लुम्बिनीका मुख्यमन्त्री आचार्यको पक्षमा दुईतिहाई भन्दा बढी मत
देउखुरी — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् । मंगलबार बसेको लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २५ औं बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि राखेको प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको हो । प्रदेशसभामा कायम रहेका ८७ सदस्यमध्ये मुख्यमन्त्री आचार्यले पेस गरेको प्रस्तावको पक्षमा ७० सांसदले मत दिएका छन् । उनको विपक्षमा ११ जनाले मतदान गरे । … Read more