लुक्लाका लागि उडेको समिट एयरको विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण

काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर ३०१ विमानमा प्राविधिक समस्या देखिएपछि उक्त विमानलाई आकस्मिक अवतरण गरिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार बिहान लुक्ला उडेको उक्त विमान सोलुखुम्बुको फाफ्लु क्षेत्रमा पुगेपछि विमानमा प्राविधिक समस्या देखिएपछि विमानचालकले विमानलाई काठमाडौँ फर्काउने निर्णय लिएका थिए । बिहान ७ बजेर २४ मिनेटमा विमान आकस्मिक … Read more

इजरायली हमलाबाट गाजामा १०३ जनाको मृत्यु

इजरायली आक्रमणमा गाजा पट्टीभरि शनिबार रातभर र आइतबारसम्म इजरायली आक्रमण हुँदा कम्तीमा एक सय तीन जनाको मृत्यु भएको यस क्षेत्रका अस्पताल र चिकित्सकहरूले बताएका छन् । इजरायलले १९ महिनाभन्दा बढीपछि यस क्षेत्रमा आफ्नो युद्ध तीव्र बनाएको छ र यसले कम हुने कुनै सङ्केत देखाएको छैन । दक्षिणी सहर खान युनिस र वरपरको हवाई आक्रमणमा ४८ … Read more

कोशी प्रदेशसभाः आजदेखि बजेट अधिवेशन सुरु

कोशी प्रदेशसभाको सातौँ तथा बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । कोशी प्रदेशसभा सचिवालयका कार्यवाहक सचिव गौतमराज आमात्यले दिउँसो २ बजेदेखि सुरु हुने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरु वाचन हुने, ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ सभामा टेबल गर्ने र सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको तर्फबाट सभामा धारणा प्रस्तुत हुने कार्य सूची तय … Read more

वायुप्रदूषण नियन्त्रणका लागि तत्काल कदम चाल्नुपर्ने’

वन तथा वातावरण राज्यमन्त्री रुपा विकले तीव्र सहरीकरण र जनसङ्ख्या वृद्धिका कारण वायुको गुणस्तर खस्किएको उल्लेख गर्दै नियन्त्रणका लागि तत्काल कदम चाल्नुपर्ने आवश्यकता आँैल्याउनुभएको छ । यही जेठ २ गतेदेखि यहाँ सुरु भएको सगरमाथा संवादको तेस्रो दिन आज आयोजित ‘जलवायु न्याय कार्य र दिगो विकासमा वित्तीय चुनौतीको समाधान’ विषयक उच्चस्तरीय सत्रमा उहाँले वायुप्रदूषणले नागरिकको औसत … Read more

चितवनमा दुई दिनमा आठ ठाउँमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

जिल्लाका विभिन्न ठाउँमा शनिबार मध्याह्नदेखि आइतबार बिहान सबेरैसम्म आठ ठाउँमा भएको मोटरसाइकल तथा स्कुटर दुर्घटनामा एक जनाको निधन भएको छ । आठ दुर्घटनामध्ये चार ठाउँमा मोटरसाइकल अनियन्त्रित भएर पल्टेको चितवन प्रहरीले जानकारी दिएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रवीन्द्र खनालका अनुसार मोटरसाइकल दुर्घटनामा परेर पर्सा ठोरी गाउँपालिका–१ का ५५ … Read more

भरतपुरमा मोटरसाइकल अनियन्त्रित भई विजुलीको पोलमा ठोक्कियो,चालकको मृत्यु

चितवनको भरतपुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टदा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१४ नमस्ते चोकमा शनिबार मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो । शनिबार दिउँसो १२ः४० बजेको समयमा गितानगरबाट पटिहानीतर्फ जाँदै गरेको बा प्र ०३-००३ प २९७६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ रोड छेउमा रहेको विजुलीको पोलमा ठोक्किएको जिल्ला … Read more

उडानका क्रममा एयर होस्टेसलाई यौन दुर्व्यवहार गर्ने भारतीय यात्रीलाई जेल

एउटा विमानमा एयर होस्टेसलाई यौन दुर्व्यवहार गरेका भारतीय यात्रीले जेल सजाय पाएका छन् । अस्ट्रेलियाको पर्थबाट सिंगापुरतर्फ जाने क्रममा सिंगापुर एयरलाइन्सको विमानमा रजत नाम गरेका २० वर्षीय यात्रीले एयर होस्टेसलाई यौन दुर्व्यवहार गरेका थिए । २८ फेब्रुअरीका दिन उक्त घटना भएको बताइएको छ । ती यात्रीले आफूलाई पछाडिबाट समातेर शौचालयतर्फ धकेलेको एयर होस्टेसको आरोपपछि मुद्दा … Read more

वीरगञ्जका विद्यालयमा बिहान पठनपाठन

अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ । वीरगञ्ज महानगरको निर्णयअनुसार आजदेखि महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिहानी सत्रमा पठनपाठन सुरु भएको हो । अर्को सूचना जारी नभएसम्म बिहान समयमा ६ बजेदेखि अध्यापन हुनेछ । महानगरपालिकाका अनुसार वीरगञ्ज नगर क्षेत्रमा ९२ सामुदायिक र १३८ वटा निजी विद्यालय छन् भने सामुदायिक … Read more

आज अन्तरराष्ट्रिय परिवार दिवस

परिवारसँग सम्बन्धित विषयका बारेमा जागरूकता बढाउन र परिवारहरूलाई असर गर्ने सामाजिक, आर्थिक र जनसाङ्ख्यिकीय प्रक्रियाहरूको ज्ञान बढाउने विविध कार्यक्रमका साथ आज विश्वका विभिन्न मुलुकमा आज दिगो विकासका लागि परिवारमुखी नीति नाराका साथ अन्तरराष्ट्रिय परिवार दिवस मनाइँदै छ । परिवार र परिवार लक्ष्यित नीतिका माध्यमबाट दिगो विकासका लक्ष्य हासिल गर्न तथा गरिबी, भेदभाव, दुव्र्यवहार रोकथाम उपचारको … Read more

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१ चैत महिनामा सञ्चालन गरिएको शिक्षक तथा कर्मचारीको काठमाडौँ केन्द्रित आन्दोलनका कारण सामुदायिक विद्यालयका विद्यार्थी भर्ना एवं पठनपाठनलगायत कार्यमा पर्न गएकाले यस्तो अनुरोध गरेको जनाएको छ । मन्त्रालयले महासङ्घको … Read more