‘तराई–मधेशमा ‘स्यालो वाटर एक्फर’ आवश्यक छ ’

राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा किरण पौडेलले तराई–मधेशमा भूमिगत रुपमा दुई सय ५० मिटर गहिराइमा डिप बोरिङ जडान गरिएमा पर्याप्त मात्रामा पानी उपलब्ध हुने जानकारी दिनुभएको छ । ग्रिनसिटि सामुदायिक सेवा केन्द्र वीरगञ्जद्वारा आज यहाँ आयोजित बृहत वृक्षरोपण कार्यक्रममा उहाँले तराई मधेशका जिल्लामा एक सय देखि १५० मिटर गहिराइमा पानीको पर्याप्त स्रोत … Read more

पोखरा साहसिक पर्यटनको हबः परराष्ट्रमन्त्री देउवा

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले पोखरा साहसिक पर्यटनको हबका रूपमा विकसित भएको बताउनुभएको छ । पोखराको लेकसाइटमा अंशुभरा ग्रुपले सञ्चालनमा ल्याएको बगैँचा रिसोर्ट स्पाको आज शुभारम्भ कार्यक्रममा उहाँले पोखरा आफैँमा प्राकृतिक रूपमा सुन्दर सहरका रूपमा स्थापित भइसकेको उल्लेख गर्नुभयो । आफू बाल्यकालमा पोखरामा आएको स्मरण गर्दै मन्त्री देउवाले त्यसबेलामा यहाँको सुन्दरताले लोभ्याएको धारणा राख्नुभयो । … Read more

चितवनका दुई सांसद बागमती प्रदेशको मन्त्रीमा नियुक्त

संसदीय दलको नेताबाट हैसियत गुमाई सकेका बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन जना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री लामाले चितवनका दुई जना सांसद माया श्रेष्ठ र गीता गुरुङका साथै गोविन्द लम्साललाई मन्त्री नियुक्त गरेका हुन् । मन्त्रीमा नियुक्त भएका श्रेष्ठ र गुरुङको जिम्मेवारी तोकिएको छैन । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी … Read more

रुसमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, जापानसम्म सुनामीको चेतावनी

रुसमा शक्तिशाली भूकम्प गएको छ । रुसको कामचट्का प्रायद्वीप क्षेत्रमा बुधबार बिहान ८.७ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्प ८.७ म्याग्निच्युडको भएको बताएको छ । भूकम्प १९.३ किलोमिटर गहिराइमा गएको थियो । यसैगरी अलजजीरा र सीएनएनको समाचारमा रुसमा ८.७ म्याग्निच्युडको भूकम्प गएको उल्लेख छ । भूकम्प गम्भीर र … Read more

पानी नपरेर खेत सुक्खा भएपछि किसानले सांसदलाई पक्रेर हली बनाए

सर्लाही क्षेत्र निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद रामप्रकाश चौधरी र मधेश प्रदेशसभा सदस्य उर्मिला सिंहलाई मङ्गलबार प्रहरीको भेषमा आएका महिलाले पक्राउ गरे । त्यसपछि उहाँहरुलाई गाउँलेले हलो जोत्न लगाए । अझ रोचक त महिलाहरु नै हल गोरु बनेर हलो तानेका थिए । लामो समयदेखि वर्षा हुन नसकेपछि ईश्वरपुर नगरपालिका–९ रामनगरका स्थानीयले जनप्रतिनिधिलाई पक्राउ … Read more

मुख्यमन्त्री लामाले गुमाए संसदीय दलको नेताको हैसियत,अविश्वासको पक्षमा २२ मत

नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको नेताबाट मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाइएको छ । पार्टीका प्रदेशसभा सदस्य इन्द्र बानियाँको नेतृत्वमा दर्ता अविश्वास प्रस्तावका पक्षमा २२ र विपक्षमा १५ मत परेको सांसद मीना पराजुलीले जानकारी दिइन् । मंगलबार ९साउन १३० मकवानपुरको हेटौँडास्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा लामालाई उक्त पदबाट हटाउने प्रस्ताव पारित गरिएको हो । … Read more

मुख्य राजमार्गकै यात्रा कठिन

काभ्रेपलाञ्चोकअन्तर्गत मुख्य दुई राजमार्ग अरनिको र बिपी राजमार्ग अवस्थित छन् । अरनिको राजमार्गमा तीन वर्षदेखि र बिपी राजमार्गमा ठीक दश महिनादेखि कठिनाइ पूर्ण यात्रा गर्न बाध्य भएका छन्, मध्यपहाडी क्षेत्रका नागरिक । अझ, अरनिको राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको काभ्रेपलाञ्चोकको धुलिखेलदेखि भक्तपुरको सूर्यविनायकसम्मको सडकमा पनि हाल कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता झेलिरनुपरेको छ । पानी पर्दा हिलाम्मे … Read more

आज नागपञ्चमी पर्वः नागको पूजाआराधना गरी मनाइँदै

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका … Read more

भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

भेरी नदीमा पानीको सतह बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालय जाजरकोटले सर्तक रहन आग्रह गरेको छ । भेरी नगरपालिका–१ रिम्ना जाजरकोटमा रहेको भेरी रिम्जलमापन केन्द्रमा पानीको वहाब बढेको सूचना आएको प्राप्त भएपछि प्रशासनले तटीय क्षेत्रमा सतर्क रहन भनेको हो । जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले भन्नुभयो, “जलसतह बढ्दो क्रममा भई खतरा तह आसपास रहेकाले नदी … Read more

हेलिकप्टरबाट हेर्न जाँदैमा मधेशमा पानी आउँदैनः सुमना

हेलिकप्टरबाट हेर्न जाँदैमा मधेसमा पानी नआउने टिप्पणी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद सुमना श्रेष्ठले गरेकी छन् । सोमबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि संशोधन राख्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली लक्षित अभिव्यक्ति दिएकी हुन् । ‘खडेरी पर्‍यो भनेर हेलिकप्टरमा हेर्न जादैमा मधेशमा पानी आउँदैन । चुरेको … Read more