शिशुलाई दुध चुसाउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न बालरोग विशेषज्ञको आग्रह

चितवन – बालरोग विशेषज्ञले शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न आमालाई सुझाव दिएका छन् । विश्व स्तनपान सप्ताहको अवसरमा चितवनमा भएको चिकित्सकले मोबाइल चलाउँदा आमा र शिशु दुवैलाई फाइदा नगर्ने बताएका हुन् । भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा. श्वेताकुमारी गुप्ताले स्तनपान गराउँदा आमाले मोबाइल प्रयोग गर्न नहुने बताउनुभयो । आमाले मोबाइल चलाएर स्तनपान गराउँदा बच्चाले … Read more

सर्पदंशको उपचार गर्न भरतपुर अस्पतालकै भर

नारायणगढ (चितवन), १९ साउन । चितवनको भरतपुर अस्पताल सर्पदंशको उपचारमा अब्बल देखिएको छ । देशको मध्य भागमा अवस्थित यस अस्पतालमा आसपासका विभिन्न जिल्लाका सर्पदंशका बिरामी उपचार गर्न यही अस्पतालमा आउने गरेका छन् । बर्खामा तराईमा बढीमात्रामा सर्पदंशको जोखिम रहने गर्दछ । भरतपुर अस्पतालको आकस्मिक कक्षका प्रमुख अलादीन मियाँका अनुसार २०८० साउनदेखि २०८१ असारसम्म तीन सय … Read more

भरतपुर अस्पतालमा बिहान ९ देखि ४ बजेसम्म ओपिडि सेवा

चितवन। भरतपुर अस्पतालले आफ्नो सेवालाई विस्तार गरेको छ । अस्पतालले बिहान ९ देखि दिउँसो ४ बजेसम्म बहिरङ्ग (ओपिडि) सेवा सञ्चालन गर्न लागेको हो । आस्पताल प्रशासनले आईतबार एक सूचना प्रकाशित गरी साउन १५ गतेबाट बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म अस्पताल समय कायम गरिएको जनाएको छ । नियमित औषधि खाने स्वास्थ्य बीमाका बिरामीहरुका लागि बिहान ७ … Read more

चितवनका ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन: चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् । जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेङ्गुको सङ्क्रमण बढेको छ । गाउँपालिकामा हालसम्म ४५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिकामा हालसम्म ६ … Read more

देशभरका एम्बुलेन्सको रङ, साइरन र संकेतमा एकरुपता ल्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाण्डौं, ८ साउन । स्वास्थ्य मन्त्रालयले मुलुकभर सञ्चालनमा रहेका एम्बुलेन्सका रङ, साइरन र अन्य संकेतहरुमा एकरुपता ल्याउन निर्देशन दिएको छ । मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ को दफा १५ ले निर्देशित गरेको मापदण्ड अनुसार एकरुपता नआएको भन्दै यस्तो निर्देशन दिएको हो । मन्त्रालयले सातै प्रदेशको प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति र ७७ वटै जिल्लाका एम्बुलेन्स व्यवस्थापन … Read more

चितवन मेडिकल कलेजमा स्वास्थ्य बीमाः “झन्झट व्यहोर्न र लामो पालो कुर्नु पर्दैन”

चितवन, आजदेखि स्वास्थ्य बीमा लागू गरेको चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले बिरामीले झन्झट व्यहोर्न र लामो पालो कुर्नु नपर्ने जनाएको छ । अस्पतालले आज पत्रकार सम्मेलनको आयोजना गरी शल्यक्रिया, सिटी स्क्यान, एमआरआई जस्ता बिरामीको धेरै चाप हुने सेवामा पनि बीमा भएकै कारण लामो पालो कुर्न नपर्ने जनाएको हो । पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख प्रशासक प्रताप … Read more

अस्पतालहरुमा दैनिक चार हजार निःशुल्क बेड सुनिश्चित गरिएको छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आम जनताले देखिने र बुझिने गरी आफू नेतृत्वको सरकार काम गरेको बताएका छन्। प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले देशैभरका निजी र सार्वजनिक अस्पतालमा विपन्न नागरिकका लागि दैनिक करिब चार हजार निःशुल्क बेड सुनिश्चित गरिएको बताए। उनले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरको निशुल्क परीक्षण र खोप सुनिश्चित गरिएको तथा अस्पतालहरूमा … Read more

फोहोरमा भेटाएको विष खाँदा चार वर्षीया बालिकाको मृत्यु

 गुल्मीमा मुसा मार्न प्रयोग गरिने विष सेवन गर्दा एक बालिकाको ज्यान गएको छ । जिल्लाको इस्मा गाउँपालिका १ ठाँटीकाचौरकी सपना सुनारकी चार वर्षीया छोरी प्रिन्सा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मुसा मार्न प्रयोग हुने मलहम सेबन गर्दा सोही गाउँकी अर्की बालिका गम्भीर बिरामी भएकी छन् । बसन्धुरा सुनारकी पाँच वर्षीया … Read more

चितवनमा ११ हजारभन्दा बढी बालबालिकालाई पूर्ण खोप

चितवन – चितवन जिल्लाका ११ हजार पाँच सय ५४ बालबालिकाले पूर्ण खोप लगाएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उनीहरुले जन्म भएपछि १५ महिनासम्मको उमेरमा लगाउनुपर्ने सबै खोप लगाएका हुन्। कार्यालयले गत चैतमा छुटपुट बालबालिकाको तथ्याङ्क सङ्कलन गरी वैशाख र जेठमा उनीहरुलाई खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयराम दुवाडीले जानकारी दिए।उनका अनुसार पूर्ण खोप नलगाएका २७ … Read more

आजदेखि भरतपुर अस्पतालमै एमआरआई सेवा

चितवन,  यहाँको सरकारी भरतपुर अस्पतालमा आजबाट एमआरआई सेवा सञ्चालनमा आएको छ । संघीय सरकार र अस्पताल विकास समितिको गरी ३० करोड रुपैयाँमा मेसिन खरिद गरी सञ्चालनमा ल्याईएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि एमआरआई सञ्चालनमा ल्याईएको बताउनुभयो । उहाँका अनुसार ३० करोड रुपैयाँ लागतमा मेसिन खरिद गरिएको हो … Read more