सरकारले चितवनका ७ पालिकालाई दियो ५ अर्ब १ करोड अनुदान, भरतपुरले पायो २ अर्ब ३६ लाख

संघीय सरकारले आगामि आर्थिक वर्ष २०८२/०८३ का लागि चितवनका ७ वटा स्थानीय तहलाई ५ अर्ब एक करोड १८ लाख रुपैयाँ अनुदान दिएको छ । अर्थ मन्त्रालयले अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तरगत प्रदेश र स्थानीय सरकारलाई दिने अनुदान रकम बाँडफाड गरेको छ । जस अनुसार चितवनका स्थानीय तहले ५ अर्ब बजेट पाउँदा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाले … Read more

चितवनको पहाडी क्षेत्र मायाँटारमा यातायात पुगेपछि जीविको पार्जनमा सहज

जिल्लाको पहाडी क्षेत्र मायाँटार क्षेत्रमा यातायातको पहुँच पुगेसँगै यहाँका स्थानीयलाई जीविकोपार्जनमा सहज भएको छ । अधिकांश चेपाङ्ग समुदायको बसोबास रहेको यस क्षेत्रमा सडक सञ्जालको विकास भएपछि यहाँ उत्पादित वस्तुले बजार पाउँदा स्थानीयको जीवनयापनमा सहज भएको हो । इच्छाकामना गाउँपालिका–२ मायाँटारका स्थानीयले उत्पादन गरेका सबै सामग्रीले यातायातको सहजतासँगै सहजरूपमा बजार पाउन सकेको हो । स्थानीय राष्ट्रिय … Read more

चितवनलाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषणा गर्न सिफारिस

चितवनलाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषणा गर्न सर्वसम्मत रुपमा सिफारिस गर्ने निर्णय भएको छ । मंगलबार जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्लाका ७ पालिकाका प्रतिनिधि, निजी क्षेत्र, पर्यटन व्यवसायी, पर्यटन विज्ञ तथा सरोकारवालाहरुले बागमती प्रदेश सरकारलाई पर्यटकीय राजधानी घोषणाको लागि सिफारिस गर्ने निर्णय गरेको हो । पर्यापर्यटनको नेपालकै एक नम्बर … Read more

चितवनको मनकामना अस्पतालले लुट मच्चाएपछि रोकियो स्वास्थ्य बीमा,यसरी ठग्यो बिरामी

चितवनको भरतपुरस्थित मनकामना अस्पतालले उपचारका लागि आउने बिरामीलाई ठगी गरेको भेटिएपछि स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएको छ । अस्पतालले बीमा मार्फत आउने बिरामी (बिमित) र बोर्ड दुबैबाट दोहोरो शुल्क असुलेको पाइएको हो । स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार अस्पतालमा उपचार गर्न आउने विमितहरुको गुनासो र उजुरीका आधारमा अस्पतालको पटक–पटक अनुगमन गरिएको थियो … Read more

चितवनमा दुई दिनमा आठ ठाउँमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

जिल्लाका विभिन्न ठाउँमा शनिबार मध्याह्नदेखि आइतबार बिहान सबेरैसम्म आठ ठाउँमा भएको मोटरसाइकल तथा स्कुटर दुर्घटनामा एक जनाको निधन भएको छ । आठ दुर्घटनामध्ये चार ठाउँमा मोटरसाइकल अनियन्त्रित भएर पल्टेको चितवन प्रहरीले जानकारी दिएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रवीन्द्र खनालका अनुसार मोटरसाइकल दुर्घटनामा परेर पर्सा ठोरी गाउँपालिका–१ का ५५ … Read more

भरतपुरमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने,दुई करोड २३ लाख बजेट विनियोजन

भरतपुर महानगरपालिका–१२ मा रहेको रामवेल सामुदायिक वनमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने भएको छ । महानगरपालिकाले गौरवको आयोजनाका रुपमा प्राथमिकता दिँदै वनको राइनो पार्क क्षेत्रको आठ बिगाहा क्षेत्रफलमा वन्यजन्तु उद्घारसमेत गर्न मिल्नेगरी संरचना निर्माण गर्न लागेको हो । आयोजनाको आज शिलन्यास गर्दै महानगर प्रमुख रेनु दाहालले पर्यटकीय गतिविधिसँगै वन्यजन्तु उद्घारमा टेवा पुग्नेगरी पार्क निर्माण गर्न … Read more

मौलाकालीमा निर्मित इला होटलको पर्यटन मन्त्री पाण्डेद्वारा उद्घाटन

आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका-१, मौलाकालीमा इला होटल तथा रिसोर्ट सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । सोमबार आयोजित एक विशेष कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले उक्त होटलको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति, विकास र साझेदारीको नमूनाको रुपमा मौलाकाली केवलकार विकास भएको बताए … Read more

नारायणगढमा खुल्यो शैक्षिक परामर्श केन्द्र ब्राइट एजुकेशन नेटवर्क

नारायणगढको शहिदचोकमा शैक्षिक परामर्श सस्था ब्राइट एजुकेशन नेटवर्क सञ्चालनमा आएको छ । उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी ब्राइट एजुकेशन नेटवर्क औपचारिक रुपमा सञ्चालनमा आएको हो । ब्राइटबाट जापान, अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, यूके लगायतका यूरोपका देशमा पढ्न जाने विद्यार्थीलाई लक्षित गर्दै ब्राइट एजुकेसन नेटवर्क सञ्चालनमा ल्याइएको प्रवन्ध निर्देशक अर्जुन अधिकारीले जानकारी … Read more

भरतपुरको रोयल सेन्चुरी अब ल्याण्डमार्कको व्यवस्थापनमा

चितवनको भरतपुर ओरालोस्थित प्रसिद्ध रोयल सेन्चुरी होटल अबदेखि ल्याण्डमार्क होटल्स एन्ड रिसोर्ट्सको व्यवस्थापनमा सञ्चालनमा आएको छ। सोमबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत ल्याण्डमार्कले यसबारे जानकारी दिएको हो। होटलसँगै देवघाट गाउँपालिका-५ भुवनटारस्थित करिब ४ हेक्टर क्षेत्रफलमा फैलिएको फार्म हाउस पनि ल्याण्डमार्कले नै सञ्चालनमा ल्याउनेछ। ल्याण्डमार्कका कर्पोरेट अपरेशन निर्देशक सम्राट पाण्डेका अनुसार यो कदमले नेपाली पर्यटनमा समूहको उपस्थिति … Read more

गैँडाकोटको मौलाकालीमा खुलेको इला होटल आजदेखि सञ्चालनमा

आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा आजदेखि सञ्चालनमा आउँदैछ ।आज साँझ औपचारिक उद्घाटनपछि होटल तथा रिसोर्ट सञ्चालनमा आउने छ । मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा सुइट तथा डिलक्स रुमसहित ६५ वटा रुम, एक हजार जना क्षमताको ब्याङक्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्विमिङपुल, स्पा र जिमलगायत विभिन्न … Read more