मौलाकालीमा निर्मित इला होटलको पर्यटन मन्त्री पाण्डेद्वारा उद्घाटन

आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका-१, मौलाकालीमा इला होटल तथा रिसोर्ट सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । सोमबार आयोजित एक विशेष कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले उक्त होटलको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति, विकास र साझेदारीको नमूनाको रुपमा मौलाकाली केवलकार विकास भएको बताए … Read more

संसद् बैठकः विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्नेछ । यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२/८३ का लागि … Read more

नारायणगढमा खुल्यो शैक्षिक परामर्श केन्द्र ब्राइट एजुकेशन नेटवर्क

नारायणगढको शहिदचोकमा शैक्षिक परामर्श सस्था ब्राइट एजुकेशन नेटवर्क सञ्चालनमा आएको छ । उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी ब्राइट एजुकेशन नेटवर्क औपचारिक रुपमा सञ्चालनमा आएको हो । ब्राइटबाट जापान, अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, यूके लगायतका यूरोपका देशमा पढ्न जाने विद्यार्थीलाई लक्षित गर्दै ब्राइट एजुकेसन नेटवर्क सञ्चालनमा ल्याइएको प्रवन्ध निर्देशक अर्जुन अधिकारीले जानकारी … Read more

भरतपुरको रोयल सेन्चुरी अब ल्याण्डमार्कको व्यवस्थापनमा

चितवनको भरतपुर ओरालोस्थित प्रसिद्ध रोयल सेन्चुरी होटल अबदेखि ल्याण्डमार्क होटल्स एन्ड रिसोर्ट्सको व्यवस्थापनमा सञ्चालनमा आएको छ। सोमबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत ल्याण्डमार्कले यसबारे जानकारी दिएको हो। होटलसँगै देवघाट गाउँपालिका-५ भुवनटारस्थित करिब ४ हेक्टर क्षेत्रफलमा फैलिएको फार्म हाउस पनि ल्याण्डमार्कले नै सञ्चालनमा ल्याउनेछ। ल्याण्डमार्कका कर्पोरेट अपरेशन निर्देशक सम्राट पाण्डेका अनुसार यो कदमले नेपाली पर्यटनमा समूहको उपस्थिति … Read more

युद्धविराम भएपछि भारतका ३२ वटै विमानस्थल खोलिए

पाकिस्तानसँग युद्धविराम भएपछि सोमबारदेखि भारतका सबै बन्द विमानस्थल खोलिएका छन्। यसअघि दुई देशबीच एकअर्काविरुद्ध सैन्य टकराब हुँदा मे ७ देखि मे १५ सम्मका लागि भारतका विमानस्थलबाट नागरिक उडान बन्द गरिएका थिए। भारतीय विमानस्थल प्राधिकरणले प्रेस विज्ञप्ति जारी गर्दै नागरिक उडान बन्द गरिएका ३२ विमानस्थल अब खुला गरिएको जानकारी दिएको हो। विज्ञप्तिमा यात्रुहरूलाई उडानका लागि पहिले … Read more

युवा केन्द्रित नीति जरुरी छः श्रेष्ठ

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले युवालाई स्वदेशमै रोक्नका लागि सोहीअनुसारको नीति ल्याउन आवश्यक भएको बताउनुभएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि अपेक्षाकृत काम हुन नसक्दा युवामा नैराश्यता उत्पन्न भएको उल्लेख गर्दै उहाँले अब युवा केन्द्रित नीति जरुरी भएको भनाइ राख्नुभयो । कैलाली निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री श्रेष्ठ राससका समाचारदाता … Read more

आज सुनको मूल्य ३ हजार ७ सयले घट्यो

नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विगत तीन दिनदेखि लगातार घट्दै आएको सुनको मूल्यमा आज (सोमबार) पनि तीन हजार सातसय रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुनको मूल्य प्रतिलोला एक लाख ८६ हजार आठसय रुपैयाँमा कारोबार भएको छ । हिजो )आइतबार) सुनको मूल्य एक लाख ९० हजार पाँचसय … Read more

राष्ट्रपति तनहुँमा

राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ आइपुग्नुभएको छ । उहाँ व्यास नगरपालिका–८ स्थित बाहुनपोखरामा आयोजित कार्यक्रममा सहभागी हुन यहाँ आइपुग्नुभएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

गैँडाकोटको मौलाकालीमा खुलेको इला होटल आजदेखि सञ्चालनमा

आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा आजदेखि सञ्चालनमा आउँदैछ ।आज साँझ औपचारिक उद्घाटनपछि होटल तथा रिसोर्ट सञ्चालनमा आउने छ । मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा सुइट तथा डिलक्स रुमसहित ६५ वटा रुम, एक हजार जना क्षमताको ब्याङक्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्विमिङपुल, स्पा र जिमलगायत विभिन्न … Read more

आज बुद्ध जयन्ती, देशैभरि सार्वजनिक बिदा

शान्तिका अग्रदूतका रूपमा विश्वभर परिचित सिद्धार्थ गौतमको २५६९ औँ जन्म जयन्ती आज नेपालसहित विश्वका विभिन्न मुलुकमा मनाइँदैछ। बुद्ध जन्मजयन्तीका अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ। बुद्ध जयन्तीमा बुद्धको पूजा, आराधना एवं प्रवचन गर्ने गरिन्छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो … Read more