एरिजोनास्थित स्कट्सडेल विमानस्थलमा सोमबार विमान दुर्घटना हुँदा कम्तीमा एक जनाको मृत्यु भएको छ। विमानस्थलमा दुई निजी विमानहरू एकअर्कासँग ठोक्किएका थिए, जसमा अन्य धेरै मानिसहरू घाइते भएका हुन् । यो दुर्घटनापछि सबै उडानहरू रद्द गरिएका छन्। उड्डयन योजना र आउटरिच संयोजक केली कुएस्टरका अनुसार स्कट्सडेल विमानस्थलमा एउटा मध्यम आकारको व्यावसायिक जेट धावनमार्गबाट … Read more

केबलकार निर्माण प्रक्रियालाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड

ताप्लेजुङ– ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा धाम क्षेत्रको केबलकार निर्माण प्रक्रियालाई वातावरणमैत्री बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । फुङ्लिङ नगरपालिकाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय जनप्रतिनिधि र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले केबलकार निर्माणलाई वार्ता, संवाद र सहकार्यमार्फत अघि बढाएर वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् । नगरप्रमुख अमिर मादेनले ताप्लेजुङको समग्र विकासका लागि केबलकार अपरिहार्य रहेको बताउँदै विद्यमान … Read more

विश्वको ध्यानाकर्षण गराउन इजिप्ट भ्रमण सफल : उपप्रधानमन्त्री सिंह

काठमाडौँ, कात्तिक २४ गते । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालले सहरीकरणमा भोगिरहेको समस्या समाधानका लागि विश्व समुदायको ध्यानाकर्षण गराउन इजिप्ट भ्रमण सफल भएको बताउनुभएको छ । इजिप्टको कायरोमा सम्पन्न वर्ल्ड अर्बान फोरममा सहभागी भएर नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले भ्रमण उपलब्धिमूलक भएको बताउनुभयो । नेपालमा सहरी … Read more